परिवारका तीन सदस्य अकालमै गुमाउँदा विक्षिप्त छन् श्यामलाल
श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्या त्यत्तिमै रोकिएन। यस्तै लक्षणबाट सङ्क्रमित भएकी ६५ वर्षीया शान्ति पासीको भदौ १४ मा निधन भयो, यसको दुई दिनपछि भदौ १६ मा १२ महिनाकी नन्दनी पासीको पनि निधन भएपछि यतिबेला श्यामलाल विक्षिप्त भएका छन्।