५ आश्विन २०८१ शनिबार
image/svg+xml

नेविसङ्घका पूर्व महामन्त्रीको अमेरिकामा निधन

नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री शिव भुर्तेलको निधन भएको छ। नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिएका भुर्तेलको बुधबार राति अमेरिकामा निधन भएको हो।

उत्तर कोरियालाई जवाफ दिन अमेरिकाको क्षेप्यास्त्र परीक्षण

अमेरिकाले जमिनबाट आक्रमण गर्न सकिने क्षमताको क्षेप्यास्त्र परीक्षण गरेको छ। अमेरिकाको क्यालिफोर्नियास्थित एक हवाई अखडाबाट उक्त मिसाइल परीक्षण गरिएको अमेरिकाकी मिसाईल परीक्षण केन्द्र एमडीएले जनाएको छ।

अमेरिकामा समुन्द्रमा डुबेर नेपाली युवाको मृत्यु

अमेरीकाको टेक्सासस्थित कर्पसकृष्टि क्षेत्रमा पर्ने समुन्द्रमा डुबेर काठमाडौं थापाथली घर भएका एक नेपाली युवकको मृत्यु भएको समाचार छ। आइतवार बिदाको दिन पारेर साथीहरुसँग रमाइलो गर्न समुन्द्री तट गएका सुबोध तण्डुकारलाई सामुद्रिक छालले बगाएर समुन्द्रभित्र लगेको थियो।

अमेरिकामा नेपाली फिल्म अवार्ड

सन् २०१६ मा अमेरिकाको कोलोराडोमा भएको पहिलो संस्करणको 'ग्लोबल नेपाली फिल्म अवार्ड' को दोस्रो संस्करण पनि कोलोराडोमा नै हुने भएको छ। आगामी अगस्त १९ मा आयोजना हुन लागेको अवार्डका लागि आयोजकले तयारी सुरु गरिसकेका छन्।

भारत–पाकिस्तान द्वन्द्वमा अमेरिकाको चासो

पछिल्लो समयमा भारत र पाकिस्तान बीच चिसिदै गएको कुटनीतिक सम्बन्ध बारे अमेरिकी सदन सिनेटमा छलफल भएको छ ।

सुनसरीको संस्था केटीके बेल्टले अमेरिकामा जित्यो ७५ हजार डलर

वातावरणीय परिवर्तन र जैविक विविधताको संरक्षणका लागि नेपालको पूर्वी क्षेत्र सुनसरीमा चार बर्षदेखि काम गर्दै आएको संस्था केटिके बेल्टले (कोसीटप्पु कंचनजंगा वायोडाईभसिटी एजुकेसन लाईभ्लीहुड टेरा स्टुडियो) ले ७५ हजार अमेरिकी डलरको अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ।

अमेरिकामा तीन नेपाली पत्रकारलाई सम्मान

समाचार स्रोत र सञ्चारकर्मीको सम्बन्ध व्यवसायिक नहुँदा प्रवासी पत्रकारिता गुणस्तरीय नभएको गुनासो बढेको छ। व्यक्तिगत लाभका लागि समाचार लेख्ने वा नलेख्ने वर्गबाट नेपाली पत्रकारिता कमजोर बन्दै गएकोमा लेखक शिव प्रकाशले चिन्ता प्रकट गरे।

अमेरिकाले किमको हत्या योजना बनाएको उत्तर कोरियाको दाबी

त्तर कोरियाली शासक किम जोन उनलाई अमेरिकी गुप्तचर संस्था सीआइएले हत्या प्रयासको योजना बुनेको खुलेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरी कोरियाली शासक किमको भेटवार्ताको वातावरण बनाउन सीआइएका निर्देशक दक्षिण कोरिया आएका बेला उत्तर कोरियाले अमेरिकामाथि यस्तो आरोप लगाएको हो।

चीनद्वारा अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास रोक्न आग्रह

चीनले दक्षिण कोरियामा जारी अमेरिका–दक्षिण कोरिा सैन्य अभ्यास रोक्न आग्रह गरेको छ। कोरियाली प्रायद्विपमा देखिँदै आएको तनावलाई शान्त गर्न उत्तर कोरियाली आणविक कार्यक्रमलाई पनि रोक्न आग्रह गरेको हो।

अमेरिकामा दुई नेपालीको मृत्यु

अमेरिकाको छुट्टाछुट्टै दुर्घटनामा दुई नेपाली युवाको मृत्यु भएको छ । गत साता क्यालिफोर्नियामा सडक दुर्घटनामा परी एक युवाको मृत्यु भएको चार दिन नबित्दै शनिबार मिनिसोटामा अर्का नेपाली विद्यार्थीको नदीमा डुबेर मृत्यु भएको छ ।

जनसम्पर्क समिति अमेरिकाको साधारण सभा भर्जिनियामा

नेपाली जनसम्पर्क समिति अमेरिकाको पहिलो साधारण सभा अमेरिकाको भर्जिनिया राज्यमा शुरु भएको छ। साधारण सभाको उद्घाटन काँग्रेस केन्द्रिय सदस्य एवं मन्त्रि जीवन बहादुर शाहीले गर्दैछन्।

अमेरिकाका पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एचडब्लुबुस निमोनिया भएपछि अस्पतालमा भर्ना भएका छन् ।

अमेरिकामाथि परमाणु आक्रमण गर्ने उत्तर कोरियाको चेतावनी

अमेरिकाले सैनिक कारबाही गरे त्यसको प्रतिकार गर्न उत्तर कोरिया पछाडी नहट्ने सरकारी अधिकारीहरुले बताएका छन्। उत्तर कोरियाका उपविदेश मन्त्री ह्याङ सोङ योले अमेरिकाले उत्तर कोरियाविरुद्ध सैनिक आक्रमण गरे तत्कालै अमेरिकामाथि परमाणु हमला गर्ने चेतावदी दिएको बीबीसीले जनाएको छ।

अमेरिका रिटर्न

घाम-पानी, धुलो-धुवाँ, जाडो-गर्मी, हावा-हुरी केही नभनी सडकमा ड्युटी गरिरहेको गरिब प्रहरी जवानलाई रिसमा घाँटी अँठ्याएर लछारपछार गर्र्ने उनले अमेरिकामा जस्तो सजिलै बन्दूक, पेस्तोल पाइने भए त मारी नै हाल्ने रहिछन्।

अमेरिकाले अफगानिस्तानमा खसाल्यो अहिलेसम्मकै शक्तिशाली बम, ९४ को मृत्यु

अमेरिकाले बिहीबार अफ्गानिस्तानमा खसालेको शक्तिशाली ‘मदर अफ अल’ बमबाट मृत्यु हुने इस्लामिक स्टेट (आईएस) विद्रोहीको संख्या कम्तिमा ९४ पुगेको अधिकारीहरुले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्