५ आश्विन २०८१ शनिबार
image/svg+xml

अमेरिकासँग बदला लिने उत्तर कोरियाको चेतावनी

उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई लिएर संयुक्त राष्ट्र संघले लगाएको नयाँ प्रतिबन्धको बदला लिने प्रतिज्ञा गर्दै अमेरिकाले यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ ।

पेरिस सम्झौताबाट बाहिरने अमेरिकाको निर्णय

अमेरिकाले जलवायु परिवर्तनको पेरिस सम्झौताबाट बाहिरिने  जानकारी संयुक्त राष्ट्रसंघलाई दिएको छ।  जलवायु परिवर्तनको पेरिस सम्झौताबाट बाहिरिने निर्णय राष्ट्रपति ट्रम्पले गत जुनमा नै गरेतापनि यसको पूर्णरूपमा बहिर्गमनको प्रक्रिया नसकिएकाले औपचारिक रूपमा यसको कार्यान्वयन भइसकेको छैन्। राष्ट्रपति ट्रम्पले गत जुनमा गरेको यस निर्णयको कार्यान्वयन हुन लागेको जानकारी ह्वाइट हाउसले दिएको छ ।

अमेरिकामा मृत्यु भएका अल्ट्राधावकको शव नेपाल ल्याइयाे

गत असार २ मा हिमाल आरोहणको क्रममा अमेरिकामा निधन भएका अल्ट्रा धावक सञ्जय पण्डितको शवलाई नेपाल ल्याइएको छ । झण्डै ४० दिनमा नेपाल ल्याइएको उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)मा राखिएको छ ।

भारत र चीन वार्ता गर : अमेरिका

एक महिना भन्दा लामो समयदेखि भारत र चीनबीच दोक्लम क्षेत्रमा देखिएको तनावलाई वार्ताका माध्यमबाट समाधान खोज्न अमेरिकाले आग्रह गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले भारत–भुटान–चीनबीचको सीमा क्षेत्रमा उत्पन्न तनावलाई वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेको बताइएको छ।

अमेरिका आवद्ध हवाई आक्रमणमा सोह्र अफगान प्रहरीको मृत्यु

अफगानिस्तानमा भएको अमेरिकाआवद्ध हवाई आक्रमणमा परी १६ अफगान प्रहरीको मृत्यु भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन।

एनआरएन अमेरिकामा विवाद चर्कियो

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका निर्वाचन समितिले मनोनयन दर्ता गर्ने उम्मेदवारहरुको नाम सार्वजनिक गरेलगत्तै विवाद सतहमा आएको छ। प्रकासित नामावलीमा चार अध्यक्षसहित एक सय ६७ जनाको नाम सार्वजनिक छ। निर्वाचन समितिले अध्यक्षका प्रत्यसी गौरी जोशीको नाम प्रकासित नगरेपछि उनको समुहले न्यायिक समितिमा उजूरी गरेको  छ।

'कम्प्याक्ट' मार्फत नेपाललाई सघाउँदै अमेरिका

अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमीससी) का क्षेत्रयि कार्यकारी उपाध्यक्ष फातेमा जेड सुमारको नेतृत्वमा नेपाल आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र सरकारका वरिष्ठ पदाीधकारीसँग भेट गरेको छ।

अमेरिकाद्वारा भारतीय नागरिकलाई आतंककारी घोषणा

भारतीय नागरिक रिकुटर मोहमद शफी अरमरलाई अमेरिकाले विश्व आतंककारी भएको घोषणा गरेको छ। उनीमाथि भारत र त्यसका सीमावर्ती क्षेत्रमा आतंक फैलाएको आरोप लागेको छ।

'काठमाडौंबाट दोहा हुँदै युरोप-अमेरिका जान समस्या छैन'

खाडी मुलुक कतारमा पछिल्लो पटक नयाँ घटनाक्रम विकास हुन पुगेको छ। उसका आधा दर्जन छिमेकी मुलुकले कूटनीतिक सम्बन्धबिच्छेद गरे। बाहिरबाट हेर्दा यसको प्रत्यक्ष असर संसारका उत्कृष्ट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमध्ये पर्ने कतारको राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजमा परेको देखिए पनि व्यवहारमा भने त्यस्तो भइसकेको छैन।

नेपालबाट अमेरिका अाएका भुटानी शरणार्थीद्वारा आत्महत्या

अमेरिकाको टेक्सासमा एक नेपाली भाषी भुटानीले आत्महत्या गरेका छन्। भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनस्र्थापना गर्ने कार्यक्रम अन्तर्गत पूर्वी नेपालबाट अमेरिका आएका हरि अधिकारीले आत्महत्या गरेका हुन्।

पेरिस सम्झौताबाट हात नझिक्न अमेरिकालाई आग्रह

स्वच्छ ऊर्जा नेपालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जलवायु परिवर्तनसम्बन्धी ‘पेरिस सम्झौता’ बाट हात झिक्ने निर्णयको बिरोध गरेको छ । यसअघि दुईवटा संस्थाले निर्णयमा पुनर्विचार गर्न माग राख्दै अमेरिकी दूतावासमा ज्ञापनपत्र बुझाएका थिए।

अमेरिकाले विश्वमा आतंक फैलाएको इरानको आरोप

इरानका   सैनिक प्रमुख मोस्टाफा ज्यादीले अमेरिकाले इस्लामिक स्टेट आइएसको समर्थन गरेको आरोप लगाएका छन् ।

अमेरिकाबाट नेपाली फिर्ता प्रकरण : १० वर्षमा ४१३ फर्काइए

अमेरिकाले डिपोर्ट (फिर्ता) गरेका ७ नेपाली बुधबार नेपाल आइपुगे। अमेरिकाले विशेष विमान चार्टर्ड गरेर ती नेपालीलाई काठमाडौं ल्याएर अध्यागमनको जिम्मा लगाएको हो।

अमेरिकामा किताब बिक्रीको रकम महावीर पुनको आविष्कार केन्द्रलाई

अमेरिकाबासी लेखक शिव प्रकाशले आफ्नो ‘घागी’ पुस्तक बिक्रीबाट संकलन भएको रकममा त्यति नै बराबरको रकम थप गरेर कूल २ हजार ५ सय डलर (करिब २ लाख ५७ हजार रुपैयाँ) महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेका छन्।

जलवायु परिवर्तन मुद्दामा अमेरिका सधैं विपक्षी

जलवायु परिवर्तन पछिल्ला वर्षमा शक्तिशाली मुलुकहरूबीच पेचिलो राजनीतिक मुद्दा बनिरहेको छ। पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको निर्णयले अन्य शक्तिशाली र विकसित मुलुकलाई राजनीतिक दबाब पर्न सक्ने आकलन गरिएको छ। नेपालजस्ता विकासशील मुलुकहरूलाई भने उसले 'ग्रिन फन्ड' मा उपलब्ध गराउने प्रतिबद्धता जनाएको रकम नदिने सम्भावना बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्