५ आश्विन २०८१ शनिबार
image/svg+xml

अमेरिकामा मे २६ र २७ मा बौद्धिक भेला हुँदै

गैरआवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रको संयोजनमा आगामी मे महिनाको २६ र २७ तारिकमा अमेरिकाको टेक्सासमा बौद्धिक भेला आयोजना गरिने भएको छ ।

माल्दिभ्समा हस्तक्षेप गर्न भारत र अमेरिकालाई आग्रह

माल्दिभ्समा उत्पन्न राजनीतिक संकटमा हस्तक्षेप गर्न पूर्वराष्ट्रपति मोहम्मद नासीदले भारत र संयुक्त राज्य अमेरिकालाई आग्रह गरेका छन् ।

अमेरिकाको लागि खतरा बन्दै चीन र रूस : टिलर्सन

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले अमेरिकामा चीन र रूसको बढ्दो उपस्थिति खतराको संकेत रहेको बताएका छन्।

उत्तर कोरिया अमेरिकाका लागि अझै पनि खतरा : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारको एक विशेष सम्बोधनका क्रममा उत्तर कोरिया अझै पनि अमेरिकाका लागि खतरा हुनसक्ने बताएका छन्।

रूस अमेरिका सम्बन्ध जटिल : पुटिन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस अमेरिकाको कुटनीतिक सम्बन्धले जटिल मोड लिएको बताएका छन्।

विश्व व्यापारमा अमेरिका पहिलो भएको ट्रम्पको दावी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारमा आफ्नो मुलुक विश्वमै पहिलो राष्ट्र भएको दावी गरेका छन् । विश्व आर्थिक मञ्चमा बोल्दै ट्रम्पले व्यापारमा अमेरिका पहिलो भन्ने नीति लिइने तर त्यसको मतलव अमेरिका एक्लै मात्र पहिलो नहुने बताएका हुन्।

अमेरिकामा डा. गणेश र अमृत योन्जनलाई सम्मान

दुई अभियन्ता डा. गणेश योन्जन र अमृत योन्जनलाई अमेरिकामा सम्मान गरिएको छ। तामाङ को–अपरेशन सोसाईटी अफ क्यालिफोर्नियाले एक कार्यक्रम आयोजना गरी योन्जनद्वयलाई सम्मान गरेको हो।

विद्रोहीलाई समर्थन नगर्न अमेरिकालाई टर्कीको आग्रह

सिरियाको कुर्दिस लडाकु समूह (वाइपिजी)का विरुद्ध कारबाहीलाई निरन्तरता दिएको टर्कीले उक्त समूहलाई समर्थन नगर्न अमेरिकालाई आग्रह गरेको छ ।

अमेरिकाले लागू गर्यो ‘अमेरिका प्रथम’ भन्सार

संयुक्त राज्य अमेरिकाले आयातित वासिङ मेसिन र सोलार प्यानलमा विवादित भन्सार स्वीकृत गरेको छ ।

अमेरिकाले रुस र चीनको जस्तै सुरक्षा नीति ल्याउने

अमेरिकाले रूस र चीनको जस्तै सुरक्षा नीति ल्याउने निर्णय गरेको छ।  अमेरिकाले राष्ट्रिय सुरक्षालाई विशेष महत्व दिँदै चीन र रूसको  जस्तै सुरक्षा नीति ल्याउने तयारी गरेको  अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिस्ले बताए।

दक्षिण कोरिया र अमेरिकालाई संयुक्त सैन्य अभ्यास रोक्न आग्रह

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाद्वारा कोरियाली प्रायदीपमा जारी राख्दै आएको संयुक्त सैन्य अभ्यासलाई स्थायीरूपमा रोक्न उत्तर कोरियाले आग्रह गरेको छ।

अमेरिका रुस सम्बन्धमा सुधार हुन सकेन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष उनको निर्वाचन अभियानको क्रममा अमेरिका र रुसबीचको सम्बन्धमा थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तर व्यवहारमा भने त्यस्तो हुन सकिरहेको छैन। उनले त्यसताका भनेजस्तै यी दुई देशको सम्बन्धमा सुधार हुन सकेको छैन।

प्रहरी खोजी सूचीका सिलवाल अमेरिकामा

सरकारी दस्तखत छाप किर्तेमा प्रहरीको खोजीमा परेका नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवाल परिवारसहित अमेरिका पुगेका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरीले बयानका लागि खोजी गरेपछि उनी स्थलमार्गबाट भारत हुँदै अमेरिका गएका हुन् ।

अमेरिकाद्वारा प्यालेस्टिनी सहयोग रोक्का

संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनीहरूलाई गरी आएको सहयोगको आधा रकम रोक्का गरेको घोषणा गरेको समाचारमा जनाइएको छ। संयुक्त राष्ट्रसंघको एउटा निकायलाई अमेरिकाले उपलब्ध गराउँदै आएको भनिएको सो रकम अमेरिकाले आफ्नो तर्फबाटै एकतर्फी रोकेको हो।

अमेरिका र उत्तर कोरिया वार्ता सहजिकरण गर्न तयार छौं– रुस

रुसले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच वार्ता भएमा त्यसको सहजिकरणका लागि तयार रहेको बताएको छ। रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले भने– यदि अमेरिका र कोरियाबीच वार्ता हुन्छ भने छ देशको प्रारुपभित्र रहेर सहयोग गर्न हामी तयार छौँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्