८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अमेरिकाले रुस र चीनको जस्तै सुरक्षा नीति ल्याउने

वासिङटन –  अमेरिकाले रूस र चीनको जस्तै सुरक्षा नीति ल्याउने निर्णय गरेको छ। 

अमेरिकाले राष्ट्रिय सुरक्षालाई विशेष महत्व दिँदै चीन र रूसको  जस्तै सुरक्षा नीति ल्याउने तयारी गरेको  अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिस्ले बताए। 

रक्षा मन्त्री म्याटिस्ले चीन र रुसका कारण अमेरिकी सुरक्षा नीति खतरामा परेको समेत बताए । अमेरिकी सेनाले आगामी दिनमा चीन तथा रूसका सेनाका लागि लड्न सक्ने सुरक्षा नीति ल्याउनले मन्त्री म्याटिस्को दाबी थियो। 

आगामी दिनहरूमा अमेरिकाले चरमपन्थीको लागि भन्दा पनि चीन तथा रूस सेनाका लागि लड्न सक्ने क्षमताको विकास गर्नेछ । अमेरिकाले हाल सैन्य क्षेत्रमा खर्च गर्र्दै आएको बजेटमा कटौती नगरिने समेत मन्त्री म्याटिस्ले बताए। 

 

प्रकाशित: ६ माघ २०७४ ०७:१० शनिबार

अमेरिकाले रुस चीनको जस्तै सुरक्षा नीति ल्याउने