५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका रुस सम्बन्धमा सुधार हुन सकेन

मस्को – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष उनको निर्वाचन अभियानको क्रममा अमेरिका र रुसबीचको सम्बन्धमा थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तर व्यवहारमा भने त्यस्तो हुन सकिरहेको छैन। उनले त्यसताका भनेजस्तै यी दुई देशको सम्बन्धमा सुधार हुन सकेको छैन।

बरु त्यसको उल्टो यो एक वर्षमा यी दुई देशको सम्बन्ध शीतयुद्धकालीन रुपमा जस्तो भित्रभित्रै झनै नराम्रो हुदै गएको विश्लेषण गर्न थालिएको छ।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाकारोभाले बिहीबार रुसी राजधानी मस्कोमा सो धारणा राखेका हुन्। उनले भनेका छन्– ट्रम्प राष्ट्रपति भएपछि जुन रुपमा सम्बन्ध सुधार होला भन्ने अपेक्षा गरिएको थियो त्यो रुपमा हुन सकिरहेको छैन।

उनले अगाडि भने– हामीले त ट्रम्प सत्तामा आएपछि अमेरिकासँगको सम्बन्धमा सुधारका लागि निकै नै प्रयास गरिरहेका छौँ, तर खोइ किन किन त्यसो हुन सकिरहेको छैन।

यी दुई देशको पछिल्लो समयमा विशेषगरी युक्रेन, सिरिया र इरानको विषयलाई लिएर असमझदारीहरु विकास भइरहेको छ, त्यसैले यसलाई अब आगामी दिनमा कमगर्ने उपायहरु अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए।

मस्कोमा बिहीबार आयोजित एक नियमित पत्रकार सम्मेलनका क्रममा उनले सो धारणा राखेका हुन्।

हिजोमात्र पनि अमेरिकी राष्ट्रपति ट्रम्पमाथि रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ खनिएका थिए। उनले ट्रम्पकै कारण रुससँगको सम्बन्ध अहिले आएर झनै विग्रिएको बताएका थिए।

प्रकाशित: ४ माघ २०७४ १६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App