३ आश्विन २०८१ बिहीबार
image/svg+xml

सेनाको हतियार खरिद अन्योलमा

सरकारले नेपाली सेनाको आधुनिकीकरण तथा शान्ति सेनामा खटिने सैनिकका लागि हतियार खरिद प्रक्रिया अन्योलमा परेको छ। अमेरिकासँग जी टु जी प्रक्रियाअन्तर्गत हतियार खरिद प्रक्रिया अघि बढाइए पनि ‘भुक्तानी विधि’ का कारण उक्त प्रक्रिया रोकिएको छ। सरकारले सेनाका लागि अमेरिकामा निर्मित एम–१६ सिरिजको हतियार खरिद प्रक्रिया अघि बढाएको थियो।

टर्कीको अर्थतन्त्र तहसनहस बनाइदिने ट्रम्पको चेतावनी

अमेरिकासँग सम्बन्ध रहेको सिरियाली क्रुर्दिस लडाकुमाथि आक्रमण गरे टर्कीको अर्थतन्त्र तहसनहस बनाइदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्पको चेतावनीपछि उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) आबद्ध अमेरिका र टर्कीबीचमा पुनः तनाव उत्पन्न हुनसक्ने अनुमान गरिएको छ।

बेद छोएर अमेरिकी संसदमा ह्यारीको सपथ

अमेरिकाको मेरिल्याण्ड राज्यको डिष्ट्रिक आठबाट निर्वाचित नेपाली मुलका अमेरिकी सांसद ह्यारी भण्डारीले विश्वकै ग्रन्थ बेद छोएर सपथग्रहण गरेका छन्। भण्डारीको शपथ ग्रहण जनवरी ९ तारिखमा मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा भएको थियो।

व्यापार विवादकाे समाधान यसै वर्ष : चीन

अमेरिकासँगको व्यापार विवादलाई सन् २०१९ भित्र सही दिशामा ल्याउने चीनका वाणिज्यमन्त्री झोङ सानले चिनियाँ सञ्चारमाध्यमसँग बताएका छन्। अमेरिकी वार्ता टोलीसँग भएका कुराकानीले व्यापार विवादलाई सुल्झाउने आधार तय गरेको मन्त्री झोङले बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

तत्काल आपतकाल घोषणा नगर्ने राष्ट्रपति ट्रम्पको भनाई

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संघीय कार्यालय आंशिक बन्द भइरहेको सन्दर्भमा त्यसलाई खुलाउन आफूले तत्काल आपतकालीन स्थितिको घोषणा नगर्ने बताएका छन्। बजेट अभावमा एक चौथाईसंघीय कार्यालय बन्द भएको आइतबार २३औं दिनमा प्रवेश गरेको छ। राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्न माग गरेको ५७ अर्ब अमेरिकी डलर बजेट संसद्ले पारित नगरे बजेट नै स्वीकृत नगर्ने अडान राख्दै आएका छन्।

अमेरिकी राष्ट्रपतिका लागि क्यास्ट्रोको दाबी

संयुक्तराज्य अमेरिकाको सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनका लागि पूर्व राष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका पूर्वप्रमुख जुलियन क्यास्ट्रोलाई समर्थन गरेका छन्।

भ्याली अफ फायर स्टेट पार्कमा देखिएका 'विग हर्न सिप'

भ्याली अफ फायर स्टेट पार्क अमेरिकाको एक प्रमुख पर्यटकीय गनतव्य हो। यहाँ विभिन्न जीव जनवर तथा अन्य प्राकृतिक दृष्यको आनन्द दिन सकिन्छ। 'विग हर्न सिप' यहाँको आकर्षणको केन्द्र हो। यो भेडालाई नेभाडा राज्यले विशेष महत्व दिँदै 'स्टेट एनीमल'को दर्जा दिएको छ। यसको आवास क्षेत्र यो पार्क क्षेत्र भए पनि त्यहाँ आक्कल झुक्कल मात्र देख्न सकिन्छ।

अमेरिकाले सिरियाबाट सैनिक फिर्ता नगर्ने

संयुक्त राज्य अमेरिकाले सिरियाबाट सैनिक नभएर अन्य उपकरणहरु फिर्ता गर्न लागेको जनाएको छ। यसअघि अमेरिकाले सिरियाबाट आफ्नो सैन्य सदस्यहरु नै फिर्ता गर्न लागेको बताइएको थियो। तर पनि अहिलेका लागि अमेरिकाले आफ्ना सैनिक फिर्ता नगर्ने निर्णय गरेको हो।

अमेरिकी इण्डो-प्यासिफिकका कमाण्डर स्वदेश फिर्ता

दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी संयुक्त राज्य अमेरिकाको इण्डो-प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल फिलिप एस डेभिडसन स्वदेश फर्केका छन्।

सिरियाबाट अमेरिकी सेना फिर्ता हुन सुरु

सिरियामा तैनाथ अमेरिकी नेतृत्वको सैनिकहरु फिर्ता हुनेक्रम सुरु भएको छ। गठबन्धनका एकजना प्रवक्ताले सैनिक फिर्तीको स्थान वा समय तालिकाका बारेमा विस्तृत जानकारी दिन अस्वीकार गरेका छन्।

ट्रम्पद्वारा राष्ट्रको नाममा सम्बोधन

अमेरिका र मेक्सिकोको सीमामा पर्खाल निर्माण गर्नका लागि माग गरेको बजेट देशको संसद्ले स्वीकृत नगरेपछि १८ दिनदेखि आंशिक रूपमा सरकार बन्द भएको परिवेशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक टेलिभिजनमार्फत् राष्ट्रको नाममा सम्बोधन गरेका छन्।

अमेरिका–चीन व्यापार वार्ता सम्पन्न

अनुमान गरेभन्दा लामो समय चिनियाँ राजधानी बेइजिङमा चलेको विश्वका दुई शक्तिशाली राष्ट्र संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार वार्ता बुधबार अन्त्य भएको छ। दुई देशबीचको व्यापार वार्ताको उपलब्धी चाँडै सार्वजनिक गरिने अधिकारीहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ।

व्यापार वार्ता गर्न अमेरिकी टोली चीनमा

चीन र संयुक्तराज्य अमेरिकाबीच “व्यापार युद्ध”कै रुप लिएको व्यापार तनाव अन्त्य गर्ने उपायको खोजी गर्न अमेरिकी टोली चीन आइपुगेको छ। अमेरिकी व्यापार प्रतिनिधि जेफ्री गेरिसको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डलले वार्ताका बारेमा संवाददाताहरुलाई थप विवरण दिन अस्वीकार गरेका छन्।

क्यालिफोर्नियामा गोली चल्याे, तीन जनाको मृत्यु

अमेरिकाको लस एन्जल्स नजिकै गोली चल्दा तीन जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन्।

व्यापार विवादबारे वार्ता गर्न अमेरिकी टाेली चीन आउने

विश्वका दुई ठूला अर्थतन्त्र संयुक्त राज्य अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापार युद्धबारे अर्को साता चीनको राजधानी बेइजिङमा वार्ता हुने भएको छ। व्यापार वार्ताका लागि अमेरिकाको एक उच्च प्रतिनिधिमण्डलले चीनको भ्रमण गर्ने समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्