५ आश्विन २०८१ शनिबार
image/svg+xml

बागमती प्रदेश : थुप्रिदै स्वाब, सुस्त पीसिआर परीक्षण

बागमती प्रदेश अन्र्तगत कोरोना संक्रमित सबैभन्दा बढी देखिएको धादिङ जिल्लामा अहिले थ्रोट स्वाब संकलन कार्य धमाधम भइरहेको छ । यसरी भारतबाट आई क्वारेन्टिनमा बसेकाहरुको स्वाब संकलन गरि पठाएको लामो समय भइसक्दा पनि पीसिआर परीक्षणको रिपोर्ट आउन सकेको छैन ।

किसानलाई वृहत प्याकेज

झन्झटिलो अनुदानका कार्यक्रमको अन्त्य गर्दै स्थानीय तहको साझेदारितामा किसानकै खातामा अनुदानको रकम उपलब्ध गराउने व्यवस्था

साना किसानलाई निर्ब्याजी ऋण

सरकारले वितरण गर्ने अनुदान तथा सहुलियत ऋण टाठाबाठाले मात्र उपभोग गरेको गुनासो आइरहेका बेला बागमती प्रदेश सरकारले साना किसानलाई निर्ब्याजी ऋण दिने भएको छ । किसानलाई ब्याज नै नलाग्ने गरी ऋण दिन लागेको सम्भवतः मुलुकमा यो पहिलोपटक हो ।

बागमती प्रदेशको नीति तथा कार्यक्रम पारित

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बुधबार नै बहुमतले पारित भएको छ। कोभिड—१९ ले पारेको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

सांसदले भने : नीति तथा कार्यक्रमले अहिलेको परिस्थिति सम्वोधन गर्न सकेन

बागमती प्रदेशको नीति तथा कार्यक्रम अहिलेको परिस्थितलाई सम्बोधन गर्न नसक्ने सांसदहरुले बताएका छन्। कोरोनाबाट प्रभावित जनताहरुका लागि विशेष प्याकेज ल्याउनुपर्ने अवस्थामा त्यसो हुन नसकेको सांसदहरुको आरोप छ।

बागमती र लालबकैयाको नियन्त्रण गरिने : प्रमुख श्रीवास्तव

बाढीले कटान गरेको तथा सवारी साधनले बिगारेको बागमती र लालबकैया नदीको तटबन्धको मरम्मत गरिने बागमती तथा लालबकैया नदी नियन्त्रण कार्यालय परवानीपुरका प्रमुख राजकुमार श्रीवास्तवले बताएका छन् । सम्भव

बागमती सेवा समाजले दियो ५ जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री

सर्लाहीको हरिवन नगरपालिकास्थित बागमती सेवा समाज नेपाल नामक गैर सरकारी संस्थाले ५ वटा सरकारी जिल्ला अस्पतालका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । मंगलबार ५ वटै जिल्लाका सदरमुकामस्थित सरकारी जिल्ला अस्पताललाई फिवर क्लिनिक सञ्चालनका लागि इन्फ्रारेड थर्मोमिटर तथा टेण्ट सहयोग स्वरुप प्रदान गरिएको संस्थाका कार्यकारी निर्देशक निरज भण्डारीले जानकारी दिए ।

बागमती प्रदेश सभाको मुख्य सचेतकमा केशवराज पाण्डे नियुक्त

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बागमती प्रदेश सभाको मुख्य सचेतकमा केशवराज पाण्डे नियुक्त भएका छन्।

प्रदेशस्तरीय खेलकुदको तयारी तीव्र

प्रथम बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितालाई भव्य रूपमा गर्न धमाधम तयारी भइरहेको छ। बागमती प्रदेश खेलकुद विकास परिषद्को आइतबार बसेको बैठकले प्रतियोगिताको कार्यविधि पनि पारित गरेको छ।

जावलाखेललाई बागमती गोल्डकप

जावलाखेल युथले सिजनको पहिलो उपाधिका रूपमा तेस्रो बागमती गोल्डकप उचालेको छ। पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ फापरबारीमा आइतबार सम्पन्न फाइनलमा संकटा क्लबलाई १–० ले हराउँदै जावलाखेलले ६ लाख रुपैयाँसहित ट्रफ्री उचाल्दा संकटाले तीन लाख प्राप्त ग-यो।

बागमती नदीको उत्खनन रोकियो

रौतहटको बागमती नदीको गिटी, बालुवा, बोल्टर, ढुंगाको उत्खनन रोकिएको छ। रौतहट र सर्लाहीको सीमा छुट्याउने विवाद बढेपछि दुवै जिल्लाको जिल्ला प्रशासन कार्यालयको सहमतिमा रौतहट जिल्ला अदालतले बागमती नदीको नदीजन्य पदार्थ निकासीमा रोक लगाएको हो।

बागमती नदीको उत्खनन रोकियो

रौतहटको बागमती नदीको गिटी, बालुवा, बोल्टर, ढुंगाको उत्खनन रोकिएको छ। रौतहट र सर्लाहीको सीमा छुट्याउने विवाद बढेपछि दुबैंै जिल्लाको जिल्ला प्रशासन कार्यालयको सहमतिमा रौतहट जिल्ला अदालतले बागमती नदीको नदीजन्य पदार्थ निकासीमा रोक लगाएको हो।

बागमती प्रदेशको छ महिनामा खर्च नौ प्रतिशत

बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७६/७७ को छ महिनामा बजेट खर्च करिब नौ प्रतिशत मात्र भएको छ। चालु आवको साउनदेखी पुस मसान्तसम्ममा कुल खर्च नौ दशमलव दश प्रतिशत अर्थात् चार अर्ब ३३ करोड ६४ लाख दुई हजार सात सय ६६ रुपैयाँ भएको बागमती प्रदेश लेखा नियन्त्रक कार्यालय, हेटौंडाका प्रमुख एवं प्रदेश लेखा नियन्त्रक हरी प्रसाद उपाध्यायले बताए।

प्रदेश ३ : नाम बागमती, राजधानी हेटौंडा

प्रदेश ३ को नाम बाग्मती तोकिएको छ भने स्थायी राजधानी हेटौंडा कायम गरिएको छ। प्रदेशसभाको आइतबार हेटौंडामा सम्पन्न बैठकले सर्वसम्मत रूपमा बाग्मती नामकरण गरेको हो। स्थायी राजधानीका लागि भने मत बाँडियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्