२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

चीनको हाङ्जोउमा बिस्फोट हुँदा २ को मृत्यु, ५५ घाइते

पूर्वी चीनमा अविस्थत सहर हाङ्जोउमा एक होटलमा शुक्रबार विहान शक्तिशाली विस्फोट भएको छ ।

चीनपछि हङकङमा 'दंगल'

अभिनेता आमिर खान अभिनित फिल्म 'दंगल' ले चीनमा मात्र १२ अर्ब कमाउँदै विश्वव्यापी कुल कमाइको आँकडा १९ अर्ब २० करोड  पुर्‍याएको छ। योसँगै 'दंगल' सबैभन्दा बढी कमाइ गर्ने पहिलो भारतीय फिल्म बनेको छ।

अमिर खानको दंगल उत्कृष्ट भएको चीनको दाबी

चिनियाँ राष्ट्रपति सि जिङ पिङले बलिउड चलचित्र दंगललाई एक हेर्न लायक चलचित्र रहेको भनी प्रशंसा गरेका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको शुक्रबारको भेटवार्ताको क्रममा यस्तो बताएका हुन्।

परराष्ट्रमन्त्री महरालाई चीन र भारतको बधाई

उपप्रधान तथा परराष्ट्रमन्त्री नियुक्त भएकोमा कृष्णबहादुर महरालाई भारतीय तथा चिनियाँ समकक्षीले बधाई तथा शुभकामना दिएका छन्। भारतीय विदेशमन्त्री सुष्मा स्वराजले टेलिफोन मार्फत र चिनियाँ विदेशमन्त्री वाङ् यीले सन्देश मार्फत बधाई दिएका हुन्।

चीनद्वारा मुस्ताङका दुई गाउँलाई साढे ७ करोडको सहयोग

छिमेकी राष्ट्र चीनले उपल्लो मुस्ताङका दुई गाउँपालिकालाई रु सात करोड ५० हजारको निर्माण सामग्री सहयोग गरेको छ। चीनको सीमावर्ती मुस्ताङको लोमान्थाङ र दालोमे गाउँपालिकाका स्थानीयवासीलाई चीन सरकारले विभिन्न निर्माण सामग्री सहयोग गरेको हो।

दूध उत्पादन बढाउन चीनबाट गाई ल्याउन पहल

दूधमा आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले दूध उत्पादन बढाउन नसकेपछि विदेशबाट उन्नत नस्लका गाई ल्याउन पहल सुरु गरेको छ। भारतबाट उन्नत जातका गाई ल्याउने प्रयास असफल भएपछि चीनबाट उन्नत गाई ल्याउने प्रक्रिया अघि बढाएको हो।

सेलायो कोस्टाको चीन चर्चा

सरकारले ठूलो रकममा विदेशी खेलाडीलाई भि œयाउन रोक लगाएसँगै चीनको तियानजिन क्वानजिनले चेल्सीका डिएगो कोस्टाका साथै अन्य केही स्टार खेलाडी भित्र्याउने चर्चा सेलाएको छ।

चीनसँग थप दुई सम्झौतामा हस्ताक्षर हुने

चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनसँग थप दुई सम्झौता हुन लागेको बताएका छन्।

अाेबिअाेअारका लागि नेपाल र चीनबीच हस्ताक्षर

वान बेल्ड वान रोड (ओबिओआर) परियोजनाका लागि नेपाल र चीनबीच हस्ताक्षर भएको छ। परराष्ट्रमन्त्री प्रकाशशरण महतको सहभागितामा आयोजित कार्यक्रममा परराष्ट्र सचिव शंकरदास वैरागी र चिनिया राजदूत यु होङले ओबिबओआर परियोजनामा हस्ताक्षर गरेका हुन्।

चीनमा ५.५  रेक्टरको भूकम्प, ८ को मृत्यु, २३ घाइते

चीनको उत्तर दक्षिणी क्षेत्रमा पर्ने सिन्जिआङ स्वायत्त प्रदेशमा आएको भूकम्पमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ भने अरु २३ जना घाइते भएका छन् ।

चीनसँग पाँच बन्दरगाह माग

नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न चीनसँग पाँचवटा बन्दरगाह माग्ने भएको छ। चीनसँग गत वर्ष भएको पारवहन तथा यातायात सम्झौताअनुसार नेपालले चीन हुँदै तेस्रो मुलुकसँग व्यापार गर्न दुई सुख्खासहित पाँचवटा बन्दरगाह माग्ने तयारी गरेको हो।

‘उत्तर कोरियाले चीनको अपमान गरिरहेको छ’

उत्तर कोरियाले आफ्नो प्रमुख साझेदार मुलुक चीन र चिनियाँ राष्ट्रपति सी जिनपिङको अपमान गरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन् ।

चीनद्वारा अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास रोक्न आग्रह

चीनले दक्षिण कोरियामा जारी अमेरिका–दक्षिण कोरिा सैन्य अभ्यास रोक्न आग्रह गरेको छ। कोरियाली प्रायद्विपमा देखिँदै आएको तनावलाई शान्त गर्न उत्तर कोरियाली आणविक कार्यक्रमलाई पनि रोक्न आग्रह गरेको हो।

भारतीय दवाबमा चीनसँगको संयुक्त सैन्य अभ्यास तालिममा खुम्चियो

नेपाली सेना र चीनको जनमुक्ति सेनाले प्रयास गरेपनि अन्ततः भारतीय दवाबमा संयुक्त सैन्य अभ्यास संयुक्त सैन्य तालिममा परिणत भएको छ। सेनाले दुवै देशबाट एउटा सैनिक गणको सहभागितामा करिब एक महिना लामो अभ्यासको तयारी गरेको थियो। सो समय पनि छोट्याएर दुईसाता लामो तालिममा परिणत भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्