२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

ललितपुरमा उम्मेदवार बन्न होडबाजी

जिल्लाको एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिकामा आसन्न स्थानीय निर्वाचनमा को उम्मेदवार बन्ने भन्ने होडबाजी चलेको छ। ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका र महाँकाल गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित वडा अध्यक्ष र सदस्यमा आकांक्षीहरू धेरै देखिएका हुन्।

ललितपुरमा रहस्यमय गोलीकान्ड, प्रहरीले अस्पतालबाट थाहा पायो घटना

काठमाडौंको गौरीघाटमा भएको गोलीकान्डको अनुसन्धानको पहेली नखुल्दै ललितपुरमा अर्को रहस्यमय गोली प्रहारको घटना भएको छ। चैत २९ मा गौरीघाटको दिब्य पार्टी प्यालेसमा गुन्डा नाइके दावा लामामाथि गोली प्रहार भएको थियो।

ललितपुरमा विश्वशान्ति पूजा

धर्म कुनै राजनीति होइन, यो त सर्व परमात्माको ज्ञान र सिकाइको भण्डार हो। यसमा कुनै राजनीति हुँदैन, जसले सक्यो त्यो अहम्बाट मुक्त हुन्छ। यही भनाइलाई सर्वोपरी ठान्दै १४ वर्षमै तपस्यामा लाग्ने व्यक्ति हुन् रामबहादुर बम्जन (गुरु महा सम्बोधि धर्म संघ)। उनी बुद्धबाट प्रभावित भएर आफूलाई पनि त्यस्तै खाले कार्यमा समर्पित गरेको सुनाउँछन्।

पर्यटक तान्दै ललितपुरका गाउँ

हिजोआज उपत्यकाबासी भीडभाड र धुवाँधुलोदेखि हैरान छन्। केही छिन वा एक दिन भए पनि उनीहरू शान्त ठाउँ खोज्छन् तर त्यो सहरनजिकै होस्। उनीहरूको चाहनाबमोजिम अहिले उपत्यका नजिकका ग्रामीण बस्तीमा होमस्टे र स्थानीय उत्पादन पनि फस्टाउन थालेका छन्।

ललितपुरको खास सामर्थ्य प्रयोग हुन सकेन

ललितपुर उद्योग वाणिज्य संघ यही चैत ४ गतेदेखि ५० वर्षमा प्रवेश गर्दैछ। मुलुकको पुरानो यस उद्योग वाणिज्य संघले काठमाडौं उपत्यकाका व्यवसायी र स्थानीयसँग लामो सम्बन्ध स्थापित गरिसकेको छ। ललितपुरका व्यवसायीको हकहितमा लामो समयदेखि काम गर्दै आएको यस संघले विदेशमा समेत बजार विस्तारको काम गरिरहेको छ।

ललितपुरका एक विरामीमा देखियाे स्वाइन फ्लु

गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका एक व्यक्तिमा स्वाइन फ्लु देखिएको छ।

राजधानी छेउकै ललितपुरका विद्यार्थी ६ घन्टा हिँडेर स्कुल पुग्छन्

मकवानपुर मन्थलीकी कक्षा ६ मा अध्ययनरत सविना सायर स्कुल पढ्न बिहान ७ बजे घरबाट निस्कन्छिन्। स्कुल पुग्न मात्रै उनलाई तीन घन्टाभन्दा बढी समय लाग्छ। बिहान उनी घरैबाट खाजा लिएर जान्छिन्। हाफ छुट्टीसम्म पढेपछि घर फर्कन्छिन्, फर्कनै तीन घन्टाभन्दा बढी लाग्छ।

ललितपुर मलमा ‘मोबाइल एक्स्पो’ शुरु

ललितपुरको मुटु तथा आर्थिक केन्द्र लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले शुक्रबारदेखि शुरु गरेको मोबाइल एक्स्पो २०१७ औपचारिक रुपमा शुरु भएको छ। आफ्ना ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छूट र उपहारसहित उत्सवमय बनाउन यही माघ १४ गतेदेखि माघ २२ गतेसम्म मोबाइल एक्स्पो आयोजना गरेको कम्प्लेक्सले जनाएको छ।

काठमाडौंमा छबि, महाशाखामा आमात्य र ललितपुरमा राई

लामो रस्साकसीपछि गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिसमा ३९ वरिष्ठ उपरीक्षकहरुको सरुवा गरेको छ। बुधबार मध्यरातमा गरिएको निर्णयअनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी छबिलाल जोशी, महानगरीय अपराध महाशाखामा दिनेश आमात्य र ललितपुर प्रहरी प्रमुखमा ठूले राईको सरुवा भएको छ।

ललितपुर उपमहानगरको वार्षिक बजेट १ अर्ब २० करोड

ललितपुर उपमहानगरपालिकाले सफा र सुन्दर नगर बनाउने योजना ल्याएको छ। बिहीबार बसेको उपमहानगरपालिकाको २५ औँ नगरपरिषद्ले आर्थिक वर्ष ०७४/०७५ का लागि बजेट प्रस्तुत गरी नगर क्षेत्र सुन्दर र सफा बनाउने कार्यक्रम उद्घोष गरेको हो।

ललितपुरमा सुलसुले व्यवस्थापन कार्यक्रम सुरु

मौरीमा सुलसुले किराले गर्दा गोला नै नष्ट हुने सम्मको समस्या आएपछि सुलसुले व्यवस्थापन कार्यक्रम सुरु भएको छ।

त्यहीँ पर ललितपुर

काठमाडौँबाट केवल ३४ किलोमिटर टाढा भए पनि बाघभैरव स्कुलको अवस्था कुनै दुर्गमको भन्दा फरक छैन । विद्यार्थीका निम्ति काठमाडौँ धेरै टाढा छ, नजिकैको बस्ती चापागाउँ सबैभन्दा ठूलो फड्को हो जस्तो लाग्छ ।

कार्यालय विस्तार गर्दै प्रहरी परिसर ललितपुर

महानगरीय प्रहरी परिसर, ललितपुर आफू मातहतका प्रहरी कार्यालय विस्तार र भौतिक पूर्वाधार सुधारमा लागेको छ।

ललितपुरमा सात स्थानीय निकाय

ललितपुरका राजनीतिक दल जिल्लालाई सात स्थानीय निकायमा पुनःसंरचना गर्न सहमत भएका छन् । कांग्रेस, एमाले, माओवादी, राप्रपालगायत जिल्लाका विभिन्न राजनीतिक दल जिल्लामा सात स्थानीय निकाय बनाउन सोमबार सहमत भएका हुन् ।

ललितपुरमा ३५ करोड कर वक्यौता

ललितपुर-ठूला करदाताले सम्पत्ति र घर बहाल कर नतिर्दा ललितपुर उपमहानगरपालिकाले ३५ करोड रुपैयाँभन्दा बढी सम्पत्ति तथा घर बहाल कर उठाउन सकेको छैन। कर नबुझाउनेमा सरकारी र निजी कम्पनी दुवै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्