१३ आश्विन २०८१ आइतबार
image/svg+xml

सामान्यदेखि ठूलोसम्म वर्षा हुने सम्भावना, सतर्क रहन २४ घण्टे चेतावनी

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली भई केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । तर प्रदेश १, २, बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

धेरै ठाउँमा वर्षाको सम्भावना, २४ घण्टासम्म सतर्क रहन चेतावनी

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको धरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिमका एक–दुई स्थानमा भने भारी वर्षासमेत हुन सक्ने अनुमान छ ।

आज पनि धेरै स्थानमा वर्षाको सम्भावना, बाढीपहिरोबाट बच्न २४ घण्टे चेतावनी

प्रदेश ५ र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । यसैगरी प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ ।

अमेरिकन एयरलाइन्सको २५ हजार कर्मचारी कटौती गर्ने चेतावनी

अमेरिकन एयरलाइन्सले अग्रपङ्क्तिमा रहेर काम गर्ने झण्डै २५ हजार कर्मचारीलाई रोजगारीबाट निकाल्ने चेतावनी दिएको छ ।

तलब नदिए आत्मदाह गर्ने निजी विद्यालयका शिक्षकको चेतावनी

कोभिड–१९ संक्रमणका कारण देखाएर निजी विद्यालय संचालकहरूले त्यहाँ कार्यरत शिक्षकहरूको तलब विगत ६ महिनादेखि निकासा बन्द गरेका छन् । जसका कारण निजी विद्यालयका शिक्षकहरूको जिविका धान्नै मुस्किल परेको पिडित शिक्षकहरू बताउँछन् । कोभिडकै निहुँमा तलब रोक्का मात्र होइन निजि विद्यालयहरूले कार्यरत शिक्षकहरूलाई समेत विद्यालयबाट निस्कासन गरेका छन् ।

बोझिनी ड्याम भाडामा नदिन चेतावनी

नेपाली कांग्रेस र राप्रपा संयुक्तले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालमा रहेको बोझिनी ड्याम र सामुदायिक वन निजी कम्पनीलाई भाडा नदिने चेतावनी दिएको छ । दुवै पार्टीले छुटाछुटै प्रेस विज्ञप्ति प्रकाशित गरी ड्याम र वन भाडामा दिने भन्ने विषयमा दुवै पार्टीको वडा समितिले आपती जनाएका छन् ।

भूपू गोर्खा सैनिककाे चेतावनी, 'माग पूरा नभए अनसन बस्छाैं'

भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले एक महिनाभित्र आफ्ना मागहरु पूरा नभए आमरण अनसन सुरु गर्ने चेतावनी दिएका छन्।

इरानलाई ट्रम्पको चेतावनी

इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणमा इरानी पक्ष दोषी रहेको भन्दै अमेरिकाले इरानलाई ‘ठूलो मुल्य चुकाउनु पर्ने’ चेतावनी दिएको छ।

जापानलाई ‘वास्तविक ब्यालेस्टिक क्षेप्यास्त्र’ देखाइदिने उत्तर कोरियाको चेतावनी

‘जापानी प्रधानमन्त्री आबे क्षेप्यास्त्र र एकभन्दा बढी रकेट प्रहार गर्न सक्ने क्षमताको अस्त्र छुट्याउन नसक्ने विश्वकै सबैभन्दा मूर्ख नेता’ भएको उत्तर कोरियाले आरोप लगाएको छ।

प्रशिक्षक इमिरेलाई आर्सनलको चेतावनी

आर्सनलले तत्कालका लागि प्रशिक्षक युनेइ इमिरेलाई नहटाए पनि टोलीको नतिजा भने सुधार गर्न चेतावनी दिएको छ। आर्सनलले लिगका १० खेलमा दुई जित मात्र हात पार्न सकेपछि इमिरे दबाबमा परेका थिए। शनिबार भएको खेलमा पनि आर्सनलले लेस्टर सिटीलाई २–० को नतिजा सुम्पिएको थियो। १२ खेलमा १७ अंक जोडेको आर्सनल छैटांै स्थानमा छ जुन शीर्ष ४ भन्दा ८ अंक कम हो।

होटल श्रमिकद्वारा आन्दोलनको चेतावनी

होटल, क्यासिनो तथा रेस्टुरेन्ट श्रमिकले १० प्रतिशत सेवाशुल्क, श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनको माग गर्दै आन्दोलनको चेतावनी दिएका छन्। नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन (नेस्वहोमयू) ले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी २१ दिने अल्टिमेटमसहित आन्दोलनको चेतावनी दिएको हो।

तत्काल तार व्यवस्थित नगरे आफैं हटाउने प्रधिकरणको चेतावनी

सहरी क्षेत्रमा निजी इन्टरनेट सेवाप्रदायक, केवल अपरेटर तथा अन्य सङ्घ संस्थाका तारले सौन्दर्य बिगारेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले दशैँअगावै त्यस्ता अव्यवस्थित तार नहटाए आफैँ हटाइदिने चेतावनी दिएको छ।

इरानद्वारा युद्धको चेतावनी

साउदी अरबका दुई ठूला तेल प्रशोधनस्थलमा भएका आक्रमणमा जबर्जस्ती मुछ्न खोजेको भन्दै इरानले युद्धको चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वलाई युद्धमा धकेल्न खोजेको आरोप लगाउँदै तेहरानले यस्तो चेतावनी दिएको हो।

हङकङमा विमानस्थल सुचारु गरे तनाव झन् बढ्ने प्रदर्शनकारीको चेतावनी

झण्डै दुई महिनादेखि हङकङमा प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूले प्रदर्शन गरिरहेका छन्। हङकङ सरकारले गएको जुनमा ल्याएको सुपुर्दगी विधेयकलाई लिएर सुरू भएको हङकङको प्रदर्शन र विरोध अझै साम्य हुन सकेको छैन ।

तत्काल मलेसिया नखुले लाइसेन्स फिर्ता गर्ने चेतावनी

१४ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी तत्काल नखुले म्यानपावर सञ्चालनको लाइसेन्स फिर्ता गर्ने व्यवसायीले चेतावनी दिएका छन्। लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारी खुलाउन माग गर्दै मंगलबार वैदेशिक रोजगार विभाग घेराउ गर्न पुगेका म्यानपावर व्यवसायीले यस्तो बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्