coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सामान्यदेखि ठूलोसम्म वर्षा हुने सम्भावना, सतर्क रहन २४ घण्टे चेतावनी

आज (बुधबार) पनि देशका विभिन्न स्थानमा सामान्यदेखि ठूलोसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली भई केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । तर प्रदेश १, २, बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।  

यस्तै राति पनि देशका अधिकांश स्थानमा मौसम सामान्य बदली हुनेछ भने थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यमसम्म् वर्षा हुने सम्भावना छ । साथै प्रदेश १, बागमती,गण्डकी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी (ठूलो) वर्षाको सम्भावना रहेको महाशाखाले बुधबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।  

वर्षा हुने स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन भन्दै महाशाखाले २४ घण्टे (बुधबार बिहान ६ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म) चेतावनी जारी गरेको छ ।

बाढीको सम्भावना कता कता कस्तो छ ?

आज बुधबार नारायणी र यसका सहायक नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको मौसमा पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाका अनुसार आज कन्काई, तिनाउ,पश्चिमराप्ती, बबईका ससाना सहायक नदीमा बहाव केही बढ्ने तर सतर्कता तहभन्दा तलै रहने अनुमान छ ।  

विस्तृत जानकारी तलको सूचनामा :  

प्रकाशित: २१ श्रावण २०७७ ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App