१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकन एयरलाइन्सको २५ हजार कर्मचारी कटौती गर्ने चेतावनी

अमेरिकन एयरलाइन्सले अग्रपङ्क्तिमा रहेर काम गर्ने झण्डै २५ हजार कर्मचारीलाई रोजगारीबाट निकाल्ने चेतावनी दिएको छ । कोरोना भाइरसको महामारीका कारण सेवा प्रवाहमा अत्यधिक कमी आएकाले कर्मचारीहरु कटौती गर्नुपर्ने बाध्यता रहेको कम्पनीले जनाएको छ । निस्काशित हुन लागेकामध्ये झण्डै २९ प्रतिशत कर्मचारीहरु अमेरिकी रहेको पनि कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् ।  

पदमुक्त हुन लागेका कर्मचारीहरुलाई दुई वर्षभन्दा बढीको विदा लिन वा अग्रिम अवकास लिन आग्रह पनि गरिएको छ । 'कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या घटेको छैन, कतिपय राज्यहरुले निषेधात्मक व्यवस्थाहरुलाई फेरि सक्रिय बनाउन थालेका छन्, त्यसैले तत्काल पर्याप्त हवाई सेवा सञ्चालनमा आउने देखिदैन,' कम्पनीका प्रमुख कार्यकारी अधिकृत डोङ पार्कर र अध्यक्ष रोबर्ट इसोमले भने ।

कम्पनीले जुन महिनासम्ममा ८० प्रतिशत भन्दा बढी आम्दानी घटेको जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ ।

प्रकाशित: १ श्रावण २०७७ १२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App