१३ आश्विन २०८१ आइतबार
image/svg+xml

ताइवानकाे स्वतन्त्रतातर्फ लागे युद्ध हुने चीनको चेतावनी

ताइवानको स्वतन्त्रतातर्फ कुनै कदम चालिए युद्ध गर्न तयार रहेको चेतावनी चीनले बुधबार दिएको छ। संयुक्त राज्य अमेरिकाले विश्व स्थायित्वलाई खलल पु¥याउन खोजेको आरोप लगाउँदै चीनले स्वशासित ताइवानमा अमेरिकाले हतियार बेचेको घटनाको कडा शब्दमा निन्दा पनि गरेको छ।

नेकपा फुट्ने प्रश्नमा झोंक्किए सञ्चारमन्त्री, प्रचण्डलाई घुमाउरो चेतावनी !

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको एकताको जग कमजोर नभएको बताएका छन्।

साउनदेखि गाडी थन्काउने ट्रक व्यवसायीको चेतावनी

ढुवानी व्यवसायलाई मूल्य अभिवृद्धि कर (भ्याट) तथा अनलाइनमार्फत् निगरानी गर्ने गरी सरकारले बजेटमार्फत् ल्याएको नीति अव्यवहारिक भएको भन्दै सच्याउन प्रदेश ५ का ट्रक व्यवसायीले माग गरेका छन। नीति तत्काल नसच्याए साउन १ गते देखि सवारीसाधन घर, ग्यारेजमा थन्काउन बाध्य हुने चेतावनी पनि व्यवसायीले दिएका छन्।

औद्योगिक विधेयक नमान्ने उद्योगीहरूको चेतावनी

सरकारले ल्याएको ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसम्बन्धी विधेयक’ मान्य नहुने उद्योगीहरूले चेतावनी दिएका छन्।

मेक्सिकोमाथि थप भन्सार लगाउने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमाथि थप भन्सार लगाउने चेतावनी दिएका छन्। वासिङ्टन र मेक्सिको सिटीबीच गत साता भएको आप्रवासनसम्बन्धी सम्झौताको मसी सुक्न नपाउँदै ट्रम्पले यस्तो चेतावनी दिनुले दुई देशबीच अन्य विषयमा पनि सहमति भएको हुनसक्ने अनुमान गरिएको छ।

थप तीन खर्बबराबरको चिनियाँ सामानमा कर लगाउने अमेरिकी चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तीमा तीन खर्ब अमेरिकी डलरबराबरको चिनियाँ सामानमा थप कर वृद्धि गर्ने चेतावनी दिएका छन् । विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको जारी व्यापार युद्धकै क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका भित्रिने थप तीन खर्बबराबरको चिनियाँ सामानमा ट्यारिफ लगाउने चेतावनी दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

ताइवान र दक्षिण चीन सागरमा नमुछिन अमेरिकालाई चीनको चेतावनी

सुरक्षा मुद्दासम्बन्धी सिंगापुरमा सञ्चालित सांग्री–ला डाइलगमा आइतबार बोल्दै चिनियाँ रक्षामन्त्री वेइ फेङ्गेले ताइवान र दक्षिण चीन सागरबारेको सुरक्षा विवादमा नआउन अमेरिकालाई चेतावनी दिएको

प्रदर्शन नगर्न थाई सेना प्रमुखको चेतावनी

देशमा भर्खरै सम्पन्न भएको निर्वाचन धाँधलीयुक्त भएको भन्दै देशमा प्रदर्शन हुने संकेतपछि थाइल्यान्डको सेनाले त्यसो नगर्न मंगलबार चेतावनी दिएको छ। देशको राजसंस्थालाई सम्मान गर्न अपिल गर्दै थाई सेना प्रमुख जनरल अपिराट कोङसोमपोङले यदि प्रदर्शन जारी रहे त्यसले देशको लोकतन्त्रलाई नै धरापमा पार्न सक्नेतर्फ पनि संकेत गरेका छन्।

ग्यास बिक्रि ठप्प पार्ने चेतावनी

आफ्ना समस्याप्रति सरकार र नेपाल आयल निगम संवेदनशील नभएको आरोप लगाउँदै ग्यास उद्योगीले आन्दोलन घोषणा गरेका छन्। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायले सुनुवाई गरेको भन्दै उद्योगीले ग्यास बिक्री पूर्ण रुपमा बन्द गर्ने चेतावनी दिएका छन्। संघले १० बुँदे माग अघि सार्दै बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

जथाभावी बोल्दै हिँड्ने कोइरालालाई समेत कारबाही हुन सक्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन घात अन्तरघात गर्ने सबैलाई अनुशासनको कारबाही हुने बताएका छन्। नेपाली कांग्रेस पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीभित्र अनुशासन नभए पार्टी कमजोर हुने भएकाले पार्टीलाई हानि–नोक्सानी पुर्याउने सबैलाई कारबाही हुने स्पष्ट पारे।

‘कर्मकाण्डी मात्र नहोस् लगानी सम्मेलन’

सरकारले यसअघि गरेका बाचा पूरा नगरी लगानी सम्मेलन गरे त्यो रुद्री पुजाजस्तै कर्मकाण्डी मात्रै हुने स्वतन्त्र ऊर्जा उत्पादकहरुले चेतावनी दिएका छन्। स्वदेशी लगानीकर्तालाई नै विश्वस्त पार्न नसकेको सरकारले विदेशी लगानीकर्तालाई आकर्षण गराउने उद्देश्यले लगानी सम्मेलन गर्नु भनेको रुद्री पूजा गरेर ग्रहशान्ति गर्नुजस्तै भएको उनीहरुको भनाइ छ।

'ब्याजदरमा गम्भीर नभए हस्तक्षेप'

अर्थमन्त्री  युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई ब्याज दरमा गम्भीर हुन निर्देशन दिँदै नभए सरकारले हस्तक्षेप गर्ने चेतावनी दिएका छन्।

अमेरिकामा संकटकाल लगाउने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा संकटकाल घोषणा गर्ने चेतावनी दिएका छन्। छिमेकी राष्ट्र मेक्सिको र अमेरिका सिमानमा पर्खाल लगाउने आफ्नो योजनामा संसदले समर्थन नगरे आफू संकटकाल घोषणा गर्नसमेत तयार रहेको बताएका हुन्।

इन्धन ढुवानी रोक्ने चेतावनी

नेपाल आयल निगमको विराटनगर डिपोमा डिजेल चोरी भएको घटनामा ट्यांकर चालक र डिपोका कर्मचारीलाई उन्मुक्ति दिएर व्यवसायीलाई कारबाही गरेको भन्दै ट्यांकर सञ्चालकले इन्धन ढुवानी रोक्ने चेतावनी दिएका छन्।

नयाँ करबारे ह्वाइट हाउसको चीनलाई चेतावनी

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका उच्च आर्थिक सल्लाहकारले चीनले नयाँ व्यापार करसम्बन्धी दिएको चुनौतीबारे जवाफ दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मूल्यांकन नगर्न चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्