२१ आश्विन २०८१ सोमबार
image/svg+xml

तिलोत्तमा गोल्डकप : झापा–११ को विजयी सुरुआत

विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० ले स्तब्ध बनाउँदै शनिबार झापा ११ ले २१औं संस्करणको तिलोत्तमा गोल्डकपमा विजयी सुरुआत गरेको छ। जितका साथ झापा क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

गण्डकी प्रदेशलाई हक्कीको उपाधि

प्रथम शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिग प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ। झापाको भद्रपुरमा आयोजित प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा गण्डकी प्रदेशले विभागीय टोली नेपाल आर्मीलाई १–० गोलमा पराजित गर्दै उपाधि जितेको हो।

जग्गाधनीले मुआब्जा बुझ्न थाले

झापामा निर्माण हुने चाइना नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क निर्माणका लागि ४४ जना जग्गाधनीले मुआब्जा बुझेका छन्। जग्गाधनीले मुआब्जावापतको ६ करोडभन्दा बढी रकम प्राप्त गरेका छन्।

झापामा थुप्रिए योजना

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमकमा योजना थुपारेको छ। दमकमा बाहेक जिल्लाका अन्य भागमा दीर्घकालीन महत्व राख्ने योजना छैनन्। दमक, कमल गाउँपालिका र गौरादह नगरपालिकामा २२ सय बिगाहमा औद्योगिक पार्क बनाउन ओलीले चीनसँग अघिल्लोपटक प्रधानमन्त्री हुँदै समझदारी गरेका थिए।

सरोज भण्डारीका झापाली गफ भेनेजुएला र प्रचण्ड ओडीआइमा नेपालको जित र बस काण्ड

सपथग्रहण गरेको भोलिपल्टै मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे भारतीय गाडी लिएर प्रदेशसभामा छिरेका छन्। निर्वाचित भएको १४ महिना पछि सोमबार साँझ प्रदेश सभा सदस्यको पद तथा गोपनियताको सपथ खाएका उनले मंगलबार भने भारतको विहार प्रदेशको BR06PD 7529 नम्बरको गाडी चढेर प्रदेश सभा प्रवेश गरे। उनी एक्लै आएनन्, आफुसँगै एउटा युवा टिमको जमात नै लिएर आए। यसअघि, प्रदेशसभाको भित्री गेटबाट मन्त्री, प्रदेशसभा सदस्य र सरकारी गाडी प्रदेशसभा भवन परिसरमा छिर्ने गरेका थिए।

छाेराकाे कुटाइले बुबाको ज्यान गयाे

झापाको दमकमा छोराको कुटाइबाट बुबाको मृत्यु भएको छ। दुबै जनाबीच विवाद भएपछि छोराले बुबामाथि कुटपिट गरेका थिए।

फराकिलो जितका साथ आर्मी फाइनलमा

झापा–११ लाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब वीरगन्जमा जारी दोस्रो विशाल स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

विशाल मेमोरियल गोल्डकप : सिलिगुडीलाई हराउँदै झापा सेमिफाइनलमा

झापा–११ वीरगन्जमा जारी दोश्रो टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार नारायणी रंगशालामा भएको खेलमा भारत, पश्चिम बंगाल सिलीगुडीको रोयल फुटबल क्लबलाई ४–२ ले पराजित गर्दै झापा अन्तिम ४ मा प्रवेश गरेको हो।

झापा–११ ले उचाल्याे फाल्गुनन्द गोल्डकपकाे उपाधि

दशौँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा–११ ले जितेको छ। सोमबार सम्पन्न फाइनलमा विभागिय टोलि त्रिभुवन आर्मी क्लबलाई हराउँदै झापाले सिजनको पहिलो उपाधि चुमेको हो।

फाल्गुनन्द गोल्डकप : उपाधि होडमा आर्मी र झापा

प्रतियोगितामा निक्कै दर्बिला मानिएका विभागिय टिम त्रिभुवन आर्मी क्लब र झापा–११ दशौँ रुस्लान फाल्गुनन्द गोल्डकपको फाइनलमा आम्नेसामुन्ने हुँदैछन्। दुबै टिमले एक–अर्कालाई कमजोर आकेका त छैनन् तर जित जसरी हासिल गर्ने भन्ने रणनीतिमा लागेका जुटेका छन्। झापाका खेलाडीलाई खेलमैदानको राम्रो अनुभव छ भने आर्मीका युवा खेलाडीहरुमा स्टामिना देखिन्छ।

फाल्गुनन्द गोल्डकप : कठिन जित निकाल्दै झापा उपाधि नजिक

प्रतिस्पर्धात्मक खेलमा जित निकाल्दै झापा– ११ फिदिममा जारी दशौँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको शुुक्रबार फाइलनमा प्रवेश गरेको छ।

फाल्गुनन्द गोल्डकप : एपिएपलाई रोक्दै झापा सेमिफाइनलमा

कप्तान कर्ण लिम्बुको दुई गोलप्रेरित झापाले–११ विभागीय टोली एपिएफलाई पराजित गर्दै सदरमुकाम फिदिमस्थित फिदिम माविको खेलमैदानमा जारी रुस्लान दशौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा झापाले एपिएपविरुद्ध ३–१ को जित निकालेको हो।

फाल्गुनन्द गोल्डकपमा झापाको विजयी सुरुवात

झापा–११ ले पाँचथर सदरमुकाम फिदिममा आयोजित दशौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। स्थानीय फिदिम माविको खेलमैदानमा तीन विदेशी खेलाडी लिएर मैदान उत्रिएको कर्णसिंह सोनाम स्मृती क्लब ताप्लेजुङलाई ३–१ ले पराजित गर्दै झापाले विजयी सुरुवात गरेको हो।

छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

झापाको दमकमा छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मंगलवार अपराह्न भारतीय ट्रकको ठक्करबाट पथरी शनिश्चरेका बाबुछोराको र साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन प्रस्ताव

भारतबाट पेट्रोलियम पदार्थ ल्याउन मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना निर्माणले तीव्रता पाइरहेका बेला नेपाल आयल निगमले अर्को पाइपलाइन परियोजनाको प्रस्ताव गरेको छ। अहिले निर्माणाधीन पाइपलाइनले मुलुकमा खपत हुने पेट्रोलियम पदार्थको पूरै माग धान्न नसक्ने भएपछि निगमले प्रदेश नं १ लाई लक्ष्य गरेर अर्को पाइपलाइन परियोजना निर्माण गर्ने तयारी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्