९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

सरकार गठनका लागि सभामुखले हस्ताक्षर गर्नु कानुन विपरीत: डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभामुखले सरकार गठनका लागि हस्ताक्षर गरेर समर्थन गर्नु लोकतान्त्रिक संसदीय पद्धतिको विपरीत रहेको बताएका छन्।

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैनः प्रमुख सचेतक लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन्।

ठ्याक्कै यतिबेला किन समाजावादी मोर्चा चाहियो, विचारणीय पक्ष छः सांसद बडू

नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले समाजवादी मोर्चा बनाएर हामी पनि संगठित छौँ भन्ने सन्देश दिन खोजिएको बताएका छन्।

बजेट निर्माणमा भएका कमजोरीहरु सच्याउन आवश्यकः रमेश लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेट निर्माण प्रक्रियामा भएका कमजोरीहरु सच्याउन आवश्यक रहेको बताएका छन्।

तीन वर्षमा दोधारा-चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ: प्रमुख सचेतक लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल–भारत प्रधानमन्त्रीस्तरमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको सम्झौता (एमओयु) मा हस्ताक्षर भएसँगै अबको तीन वर्षभित्र निर्माण सम्पन्न हुनेमा आशावादी हुन आग्रह गरेका छन्।

एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ: नेता पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौंमा एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्ने बताएका छन्।

राष्ट्रपतिसँगै जनताको सवारी

कांग्रेस महामन्त्री थापाले भनेजस्तै राष्ट्रपतिको शुक्रबारको सवारीले आम नागरिक प्रशन्न बने। सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको सवारीका क्रममा सडकमा देखिएका दृष्यसम्बन्धी तस्बिर निकै भाइरल बने।

गैरआवासीय नेपालीको अधिकार प्राप्तीमा कुनै बाधा छैन : रमेश लेखक

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गैरआवासीय नेपालीहरुलाई संविधानले प्रदत्त गरेको अधिकार कार्यान्वयनमा भइरहेको ढिलाई कारण राजनीतिक दलको कमजोरीको संज्ञा भएको बताएका छन।

निर्वाचनबारे समीक्षा जरुरी : नेता कोइराला

नेपाली कांग्रेसका नेता प्रा डा शशाङ्क कोइरालाले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताएका छन्।आज चितवनमा पत्रकारहरुसँगको कुराकानीमा उनले उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह प्रशासनको कार्यको महामन्त्री थापाले प्रशंसा गरे

नक्कली भुटानी शरणार्थी बनाएर ठगि गर्ने उच्च ओहोदाको व्यक्ति समेतलाई कारबाहीको दायरामा ल्याउन गृह प्रशासनले गरेको कार्यलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रशंसा गरेका छन।

राष्ट्रपति पौडेलको उपचार खर्चबारे सांसद गगन थापाको सचिवालय

राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भइ उपचार गराउन भारतको नयाँ दिल्ली गएपछि विशिष्ट व्यक्तिको स्वास्थ्य उपचार सम्बन्धी उपलब्ध हुने सेवा सुविधाबारे वहस सतहमा आएको छ।

‘प्रतिकूल परिस्थिति र चुनौतीबाट कांग्रेस भाग्दैन’

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रतिकूल परिस्थिति र चुनौतीबाट नेपाली कांग्रेस नभाग्ने बताएका छन्। नेपाल टे«ड युनियन कांग्रेस बाँकेको ७औं जिल्ला अधिवेशनमा बोल्दै उनले अहिले मुलुकको आर्थिक अवस्था प्रतिकूल भए पनि कांग्रेसले त्यसको सामना गरेर अगाडि बढ्ने बताए।

नेपालमा गुणस्तरीय शिक्षा नभएको सन्देश विश्वमा फैलिरहेको छ: नेता पौडेल

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेपालमा गुणस्तरीय शिक्षा छैन भन्ने सन्देश विश्वमा फैलिरहेको बताएका छन्।

महावीर पुनका माग तत्काल सम्बोधन हुनुपर्छ: महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको माग राज्यले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन। शनिवार नेपाल विद्यालय कर्मचारी परिषद्ले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो कुरा बताएका हुन।

भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद स्विकार्य हुँदैन: महामन्त्री शर्मा

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने सरकारको प्रस्ताव स्विकार्य नहुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्