४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बागमतीमा मन्त्रिपरिषद् विस्तार

रचना खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, विजय सुवेदीलाई सामाजिक विकास मन्त्रालय, शान्तिप्रसाद पौडेललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मा दिएकी छन्।

विपक्षीलाई साथ लिएर अगाडि बढ्छुः मुख्यमन्त्री शाक्य

प्रदेश राजधानी हेटौंडामा आइतबार पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले विगतमा विपक्षी पार्टीहरुसँगको राम्रो सम्बन्धका कारण समझदारीको प्रयास गरिने बताईन्।

मुख्यमन्त्री एमालेमै रहने भएपछि सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार बिहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई भेटेर राजीनामा दिएका हुन्।

अष्टलक्ष्मी मेरै चाहनामा मुख्यमन्त्री बन्नु भएको हो तर उहाँ पनि अप्ठेरोमा हुनुहुन्छः माधव नेपाल

‘उहाँ (अष्टलक्ष्मी शाक्य) मेरै चाहना र सुझावअनुसार मुख्यमन्त्रीमा जानुभएको हो। तर उहाँ पनि अप्ठेरोमा हुनुहुन्छ’, नेता नेपालले भने, ‘पार्टी दर्ता भएको २१ दिनभित्र उहाहरूलाई पार्टी रोज्ने अधिकार हुन्छ। त्यो समय भित्र कता रोज्नुहुन्छ। उहाँमाथि भर पर्ने कुरा हो। तर अहिले मेरो अनुमतिबाट नै जानुभएको हो।’

अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको उपाध्यक्ष शाक्यको दाबी

पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढने विश्वास व्यक्त गरिन्।

ओली शैलीमा पौडेलको बिदाई

नेकपा एमाले अध्यक्षका केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त भएपछि बालुवाटारबाट बालकोट जाँदाको झल्को दिनेगरी पौडेल घर पुगेका थिए। मुख्यमन्त्री निवासमा भेला भएका कार्यकर्ताले ‘डीएम बा आई लभ यू, डीएम सर उई लभ यू, हाम्रो नेता कस्तो होस् डीएम सर जस्तो होस्, पार्टी एकता जिन्दावाद, नेकपा एमाले जिन्दावाद’ लगायतका नारा लगाएका थिए।

साझाका पेट्रोल पम्पमा एभरेस्ट बैंकको क्युआर भुक्तानी सेवा

बैंकका बागमती प्रदेश प्रबन्धक सन्तोष भट्टराई र साझा सेवाका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।

बागमती प्रदेशका मुख्यमन्त्री पौडेल भक्तपुरमा

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेले प्रदेश सरकारले प्रदेशका सबै अस्पतालमा आवश्यकताअनुसार स्वास्थ्य सामग्री र आवश्यक सहयोग गर्दै आइरहेको बताएका छन्।

वैद्यको प्रदेश सभाको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैनः गगन थापा

वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएपछि नेता गापाले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाउँदै भने, 'नरोत्तम वैद्यको प्रदेश सभाको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन।'

बागमती प्रदेशसभाको बैठक आह्वान

बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा १८३ को उपधारा १ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा बागमती प्रदेशसभाको आठौं अधिवेशन यही जेठ १६ गते दिउँसो ३ बजेका लागि आह्वान गरेका छन्।

बागमती प्रदेश प्रहरी कार्यालयको भवन शिलान्यास

तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ कूल लागत ३२ करोड रुपैंया लागतमा भवन निर्माण हुने बताइएको छ। चलू आर्थिक वर्षको लागि मन्त्रालयबाट पाँच करोड निकासा भएकोमा टेण्डर प्रकृया सबै सम्पन्न गरी काम सुरु गरिएको हो।

बागमती प्रदेशको मन्त्रालयले बल्ल पायो मन्त्री

नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयमा बुधबार पद तथा गोपनियताको शपथ गराइएको छ। प्रदेश प्रमुख विष्णु प्रसाईले मन्त्रीहरूलाई र मुख्यमन्त्री डोरमणि पौडेलले राज्यमन्त्रीलाई सपथ ग्रहण गराएका हुन्।

किसुनजीको स्मृतिमा दौड

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको आयोजनामा चैत २२ गते प्रथम किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहने प्रतियोगिताका विजेता खेलाडीले नगद २५ हजार, दोस्रो हुने खेलाडीले १५ र तेस्रो स्थानको खेलाडीले जनही नगद १० हजार प्राप्त गर्नेछन्।

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सिफारिस

बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सिफारिस गरेको छ।

बागमती प्रदेशमा ५२८ जनाका लागि सरकारी जागिरको अवसर (विज्ञापनसहित)

प्रदेश लोकसेवा आयोगले प्राविधिकतर्फ २ सय ४७, अप्राविधिक समूहमा १ सय २८ र स्वास्थ्य सेवामा १ सय ५३ कर्मचारी माग गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्