२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

साझाका पेट्रोल पम्पमा एभरेस्ट बैंकको क्युआर भुक्तानी सेवा

एभरेस्ट बैंक लिमिटेडको क्युआर कोडबाट साझा सेवाले सञ्चालन गरेका पेट्रोल पम्पमा बिल भुक्तानी गर्न सकिने सेवा सुरु भएको छ। बैंकका बागमती प्रदेश प्रबन्धक सन्तोष भट्टराई र साझा सेवाका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।  

साझाका पेट्रोल पम्पबाट पेट्रोलियम पदार्थ किनेपछि एभरेस्टको क्युआर कोडबाट भुक्तानी गर्दा रियल टाइममा नै साझा सेवाको पुल्चोक शाखामा रकम जम्मा हुने व्यवस्था मिलाएको बैंकले जनाएको छ।

प्रकाशित: १ भाद्र २०७८ ०३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App