पत्रकारमाथि कहिलेसम्म प्रहार ?
पत्रकारलाई युट्युबे भन्दै गाली गरेर निष्पक्ष आवाज दबाउने छुट कसैलाई छैन। युट्युबमा कराएरै सांसद अनि मन्त्री बनेकाहरू पनि यहीं छन्। युट्युब नहुने हो भने कुनाकुनाका खबर वा बेथिति समाजसम्म पुर्याउन निकै सकस पथ्र्यो। आफूलाई चाहिँदा युट्युबे नभएर हुन्छ र? भन्ने अनि काम सकिएपछि फटाहा करार गर्ने दोहोरो भूमिका निर्वाह गर्ने चरित्र समाजका लागि साह्रै घातक छन्।