२ मंसिर २०८१ आइतबार
image/svg+xml

वर्षाले खेल प्रभावित हुँदा धनगढी डीपीएलबाट वाहिरियाे

धनगढी प्रिमियर लिग (डीपीएल) बाट धनगढी स्टार्स वाहिरिएको छ। शनिबार तय भएको महेन्द्रनगर युनाईटेड विरुद्धको खेल वर्षाले प्रभावित भएपछि धनगढी प्रतियोगिताबाट वाहिरिने पहिलो टोली बनेको हो। शनिबार खेल नभएपछि दुबै टोलीले एक एक अंक बाडेका थिए।

एक महिनादेखि नाग्म गमगढी सडक अवरुद्ध, आवत जावतमा समस्या

गएको पौष अन्तिम साताबाट लगातार भइरहेको हिमपात र वर्षाका कारण नाग्म–गमगढी सडक अवरुद्ध हुँदा मुगुदेखि सुर्खेत नेपालगञ्जका लागि आवत जावत गर्न समस्या भएको छ। लगातारको हिमपात र वर्षाका कारण सिंजा गोठिज्युला, भुलभुले, घुच्ची लेकमा भारी हिमपात भएपछि सडक अवरुद्ध भएको हो।

पश्चिमी वायुकाे प्रभाव : केही स्थानमा वर्षाकाे सम्भावना, शनिबार बेलुकादेखि माैसममा सुधार हुने

पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर मौसम बदली हुनाका साथै केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

पाैने पाँच कराेड  इँटा नोक्सान

वर्षाले धादिङ जिल्लामा करोडौं मूल्य बराबरको इँटामा क्षति पुगेको छ। एकसाता अघिदेखि परेको वर्षाले जिल्लाका विभिन्न ठाउँमा रहेका इँटा उद्योगमा चार करोड ८५ लाख ३० वटा भन्दा बढीको काँच्चो इँटामा क्षति पुगेको छ। वर्षाका कारण पोल्नका लागि तयारी अवस्थामा राखिएको इँटा काम नै नलाग्ने गरी बिग्रिएको छ। इँटा उद्योगबाट करीब २३ करोडको नोक्सान भएको धादिङ इट्टा व्यावसायी संघका अध्यक्ष एकराज गजुरेलले जानकारी दिए।

फेरि एकाएक मौसम बदली

लगातार तीन दिनदेखि भएको वर्षा र हिमपात रोकिएकोे भोलीपल्टै मौसममा फेरि एकाएक बदली भएको छ। आइतबार खुलेको मौसममा सोमबार पुन बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबा काठमाडौं उपत्यकासहित देशका विभिन्न भेगमा मौसम बदली हुनेछ।

माैसममा सुधार

मौसम पूर्वानुमान महाशाखाले हिमाली र पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेपनि बाँकी स्थानमा मौसम सफा रहने जानकारी दिएको छ।

वर्षाले इँटा उधाेगमा करोडौंको क्षति

बिहीबार रातीदेखि परेको वर्षाले करोडौं मूल्यको काँचो इँटा नष्ट भएको छ। एक महिनादेखि तयार पारेर भट्टामा पोल्न राखिएका काचो इँटा वर्षाले क्षति भएपछि भट्टा सञ्चालक चिन्तित बनेका छन्।

हुम्ला र डोल्पामा भएकाे हिमपातले जनजीवन कष्टकर, हवाई सेवा अवरुद्ध

हिमाली जिल्ला हुम्ला र डाेल्पामा पुनः हिमपात भएको छ। पश्चिमी वायुको प्रभावले जिल्लाका अधिकांश क्षेत्रमा वर्षासँगै भएको हिमपातले जनजीवन निकै कष्टकर बनाएकाे छ। हुम्लामा बुधबार दिउँसो ३ बजेदेखि निरन्तर हिमपात भएपछि जिल्लाको अधिकांश क्षेत्रमा अत्याधिक चिसो बढेको छ।

हिउँदे वर्षा औसतभन्दा बढी

यस वर्ष हिउँदे वर्षा औसतभन्दा बढी भएको छ। मौसम पूवार्नुमान महाशाखाले पश्चिमी वायुको कारण यस वर्ष हिउँदे वर्षा काठमाडौंलगायत अधिकांश ठाउँमा अघिल्ला केही वर्षभन्दा बढी भएको जनाएको छ।

पश्चिमी वायुकाे प्रभाव : शनिबारसम्म बदली र वर्षा हुने

पश्चिमी वायुको प्रभावले विहिबार देशैभर बदली र वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौँमा १०.६ मिलिमिटर वर्षा भएको छ।

आइतबारदेखि मौसममा सुधार हुने

पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली र वर्षासँगै उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हिउँदे वर्षा शनिबारसम्म

गत सोमबारदेखि सुरु भएको हिउँदे वर्षाको प्रभाव शनिबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार एक दिन भने मौसम सामान्यतः सफा रहनेछ। बुधबार हिउँदे वर्षाको प्रभाव काठमाडौंलगायत देशभर परेको छ। बुधबार दिनभर काठमाडौंमा भएको वर्षाका कारण जनजीवन प्रभावित भएको छ। काठमाडौं उपत्यकाको उच्च स्थानमा हिमपात भएको छ भने अन्य क्षेत्रमा तापक्रम घटेको छ।

देशका अधिकांश स्थानमा वर्षा र हिमपात

पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको छ। पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट अस्तिदेखि सुरु भएको वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको मौसमविद् समीर श्रेष्ठले बताए।

पश्चिमि क्षेत्रमा वर्षाकाे सम्भावना

जल तथा मौसम विज्ञान विभागले सोमबार पश्चिमका केहि स्थानमा बदली भई केहि स्थानमा हल्का वर्षा हुन सक्ने बताएको छ। यस्तै पश्चिमि र मध्यका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ।

रियल गोपीसँग रिल ‘गोपी’को भेट

नायक विपिन कार्की आफ्नो नयाँ फिल्म ‘गोपी’को प्रचारप्रसारमा जुटेका छन् । फिल्ममा उनी गाईपालक कृषकको भुमिकामा देखिएका छन् । फिल्ममा आफ्नो चरित्रलाई न्याय दिनका लागि उनले धेरै गाईपालक किसान भेटे र गाईफार्मको पनि अवलोकन गरेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्