अविरल वर्षापछि भक्तपुरमा त्रास
अविरल वर्षापछि भक्तपुरबासीमा त्रास छाएको छ। विशेषगरी हनुमन्ते खोला आसपासबासीमा चिन्ता छाएको हो। प्रत्येक वर्षको वर्षामा हनुमन्ते आसपासका सयौं घर डुवानमा पर्ने गर्दै आएपछि यो वर्ष पनि खोला आसपासका बासिन्दा डरमा बस्न थालेका छन्।