१० मंसिर २०८१ सोमबार
image/svg+xml

इन्जिनियर कुट्ने वडाध्यक्ष पक्राउ

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नं. ८ का वडाध्यक्ष मानबहादुर चदारालाई प्रहरीले नियन्त्रणमा लिएको छ। केही दिनअघि नगरपालिकामा कार्यरत इन्जिनियर ठगेन्द्र चन्दलाई कुटपिट गरेपछि जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट उनलाई प्रहरीले प्रक्राउ गरेको हो।

अपहरित विदेशी भारतीय इन्जिनियर भएको खूलासा

अफगानिस्तानको उत्तरी राज्य बाघलान प्रान्तको राजधानी पुल–ए–खुमरीमा आइतबार शसस्त्र समूहका भनिएका केही अज्ञात व्यक्तिले अपहरण गरेका छ जना भारतीय इन्जिनियर भएको अफगानी अधिकारीले बताएका छन्।

इन्जिनियरिङ ल्याबबाट भ्रष्ट खोज्ने अख्तियारको तयारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार निर्माणमा भएको अनियमितताबारे इन्जिनियरिङ प्रयोगशालाबाट अध्ययन सुरु गरेको छ।

घुस लिने सबइन्जिनियरलाई ६ वर्ष कैद

विशेष अदालतले महोत्तरी गौशाला नगरपालिकामा भवन निर्माणको क्रममा घुस लिने सबइन्जिनियर शत्रुघ्नकुमार साह कानुलाई साढे चार लाख रुपैयाँ जरिवाना सहित ६ वर्ष कैद सजाय सुनाएको छ।

दलित डाक्टर र इन्जिनियर : कागलाई बेल

सरकारले शिक्षा विभागमार्फत उच्च माध्यमिक तह(हाल मावि)सम्म २१ प्रकारका छात्रवृत्ति दिँदै आएका छन् तर यसबारे लक्षित समुदायलाई पर्याप्त जानकारी दिइएको छैन। यस्ता छात्रवृत्तिमा दलितभित्र पनि पीँधमा पारिएका मधेसी दलित पहुँच पुग्न सकेको देखिएन।

इन्जिनियर नआउँदा सिटामोल उत्पादनमा ढिलाइ

भारतबाट मेसिन जडान गर्ने इन्जिनियर नआउँदा सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडको सिटामोल उत्पादनमा ढिलाइ भएको छ । कम्पनीले माघभित्रै सिटामोल उत्पादन गर्ने लक्ष्य राखेको थियो ।

इन्जिनियरिङ्गका विद्यार्थीले ल्याए स्मार्ट सिटिको अवधारणा

२१ औं शताब्दी । विज्ञान तथा प्रविधिको युग । यस्तो अवस्थामा नेपालको शहरहरु पनि स्मार्ट बन्नु पर्ने अवधारणा इन्जिनियरिङ्गका विद्यार्थीहरुले ल्याएका छन् ।पुल्चोक इन्जियिनरिङ्ग कलेजमा इन्जियिनरिङ्गका विद्यार्थीहरुले अबको शहर पुर्ण प्रविधिमैत्रि हुनु पर्ने अवधारणासहिको प्रस्तुति गरेर सबैलाई चकित पारेका छन्।

बृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी

‘समृद्ध राष्ट्रको पहिचान, आधुनिक भौतिक निर्र्माण’ नारासाथ सुरु भएको तीनदिने नवौं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ ।कार्यक्रम सिभिल इन्जिनियर विद्यार्थी समाज नेपाल, सिभिल इन्जिनियरिङ केन्द्रीय क्याम्पस पुल्चोकको आयोजनामा प्रदर्शनी भएको थियो ।

पाँच लाख बोकेर आएका इन्जिनियर गायब

रसुवामा निजी आवास निर्माणका लागि जिल्ला आएको टे«निङ सेन्टर नेपालका एक इन्जिनियर ४ लाख ९५ हजार रकम बोकेर गायब भएका छन्। संस्थाले दिएको जानकारी अनुसार जिल्लाको धुन्चेस्थित नागुङ र ठाडेमा कामदारका लागि दिन पठाएको पैसा लिएर रितेश कुमार यादब हिजोदेखि फरार भएका हुन्।

घुससहित काठमाडौं महानगरका इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकामा कार्यरत इन्जिनियर सुशील चापागाईंलाई दश हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको छ। भवन निर्माण सम्पन्नताको प्रमाणपत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।

घूसको रकमसहित इन्जिनियर यादव पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज साँझ सिरहाको लहानबाट घूस लिएको आरोपमा जिल्ला प्राविधिक कार्यालय, सिरहाका इन्जिनियर रामबहादुर यादवलाई पक्राउ गरेको छ।

इन्जिनियरिङ विद्यार्थीले गरे कलेज तोडफोड

पाल्पा इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले कलेज तोडफोड गरेका छन्। उनीहरुले आफुहरुको माग पुरा नभएको भन्दै टायर बालेर प्रदर्शन गर्नुका साथै कम्प्यूटर ल्याव र कलेजका भवनमा तोडफोड गरेका हुन्। विद्यार्थीहरुले कलेजका झ्यालढोला, डेक्सबेन्च, कम्प्यूटर तथा भवनको भित्ताहरु फुटाएका छन्।

५० हजार घुस लिँदा इन्जिनियर पक्राउ

५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले एक इन्जिनियरलाई बुधबार पक्राउ गरेको छ। सिंचाई विकास डिभिजन कार्यालयमा कार्यरत इन्जिनियर गोबिन्द भूर्तेललाई पक्राउ गरेको अख्तियारले जनाएको छ।

भूकम्प प्रभावित प्रत्येक वडामा इन्जिनियर खटाइने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अतिप्रभावित १४ जिल्लाका प्रत्येक वडामा इन्जिनियर खटाउने तयारी गरेको छ।  प्राविधिक जनशक्ति अभावका कारण निजी अवास पुनर्निर्माण सुरु गर्न नसकेका पीडितलाई सहयोग पुर्‍याउन प्राधिकरणले यस्तो तयारी गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसालले प्राविधिक अभावले पुनर्निर्माण कार्य प्रभावित हुन नदिन प्रत्येक वडामा एक इन्जिनियर अनिवार्य खटाउन लागिएको जानकारी दिए । बुधबार प्राधिकरणका कार्यकारी समिति बैठकले पनि सो निर्णय पारित गरेको छ ।

इन्जिनियरिङमा चाहियो एक गोविन्द केसी

सन् १९९५ सम्म नेपालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पसमा मात्रै सीमित विषयमा इन्जिनियरिङको पढाइ हुँदै आइरहेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्