१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

पाँच लाख बोकेर आएका इन्जिनियर गायब

रसुवा – रसुवामा निजी आवास निर्माणका लागि जिल्ला आएको टे«निङ सेन्टर नेपालका एक इन्जिनियर ४ लाख ९५ हजार रकम बोकेर गायब भएका छन्। संस्थाले दिएको जानकारी अनुसार जिल्लाको धुन्चेस्थित नागुङ र ठाडेमा कामदारका लागि दिन पठाएको पैसा लिएर रितेश कुमार यादब हिजोदेखि फरार भएका हुन्।

संस्थाले उपलब्ध गराएको बा ७७ प ७५८० नम्बरको मोटरसाइकल छाडेर रकम लिएर भागेपछि स्थानीयले मोटरसाइकल नियन्त्रणमा लिएका छन्। संस्थाले दिएको जानकारी अनुसार इन्जिनियरले फोन उठाएका छैनन्, चिन्ता नगर्नु भनेर म्यासेज गरेका छन्। जिल्लामा कार्यालय स्थापना नगरी धमाधम घर निर्माण गरिरहेको संस्थाले इन्जिनियरले रकम लिएर भागेपछि काम गर्न आएको भन्ने तथ्य बाहिर आएको हो।

जिल्लाको तीन ओटा स्थानीय तहमा ४० वटा निजी आवास निर्माण गरिरहेको जनाएको छ। जिल्लाको धुन्चे, स्याफ्रु, धैबुङ, ठुलोगाउँ र राम्चेमा नौ नौ वटा निजी आवास निर्माण गरिरहेको संस्थाले जनाएको छ। तीन महिना अगाडी जिल्ला आएको संस्थामा तीन जना कार्यरत छन्।

जिल्लाको कुनै पनि सरकारी निकायसँग समन्वय नगरी आवास निर्माण गरिहेको संस्थाले आगामी तीन महिनामा घर निर्माण गरिसक्ने लक्ष्य राखेको छ।

प्रकाशित: १६ माघ २०७४ १०:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App