१० मंसिर २०८१ सोमबार
image/svg+xml

कांग्रेसको अवरोधबारे निधार खुम्च्याएर सोचौं : नेम्वाङ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवाष नेम्वाङले संसदको कार्यसूचि विपरित गएर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिएको बताएका छन्।

संसद अवरोध पछि देउवाको प्रतिक्रिया : प्रधानमन्त्रीलाई सुनाउनु थियो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेर बहादुर देउवाले संसदमा सधै विपक्षीलाई प्राथमिकता दिनुपर्ने बताउका छन्।

दिल्ली विमानस्थलले भन्यो-'नेपालीलाई अवरोध गरिने छैन'

शुक्रबार स्वदेश फर्किन तरखर गरेका ११ नेपालीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले उड्न रोक लगाएपछि यसको सबैतिर चर्चाा सुरू भएको छ।

जथाभावी उत्खननमा स्थानीयको अवरोध

बस्तीलाई नै असुरक्षित हुने ठाउँमा बुटवल उपमहानगरले नदीजन्य पर्दाथ उत्खनन गर्न दिएको भन्दै स्थानीयले अवरोध गरेका छन्। बुटवल मोतीपुर रानीगञ्जका बस्तीलाई जोखिममा पार्ने गरि तिनाउ नदीमा उत्खनन गरिएपछि स्थानीयले विरोध गरेका हुन्।

धरहरा पुनर्निर्माणको काम अवरुद्ध

स्थानीयवासीको अवरोधका कारण धरहरा पुनर्निर्माणको काम अवरुद्ध भएको छ। स्थानीयले पैदलमार्ग खुलाउनुपर्ने माग राख्दै आएका छन्।

प्रधानमन्त्रीले संसदमा आक्रोस, कुन्ठा र निम्छरो अभिव्यक्तिलाई वास्ता गर्दिन भनेपछि...

प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति पछि प्रतिपक्षी सांसदहरुले त्यसको विरोध गरेका छन्। नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आक्रोस, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका छन्।

प्रदेशलाई संघीय सरकारकै अवरोध : मुख्यमन्त्री पौडेल

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीय सरकारले प्रदेश सरकारलाई हेर्ने दृष्टीकोणमा परिवर्तन आएमात्र विकास निर्माणले तिव्रता पाउने बताएका छन्। संघीय संसदको अर्थ समितिद्वारा आईतबार हेटौंडामा आयोजित आगामी आर्थिक बर्ष २०७६÷७७ को पूर्ब बजेट छलफल कार्यक्रममा बोल्दै उनले नीति स्पष्ट नहुँदा प्रदेशलाई काम गर्न निक्कै समस्या भएको जिकिर गरे।

संसदमा राजपाको अवरोध, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसद बैठकमा अवरोध गरेको छ। सोमवार दिउँसो २ बजेपछि बसेको बैठकमा गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाका सांसदले अवरोध गरेका हुन्।

संसदमा राजपाको अवरोध, १० मिनेटका लागि बैठक स्थगित

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अवरोधले संसद बैठक १० मिनेटका लागि स्थगित भएको छ। गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाका सांसदले बैठकमा उभिएर अवरोध गरेपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि स्थगित गरेका हुन्।

संसदमा राजपाको अवरोध, १० मिनेटका लागि बैठक स्थगित

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अवरोधले संसद बैठक १० मिनेटका लागि स्थगित भएको छ। लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले बुधवार दिउँसो १२ बजे बसेको बैठकमा अवरोध गरेको हो।

कांग्रेसले संसदमा अवरोध जारी राख्ने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा अवरोध कायमै राख्ने संकेत गरेको छ। कार्यव्यवस्था समितिको बुधबारको बैठकमा सत्तारुढ दल र सभामुख कृष्णबहादुर महरा विगतका गल्ती र कमजोरी सच्याउन तयार नभएको आरोप लगाउँदै अवरोध जारी राख्ने तयारी गरेको हो।

संसदमा कांग्रेसको अवरोध, बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधले प्रनितिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। आफ्ना नेताको नाममा खोलिएको अस्पताललाई वर्तमान सरकारले वेवास्ता गरेको भन्दै कांग्रेसले आजको बैठकमा पनि अवरोध ग-यो। दिउँसो ३ बजे बसेको बैठकमा कांग्रेस नेता प्रकाशमान सिंह बोलेका थिए। उनले अस्पतालको नाम हटाएकोमा आपत्ति जनाउँदै यसबारे सरकारले सच्याएर स्पष्ट जानकारी नदिएसम्म अवरोध कायमै रहने घोषणा गरे। त्यसलगत्तै कांग्रेस सांसद उठेर सभामुखको रोष्टम घेराउ गरेका थिए।

दुधकोसी जलबिद्युत आयोजनाको अवरोध हट्यो

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका स्थानीयले दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाको काममा गरेको अवरोध हटाएको छ। धितुङका स्थानीय र दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाबीचमा सोमबार तीन बुँदे सहमती भएपछि दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाको काममा स्थानीयको अवरोध हटेको हो।

चरिकोट–खाडीचौर सडकमा ‘बेस’ बिछ्याउने काम रोकियो

दोलखालाई राजधानीसँग जोड्ने प्रमुख मार्ग चरिकोट–खाडीचौर सडक विस्तार कार्यको पहिलो खण्डमा ‘बेस’ बिछ्याउने काम रोकिएको छ। दुईवटा खण्डमा तीन वर्षदेखि चलिरहेको ५५ किलोमिटर सडक क्षेत्र विस्तार कार्यअन्तर्गत पहिलो प्याकेजको खाडीचउरदेखि मुडेसम्मको क्षेत्रमा दुई सातादेखि बेस बिछ्याउने काम रोकिएको हो।

भारतीय अवरोधले ठुटेखोला पुल प्रयोगविहीन

भारतीयको अवरोध र दबाबका कारण पर्साको ठोरीस्थित ठुटेखोला पुल प्रयोगमा आउन सकेको छैन । पूर्वतर्फको बाटोमा रहेका दुई नहर भारतीयले पुर्न नदिएपछि पुल र बाटो जोडिन नपाउँदा प्रयोगविहीन बनेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्