१९ आश्विन २०८१ शनिबार
image/svg+xml

क्यान्सरको नालीबेली

एक समय धनीमानीलार्इ लाग्ने राेग भनी कुख्याति कमाएकाे क्यान्सर राेग अहिले विपन्न बस्तीमा पनि अड्डा जमाउन थालेकाे छ । अाखिर क्यान्सर के हाे ? किन लाग्छ? सर्वसाधारणकाे घरपरिवारमा यसले कस्ताे असर पुर्याइरहेकाे छ ? यसलार्इ लाग्नुअघि नै गर्न सकिने निदान छन्? प्रविधिगत रूपमा नेपालमा क्यान्सर अस्पताल कति सुविधासम्पन्न छन् ?

खाना र क्यान्सर

भयावह ठानिने क्यान्सर रोगीहरु भाग्यलाई दोसी ठान्छन् । चिकित्सकहरुका अनुसार क्यान्सरसँग भाग्य भन्दा मानिसको जीवनशैली र व्यवहारको प्रत्यक्ष सम्बन्ध छ तर क्यान्सरका अधिकांश क्यान्सरका कारणबारे मानिस सचेत भएमा रोक्न सकिन्छ । विश्व क्यान्सर अनुसन्धान कोष नामक संस्था गरेको अध्ययनले दैनिक खाद्य परिकार राम्रोसँग निरीक्षण र परीक्षण गरेर मात्रै खाने गरेमा क्यान्सरको जोखिमलाई ३० देखि ४० प्रतिशतसम्म कम गर्न सकिन्छ । छानेर स्वास्थ एवं सन्तुलित भोजन खाने, शारीरिक व्यायाम गर्ने र धुम्रपानमुक्त भएमा ६० देखि ७० प्रतिशतसम्म क्यान्सरको खतरा घटाउन सकिन्छ ।

सहज र सुलभ बनाऊँ क्यान्सर उपचार

नेपालमा सहरहरू थपिँदैछन्, सहरीया जीवनशैलीले आकार लिँदैछ र स्वास्थ्य सेवामा आएका सकारात्मक परिवर्तनहरूका कारण मानिसको आयु पनि बढ्दै गएको छ । सहर बजार बढ्दै जानु भनेको भौतिक पूर्वाधारको विकास हुनु, उद्यम तथा व्यापार बढ्नु हो । सहर बजारमा शिक्षा, स्वास्थ्य सेवाका अवसरहरू हुने भएकाले त्यहाँ बस्नेहरूको संख्या बढ्दै जान्छ । सहरिया बढ्दै जानु र नागरिक धेरै वर्षसम्म जीवित रहनु राम्रो पक्ष हो तर यसको अर्को पाटो पनि छ । त्यो हो, सहरिया जीवन शैली, मुटुरोग, क्यान्सरजस्ता रोगहरूको खानी हो भने बुढ्यौलीसँगै यी रोगको खतरा पनि बढ्दै जान्छ ।

यसरी बचाैँ स्तन क्यान्सरबाट

स्तन क्यान्सर प्रायः उमेर ढल्किसकेका, अनुवांशिक खराबी भएका, सन्तान नपाएका, ढिलो सन्तान जन्माउने (३५ वर्षपछि), कम उमेरमै महिनावारी सुरु भएका (१२ वर्षअघि), ढिलो महिनावारी सुकेका (५५ वर्षपछि), ज्यादै मोटी, इस्द्रोजन सेवन गर्ने, अत्यधिक मद्यपान र धूमपान गर्ने तथा गोरा महिलामा पाइने गरेको छ ।

क्यान्सर पीडित भन्छिन्, ‘मलाई बाँच्ने रहर छ’

घरपरिवारको लागि केही गर्ने अठोट लिएर धरान माइती घर भएकी ३० वर्षीय कल्पना राई जोर्डन पुगेको ५ महिना मात्र भएको थियो । पहिला अप्रेशन गरेर फालेको कोठी पुनः दाहिने हातमा पलायो । त्यसलाई पनि उनले त्यही अप्रेशन गरेर फालिन्।

‘क्यान्सर मृत्युको पर्यावाची होइन’

क्यान्सर रोगको नाम सुनेपछि धेरै झसंग हुन्छन् । कोही व्यक्तिलाई क्यान्सर लागेको छ भनेर चिकित्सकले भनेमा उसले सोच्छ अब मेरो मृत्युको दिन नजिक आयो । परिवार र समाजका अन्य व्यक्तिले पनि यही ठान्छन् । गत असारदेखि क्यान्सरको उपचार गराइरहेकी भरतपुर–१२ की ४३ वर्षीया सीता श्रेष्ठको मनमा पनि यस्तै कुरा खेलिरहन्थ्यो ।

एक दशकमा चार हजार सात सयलाई स्तन क्यान्सर

भरतपुरको क्यान्सर अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुशन्धान विभागले सन् २००३ देखि सन् २०१२ सम्म निकालेको तथ्याङ्क अनुसार देशभरका विभिन्न सातवटा अस्पतालमा यो अवधिमा क्यान्सर लागेर उपचारका लागि आउने विरामीको संख्या चार हजार ७२९ रहेको छ ।

उपचारले निको भएका महिलाको आग्रह : क्यान्सरलाई मृत्युको पर्याबाची नबनाइयोस

क्यान्सर रोगको नाम सुनेपछि धेरै झसङ्ग हुन्छन्। कोही व्यक्तिलाई क्यान्सर लागेको छ भनेर चिकित्सकले भनेमा उसले सोच्छ अब मेरो मृत्युको दिन नजिक आयो। परिवार र समाजका अन्य व्यक्तिले पनि यही ठान्छन् । गएको असारदेखि क्यान्सरको उपचार गराइरहेकी भरतपुर–१२ की ४३ वर्षीया सीता श्रेष्ठको मनमा पनि यस्तै कुरा खेली रहन्थ्यो।

विस्तारित सेवा सुरु गर्न आलटाल गर्दै क्यान्सर अस्पताल

भरतपुर क्यान्सर अस्पतालका चिकित्सक सो अस्पतालको समय बाहेक भरतपुरका चौबिस कोठी क्षेत्रका निजी अस्पतालमा सेवा दिन जान्छन् । ती अस्पतालमा क्यान्सर अस्पतालका चिकित्सकहरूको लगानी पनि रहने गरेको छ ।

एयर फ्रान्सको विमान क्यानडामा आकस्मिक अवतरण

फ्रान्सको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी – एअर फ्रान्सको एक जेट विमान क्यानाडाको एक विमानस्थलमा आकस्मिक अवतरण गरेको क्यानाडाली टिभी प्रसारणले जनाएको छ।

क्यान्भास वाइन बजारमा

संकटा वाइन एन्ड वेभरेज प्रालिले क्यानभास वाइन सार्वजनिक गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ पत्रकार तथा लेखक किशोर नेपालले क्यानभास वाइन सार्वजनिक गरे।

भृकुटीमण्डपमा क्यान कमटेक सुरु

बिहीबारदेखि काठमाडौं भृकुटीमण्डपमा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी मेला ‘क्यान कमटेक २०१७’ सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको प्रदर्शनी असोज १ गतेसम्म चल्नेछ । सूचना, सञ्चार तथा प्रविधि क्षेत्रको व्यवसायिक विकास र प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्षजस्तै यसपालि पनि क्यान कमटेक हुन लागेको हो ।

क्यान्सरविरुद्ध अभियान चलाउन मःमः पसल

मःमः संसार रेस्टुराँ पुग्ने जो कोहीको नजर भित्तामा लेखिएका सन्देशमा जाने गरेको छ । ‘स्टप क्यान्सर’, ‘नो स्मोकिङ’, ‘धूमपानको कारण प्रत्येक दिन १५ हजार मानिसलाई मर्छन्’, ‘क्यान्सरको पीडा एक जनाले मात्र सामना गर्नुपरेको छैन त्यसैले सबै मिलेर क्यान्सर निर्मुल गरौं’लगायत सन्देश भित्तादेखि कम्पाउन्डसम्म लेखिएका छन् ।

क्यानका पूर्व अध्यक्ष शाहको निधन

नेपाल क्रिकेट संघ (क्यान)का  पूर्व अध्यक्ष जय कुमार नाथ शाहको ८९ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ।

क्यान्सर उपचारका लागि डिएनए

बेलायतका प्रमुख मेडिकल अधिकारी प्राध्यापक डेम स्याली डेभिसले आफ्नो वार्षिक रिपोर्टमा क्यान्सरको उम्दा उपचारका लागि रोगीहरुले नियमित रुपमा डिएनए टेस्ट गराउनु आवश्यक रहेको बताएकी छन् । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)मा क्यान्सरका रोगीसमेत ३१ हजार रोगीहरुले आफ्नो डिएनए प्रोफाइलिङ गराएका छन् । ब्लड टेस्ट र बायोप्सीजस्तै सम्पूर्ण जिनोम स्क्रिनिङ (डब्ल्युजिएस)लाई मानक जाँचको अंश बनाउनुपर्ने डेम स्यालीको धारणा छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्