विशेष महाधिवेशनमा अनिवार्य सहभागिता जनाउन बाँके कांग्रेसको आह्वान
अपीलमा पार्टीको इतिहासमा यो समय अत्यन्तै महत्वपूर्ण मोडको रूपमा रहेको उल्लेख गर्दै वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र र देशका समसामयिक राजनीतिक चुनौतीबारे गम्भीर निर्णय लिन यो विशेष महाधिवेशन आवश्यक रहेको दाबी गरिएको छ ।

