२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

नैनसिंह महर सहित नेविसंघका नेताहरु पक्राउ

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको छ। मंगलबार नेविसंघ अध्यक्ष महर सहित आधा दर्जन नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेका नेविसंघका महामन्त्री कुन्दराज काफ्लेले नागरिक अनलाइनलाई बताए।

जन्मदिनमा दलित विद्यार्थीलाई शैक्षिक सामग्री

सर्लाही हरिपुरका एक युवकले आफ्नो जन्मदिनको उपलक्ष्यमा स्थानीय विद्यालयमा पढ्ने दलित बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका छन्।

विद्यार्थी पक्राउ गरिएकोप्रति अमेरिकासँग भारत आक्रोशित

नक्कली विश्वविद्यालयमा भर्ना भएको भन्दै संयुक्त राज्य अमेरिकामा आफ्ना १२९ विद्यार्थी पक्राउ परेपछि भारतले कूटनीतिक विरोध जनाएको छ। अवैध आप्रवासनलाई लक्षित गर्दै अमेरिकी अधिकारीहरुले एउटा नक्कली विश्वविद्यालय खडा गरेका थिए। सोही विश्वविद्यायमा भर्ना हुन आएका १२९ भारतीय विद्यार्थी समातिएपछि भारतले कूटनीतिक विरोध जनाएको हो।

गण्डकी मेडिकल कलेजमा मनपरी शुल्क

गण्डकी मेडिकल कलेज (जिएमसी) का विद्यार्थी प्रशासनले अवैधानिक रुपमा मनपरी शुल्क लिएको भन्दै आन्दोलनमा उत्रिएका छन्। प्रशासनले अवैध रुपमा लिएको शुल्क फिर्ता लिनुपर्ने मागसहित उनीहरु केही दिनयता निरन्तर धर्ना र प्रदर्शनमा उत्रिएका छन्। आइतबार उनीहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन्।

रित्तिँदै रोल्पाका विद्यालय

रोल्पाको प्रवेशद्वार खुंग्रीमा रहेको चर्तुभुज प्राविमा अहिले जम्मा १० विद्यार्थी पढ्छन्। कक्षा १ मा तीन, २ मा चार र कक्षा ३ मा तीन विद्यार्थी छन्। यी विद्यार्थी पनि सबै नियमित स्कुल आउँदैनन्। कहिलेकाहीं त दुई÷तीन जना मात्र हुन्छन्।

स्ववियु निर्वाचन मिति चाँडै तोकिने

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चाँडै तोक्ने तयारी थालेको छ। त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले स्ववियु निर्वाचनको मिति चाँडै तोक्नेबारे छलफल भइरहेको जानकारी गराए। केही सञ्चारमाध्यमले स्ववियु निर्वाचन मिति फागुन १४ गते भनेर प्रकाशित गरेकोप्रति आपत्ति जनाउँदै निर्वाचनको मिति अझै नतोकिएको उनले स्पष्ट पारे। ‘हामीले साधारणतया फागुन १४ गते निर्वाचन गर्ने तयारी गरेका हौं,’ उनले भने, ‘चाँडै त्रिवि कार्यकारी परिषद्को बैठकले मिति तोक्नेछ।’

सरकारी गाडीमा आगजनी, नेविसंघका ६ नेता पक्राउ

नेपाल विद्यार्थी संघले कास्कीको पोखरामा सरकारी गाडी जलाएको छ। नेविसंघ कार्यकर्ताले पोखराको मासबारस्थित घरेलु कार्यालय अगाडि शनिवार बिहान शिक्षा विकास तथा समन्वय इकाइ कास्कीको भ्यान जलाएका हुन्। शनिवारको दिन पनि सरकारी गाडी चलाएर सरकारी सेवा सुबिधाको दुरुपयोग गरेको भन्दै गाडी जलाइएको संघका नेता अनुराग शाहले जानकारी दिए।

किताब बोक्ने काँधमा दाउराको भारी

तल बजारमा रहेको सुर्योदय माविमा पढाई चल्दै थियो। सँगैका साथि कक्षा कोठामा पढ्दै थिए। तर अभावमा जीवन चलाउने केही विद्यार्थीहरु भने डोकोमा दाउरा बोकेर उकालो चढ्दै थिए।

प्रधानमन्त्रीको पुत्ला दहन, नेविसंघका सह महामन्त्रीसहित ८ जना पक्राउ

नेपाल विद्यार्थी संघले सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ। संघका कार्यकर्ताले प्रशासन चोकमा साँझ सवा ५ बजेतिर ओलीको पुत्ला दहन गरेका हुन। दुई तिहाईको दम्भ देखाउँदै वर्तमान सरकारले विपक्षी पार्टीहरुलाई पाखा लगाउँदै मनोमानी ढंगले काम गरेको भन्दै उनीहरुले त्यहाँ विरोध प्रदर्शन समेत गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओली र सरकारबिरुद्ध चर्काे नाराबाजी समेत गरिएको थियो।

प्रधानमन्त्रीको पुत्ला दहनमा प्रहरी हस्तक्षेप, २ विद्यार्थी घाइते

नेपाल विद्यार्थी संघ पर्साले शुक्रबार साँझ वीरगन्जमा गरेको विरोध प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गर्दा दुई विद्यार्थी नेता घाइते भएका छन्। प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाउने क्रममा विद्यार्थी र प्रहरीबीच भएको झडपमा विद्यार्थी नेता विकेश पटेल र रन्जन चौरसिया घाइते भएका हुन।

मुख्यमन्त्रीको गाडीमा ‘माफिया सरकार’ लेखेको आरोपमा १३ विद्यार्थी पक्राउ

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गाडीमा ‘माफिया सरकार’ लेखेको आरोपमा प्रहरीले नेपाल विद्यार्थी संघका १३ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ।

घरछेउकै स्कुल जाँदैनन् विद्यार्थी

रोल्पा नगरपालिका माडीचौर पहाडको ठाउँ भए पनि समथर छ। बाक्लो बस्ती रहेको यो गाउँ सदरमुकाम लिवाङपछिको सुगम गाउँ मानिन्छ। माडीचौरमै जन्मे हुर्केका वर्षमान पुन अहिले ऊर्जामन्त्री छन् भने उनकी पत्नी ओनसरी घर्ती पटक पटकका सरकारमा मन्त्री र एक कार्यकाल सभामुख पनि बनिन्।

यसरी पो हुन्छ कि मातृभूमिको सम्मान ?

विश्वभरका मानिसको सपना थलो– अमेरिका। डाक्टर, प्राध्यापक,इन्जिनियर, होटल सञ्चालक धेरै पद र ओहोदामा देखिए नेपालीहरू। दाजु–भाइमात्र हैन, दिदी–बहिनी पनि डा. हेड नर्स,वैज्ञानिक आदि पदमा आसीन देख्दा खुसी चुलिनु स्वाभाविकै थियो। यात्राका क्रममाभेटिएका उर्मिला निर्दोषी, कमला न्यौपाने, डा. सविना, मिना भट्टाई, सुस्मिता अधिकारी, प्रतिमा आचार्य आदिको अवस्था र स्थिति सराहनीय लाग्यो।

राजधानीमै प्रधानमन्त्री ओलीको पुत्ला दहन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले कम्युनिष्ट सरकारविरुद्ध चर्को नाराबाजी गर्दै राजधानीमै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ।

शिक्षा ‘भर्सेस’ राजनीति

हाम्रा दलहरूको शिक्षा नीति अनि हाम्रो बुझाइलाई नै ‘रिसेट’ गर्ने बेला भएको छ। अहिलेको शिक्षा नीतिले विद्यार्थीलाई घरबाट स्कुलसम्म कसरी पुर्‍याउनमै सिमित छ। अब विद्यालय भित्र लगेर कसरी सक्षम बनाउने भन्ने नीति चाहिएको छ। हालसम्म, दलहरूले अनि शिक्षाविद्हरुले शिक्षामा भन्न बाँकी र लेख्न बाँकी केही छैन। अब गर्न बाँकी हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्