डोल्पा प्रिमियर लिग हुने
खेलकुद गतिविधि प्राय कमै हुने हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैमा नयाँ वर्षको अवसरमा डोल्पा प्रिमियर लिग हुने भएको छ।
खेलकुद गतिविधि प्राय कमै हुने हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैमा नयाँ वर्षको अवसरमा डोल्पा प्रिमियर लिग हुने भएको छ।
त्रिभुवन आर्मीकी गौरिका सिंहले सम्पन्न आठौं राष्ट्रिय खेलकुदको पौडीमा कुल ७ कीर्तिमानसहित १२ स्वर्ण जितेकी छन्।
कार्यवाहक राष्ट्रपति नन्दकिशोर पुनले आगामी नवौं राष्ट्रिय खेलकुद सञ्चालनका लागि गण्डकी प्रदेशलाई झन्डा हस्तान्तरण गरेसँगै आठौं राष्ट्रिय खेलकुद औपचारिक रूपमा समापन भएको छ।
३७ वर्षपछि पोखरामा फेरि राष्ट्रिय खेलकुद प्रतियोगिता फर्किने भएको छ। २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनापछि दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने अवसर साढे तीन दशकको समय पर धकेलियो। सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा धरानमै आठौं नेपालगन्ज र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना गर्ने सैद्धान्तिक सहमति गरिएको थियो।
प्रदेश–१ की अस्मिता राई र गण्डकी प्रदेशका नवीन रसाइली जारी आठौं राष्ट्रिय खेलकुदअन्तर्गत करातेमा प्रदेशको दबदबा कायमै राख्दा सोमबार स्वर्ण पदक जितेका छन्।
नेपाल पुलिस क्लबकी राजपुरा पछाई र त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको म्याराथनमा स्वर्ण जितेका छन्। बेलझुन्डी रंगशालामा सोमबार भएको अन्तिम दिन ४२ किलोमिटर दूरी आर्मीका कृष्णले २ घण्टा १७ मिनेट ३३ सेकेन्डमा र राजपुराले २ घण्टा ५९ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन्। पुरुषमै कर्णाली प्रदेशका दुर्गा बुढाले २ घण्टा १८ मिनेट ३९ सेकेन्ड समय लगाउँदा रजत पदकमै चित्त बुझाए। दुर्गाले योसहित एथ्लेटिक्समा एक स्वर्ण र समान दुई रजत जित्न सफल भए।
एथ्लेटिक्सका पार्की दाजुभाइ गोपीचन्द्र र शिवराजका लागि जारी आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्स निकै विशेष रह्यो। यी दाजुभाइसँगै एथ्लेटिक्सकै अर्का खेलाडीद्वय नीरप्रताप महतो र शीला चौधरी पनि आइतबार निकै हर्षित देखिएका थिए।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टोलीले वर्चस्व जमाएका छन्। भैरहवामा सम्पन्न समूह ‘ए’ तर्फ विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमिफाइनलमा पुगेका छन्।
दक्षिण एसियाली खेलकुदमा रजत पदक विजेता अनु अधिकारीलाई हराउँदै त्रिभुवन आर्मी क्लबकी मिस्ली श्रेष्ठले जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत करातेमा आइतबार स्वर्ण जितेकी छन्।
बेलझुन्डकी रंगशालामा जारी आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको २ सय मिटर दूरीमा प्रतिस्पर्धाका लागि निर्णायकले शनिबार धावक यमसाजन सुनारको नाम बोलाइराखे।
‘प्रदेश नम्बर ५ जिम्न्यास्टिक, चेस नम्बर ०३२’ लेखिएको जर्सी संघर्ष गुप्ताको हो। अहिले उनी १० वर्षका भए। आठौं राष्ट्रिय खेलकुदमा सहभागी ५ हजार २ सय ११ खेलाडीमध्ये सबैभन्दा कान्छा खेलाडी हुन् संघर्ष।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भैरहवामा जारी राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगिताको शनिबार सम्पन्न खेलबाट नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्।
त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरी र एपिएफ क्लबका आशिष चौधरीले जारी आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्समा दोस्रो स्वर्ण जितेका छन्।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङको प्रतिस्पर्धा शनिबारबाट सुरु हुदैछ। पहिलो दिन शुक्रबार अभ्यास खेल मात्र खेलाइएको थियो। सबै खेलाडीले शुक्रबार दुवै बिधामा एक एक राउन्ड अभ्यास गरेका छन्।
आठौ राष्ट्रिय खेलकुदको सुटिङ प्रतियोगिता शुक्रबार सुरु हुने तय थियो। प्रतियोगिता हुने स्थल नेपालगन्ज रंगशाला कभर्डहलसँगै जोडिएको सुटिङ रेन्ज हो। शुक्रबार देखि प्रतियोगिता हुने तय भएको सुटिङ रेन्जमा कुनै चलहपहल थिएन। रेन्ज परिसरमा पुग्दा आधा दर्जन अफिसियल कुर्सीमा बसेर कुराकानी गरिरहेका थिए।