२३ आश्विन २०८१ बुधबार
image/svg+xml

महिला फुटबलमा एपिएफको गोल वर्षा

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार महिला फुटबलमा एपिएफ र आर्मीले रबाफिलो जित हात पार्दा प्रदेश–२ ले पनि सुखद नतिजालाई दोस्रो दिन पनि निरन्तरता दिएको छ।

एपीएफ र प्रदेश १ विजयी

एपीएफ ७ विकेटले र १ नम्बर प्रदेश १० विकेटले विजयी भएको हो। सुदूरपश्चिम र एपीएफबीचको खेलमा सुदूरपश्चिमले ७१ रन जोड्न सफल भयो। ७२ रनको लक्ष्य पछ्याएको एपीएफले  १२.४ ओभरमा लक्ष्य पूरा ग-यो। यस्तै विहिवारको दोस्रो खेलमा प्रदेश २ लाई १० विकेटले हराउँदै प्रदेश १ विजयी भयो।

सुरु भएको आठ दिनपछि उद्घाटन

प्रदेश नम्बरको पाँचले आयोजनाको जिम्मा पाएको नेपाली खेलकुदको महाकुम्भ मेला आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन बिहीबार नेपालगन्ज रंगशालामा हुँदै छ।

पोसाक पाएनन् खेलाडीले

भारतीय सीमानजिकै रहेको महेन्द्र बहुमुखी क्याम्पसमा आठौं राष्ट्रिय खेलकुदको फुल कन्ट्याक कराते प्रतियोगिता भइरहेको छ। टेन्ट राखेर भइरहेको प्रतियोगिता व्यवस्थित गर्न केही खेलकर्मी हतारहतारमा काम गरिरहेका थिए। प्रतियोगितामा सहभागी खेलाडीदेखि व्यवस्थापनमा खटिएका पदाधिकारीको पोसाकमा एकरूपता थिएन।

भलिबलमा आर्मीका दुवै टोली विजयी

त्रिभुवन आर्मी क्लबले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत भलिबल प्रतियोगिताको पुरुष र महिला दुवैमा बुधबार जित हात पारेको छ। खजुरास्थित भलिबल एकेडेमीमा भएको पहिलो दिनको खेलमा आर्मीको पुरुष टोलीले प्रदेश–२ लाई र महिला टोलीले कर्णाली प्रदेशलाई हराउँदै विजयी सुरुआत गरेका हुन्।

के पाए खेलाडीले ?

वैशाखको रापिलो गर्मी मौसम साक्षी राख्दै नेपालगन्जले सन्देश दिनेछ खेलकुद मार्फत। खेलकुद सद्भाव, मित्रता, एकता र विकासको प्रतिक हो भनेर। आयोजकले अनुमान गरेको करिब १० हजार जनतामाझ एउटा गीत गुन्जनेछ, ‘आठौ राष्ट्रिय खेलकुद हाम्रै प्रदेशमा, पसिना र पौरख आफनै देशमा।’ रंगशालाको खेलमय गीतसँगै राष्ट्रिय खेलकुदको इतिहासमा अर्को पाना थपिनेछ आठौको।

ब्याडमिन्टनतर्फ दिदीभाइ दोस्रो चरणमा

दिदीभाइ नङ्सलदेवी तामाङ र रत्नजित तामाङ महिला तथा पुरुष एकलतर्फ आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४०औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

शसस्त्र प्रहरीले पायो ५ स्वर्ण

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको बुटवलमा चलेको लन टेनिस खेलमा शशस्त्र प्रहरी बलको एपीएफ क्लबले ५ स्वर्ण हात पारेको छ। एपीएफले महिला एकल, महिला युगल, पुरुष युगल, मिश्रित युगल र पुरुष टिम गरि ५ ईभेन्टमा स्वर्ण हात पारेको हो।

साइक्लिङमा आर्मी र प्रदेश ३ लाई स्वर्ण

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको साइक्लिङ विधामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र प्रदेश ३ ले स्वर्ण हात पारेका छन्। पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका ओकेशरत्न बज्राचार्य र महिलातर्फ प्रदेश ३ की लक्ष्मी मगरले स्वर्ण प्राप्त गरे।

आठौं राष्ट्रिय खेलकुद: लन टेनिसमा एपीएफलाई ५ स्वर्ण

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बुटवलमा चलेको लन टेनिस खेलमा शसस्त्र प्रहरी बलको एपीएफ क्लबले ५ स्वर्ण हात पारेको छ। एपीएफले महिला एकल, महिला युगल, पुरुष युगल, मिश्रित युगल र पुरुष टिम गरि ५ इभेन्टमा स्वर्ण हात पारेको हो।

प्राथमिक उपचारको पनि व्यवस्था छैन

जिल्लाको तीन ठाउँमा जारी आठौं राष्ट्रिय खेलकुदअन्तर्गतका खेलहरूको व्यवस्थापन पक्ष फितलो भएको छ । ग्रामीण क्षेत्रमा जारी कबड्डी प्रतिस्पर्धाको व्यवस्थापन फितलो भएको पाइएको हो । जिल्लाको बाँसगढी नगरपालिका–४ मगरपुरस्थित सामुदायिक वन फाँटमा निर्माणाधीन कभर्डहलमा आठौं राष्ट्रिय खेलकुदअन्तर्गत शनिबारदेखि कबड्डी प्रतिस्पर्धा जारी छ । शनिबार सुरु भएको उद्घाटन खेलमा विभागीय टोली पुलिसकी संगीता गौतम खुट्टामा चोट लागेर घाइते भइन् ।

जुडोमा मनितालाई स्वर्ण

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत जुडोको पहिलो दिन नेपाल पुलिसकी मनिता श्रेष्ठ प्रधानले स्वर्ण जितेकी छन् । महिला ५७ केजीमुनि फाइनलमा मनिताले प्रदेश–३ की कविता नेपालीलाई पराजित गरिन् ।

गर्मीमा आठौं राष्ट्रिय खेलकुद

नेपालगन्ज रंगशालामा चहलपहल ह्वात्तै बढेको छ। अझैं पनि निर्माण भैरहेको नेपालगन्ज रंगशाला हेर्न स्थानीयले चासो देखाइरहेका छन्। रंगशालामा खेलकर्मीको भिड बढ्दै छ। आठौं राष्ट्रिय खेलकुदको माहोलले नेपालगन्जलाई दिन प्रतिदिन व्यस्त बनाउँदै गएको छ।

आर्मी र एपिएफलाई एक–एक स्वर्ण

बुटवलमा जारी आठौं राष्ट्रिय प्रतियोगिताअन्तर्गतको लन टेनिसमा दुई स्वर्ण पदको टुङ्गो लागेको छ। देविनगरस्थित लनटेनिस कोर्टमा बिहीबार भएका टिम इभेन्टतर्फ त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले १/१ स्वर्ण हात पारेका छन्। टिम इभेन्टततर्फ महिलामा आर्मी र पुरुषमा एपिएफले स्वर्ण जितेका हुन्।

आठौं राष्ट्रिय खेलकुद : विभागीय टोलीकै वर्चश्व

आठौं राष्ट्रि खेलकुद प्रतियोगिताअन्तर्गत भएका खेलमा विभागीय टोलीको वर्चश्व देखिएका छ। प्रदेश ५ मा भइरहेका खेलममा विभागीय टोलीको वचश्वस देखिएको हो। प्रतियोगिताअन्तर्गत ४०औं राष्ट्रिय टेबलटेनिसको दोस्रो दिन प्रहरीले दुई स्वर्ण जितेको छ। प्रहरीले महिला टिम इभेन्ट र डबल्समा स्वर्ण हात पा¥यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्