२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

लनटेनिसका दुवै टोली सेमिफाइनलमा

दक्षिण एसियाली खेलकुदअन्तर्गत लन टेनिसमा नेपालका पुरुष र महिला टोली सेमिफाइनलमा पुगेका छन्। सातदोबाटोस्थित लन टेनिस कोर्टमा सोमबार भएको क्वार्टरफाइनलमा नेपालले बंगलादेशलाई हराउँदै पुरुषतर्फ सेमिफाइनल प्रवेश गरेको हो। नेपालले ३–० को सहज जित निकालेको हो। पुरुष सिंगल्समा नेपालका प्रणव खनालले मोहम्मद आलमगिरलाई ६–० र ६–१ मा हराए।

नेपालको दमदार सुरुआत,दुई दशकअघिको सफलता दोहोरिने अपेक्षा

सन् १९९९ मा नेपालमा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) अझै स्मरणीय बन्ने गर्छ। दुई दशक बितिसक्दा आठौं साफ अविस्मरणीय बन्नु स्वाभाविक पनि छ। त्यतिबेला नेपालले ३१ स्वर्ण, १० रजत र २४ कांस्य जितेको थियो, जुन सागमा नेपालले हात पारेको सर्वाधिक सफल नतिजा हो। त्यसै संस्करणदेखि सागमा डेब्यु गरेका मार्सल आट्र्सका दुई विधा तेक्वान्दो र कराँतेले सनसनीपूर्ण नतिजा दिएका थिए।

तस्बिरमा तेक्वान्दोमा नेपाललाई सात स्वर्ण

नेपालले घरेलु मैदानमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दोको पुम्से विधातर्फ कुल सात स्वर्ण जितेको छ।

दीपकलाई गर्वको अनुभूति

सन् १९९९ मा घरेलु मैदानमा सम्पन्न आठौं दक्षिण एसियाली खेलकुददेखि सहभागिता जनाउन थालेको तेक्वान्दोमा दीपकले त्यसै संस्करणदेखि एघौरौं संस्करणसम्म स्वर्ण पदक जितेका थिए।

सागको उल्लास

दक्षिण एसियाली खेलकुद (साग) को परिकल्पनाकार नेपालले तेस्रो पटक दक्षिण एसियाको ओलम्पिकको रूपमा परिचित सागको आयोजना गर्दैछ।

कमलले नेपालको झन्डा बोक्ने

लामो चर्चाका बीच नेपाल ओलम्पिक कमिटीले आइतबार उद्घाटन हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा झन्डा बोक्ने खेलाडीको टुंगो लगाएको छ।

बंगलादेश र पाकिस्तानबीच उद्घाटन खेल

७ स्वर्ण, ७ रजत र १४ कांस्य पदकका लागि सातै देशका ९४ जना महिला तथा पुरुष खेलाडी पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा उत्रिने कास्की जिल्ला ब्याडमिन्टन संघले जनाएको छ।

सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी श्रीलंका

नेपालले घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद(साग)को भलिबलमा शुक्रबार महिलातर्फ सेमिफाइनलमा स्थान बनाउँदा पुरुष टोली भने समूह चरणबाटै बाहिरिएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा पुरुषततर्फ शुक्रबार भारतसँगको पराजयसँगै नेपालले समूहका कुल दुई खेलमै हार बेहोर्दै लिग चरणबाटै यात्रा टुङ्गाउँदा महिला टोलीले सेमिफाइनलमा स्थान बनाएको छ।

सागको टिकट अनलाइनबाट

पुरुष फुटबलका लागि भिआइपी प्यारापिटतर्फ टिकट मूल्य नगद १ हजार र सामान्यतर्फ नगद ५ सय राखिएको छ। जुन समूहचरणको खेलका लागि मात्र लागू हुनेछ। सेमिफाइनल र फाइनल खेलका लागि भने भिआइपी प्याराफिटतर्फ टिकट मुल्य नगद २ हजार र सामान्यतर्फ नगद १ हजार तोकिएको छ।

उद्घाटन र समापनमा जोरबिजोर

आइतबार हुने उद्घाटन समारोह र २४ मा हुने समापन समारोहमा रंगशालामा भिभिआइपीको उपस्थिति हुने र उनीहरूको आगमनले यातायातको सहजतामा समस्या आउने भएकाले त्यसको सहजीकरणका लागि दुई दिन जोर–बिजोर प्रणाली लागू गरिने।

सागमा सवारी व्यवस्थापनः ठूला सवारी निषेधदेखि जोर विजोर प्रणालीसम्म

महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ औं दक्षिण एसियाली खेलकुदलाई लक्षित गर्दै ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विशेष तयारी थालेको छ।

खेलाडी र व्यवस्थापकका लागि ४ सय यातायात

अधिकांश खेलाडीहरूलाई ठमेल आसपासका होटलमा राखिएको, केहीलाई बुढानीलकण्ठ, गोदावरी, बौद्ध एरियाका होटलमा राखिएको र उनीहरूलाई यातायातको व्यस्थापन पनि सोहीअनुसार गरिएको छ।

तेक्वान्दोबाट धेरै आशा

छनोट चरण पार गरेर ओलम्पिक खेल्ने दुई खेलाडी तेक्वान्दोकै संगीना वैद्य र दीपक विष्ट हुन्। एसियाली खेलकुदमा पनि नेपालका तेक्वान्दो खेलाडीले सर्वाधिक सफल नतिजा दिलाएको इतिहास अझैं पनि ताजै छ। नेपालका लागि एसियाली खेलकुदमा व्यक्तिगत विधातर्पm एक मात्र रजत पदक जित्ने तेक्वान्दोकै सविता राजभण्डारी हुन्।

भलिबलबाट प्रतिस्पर्धा सुरु

२० वर्षपछि घरेलु मैदानमा हुन लागेको दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण औपचारिक रूपमा उद्घाटन आगामी आइतबार दशरथ रंगशालामा हुँदै छ।

सरकारद्वारा पुरस्कार वृद्धिको उधारो घोषणा

आसन्न दक्षिण एसियाली खेलकुदमा सहभागी भई राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई सरकारले यसअघि दिँदै आएको सेवासुविधालाई वृद्धि गरेर पुरस्कृत गर्ने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्