५ आश्विन २०८१ शनिबार
image/svg+xml

रोजगार हुनेलाई नै बेरोजगार तालिम

युवा स्वरोजगारका नाममा सरकारले अहिलेसम्म करिब ७ अर्ब रुपैयाँ खर्च गरिसकेको छ तर त्यसको परिणाम भने शून्य देखिएको छ।

स्थानीय सरकारले थाले युवा स्वरोजगार कार्यक्रम

युवा जनशक्ति विदेशिने क्रम दिनानुदिन बढ्न थालेपछि रोल्पाका स्थानीय सरकारले गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने भन्दै युवा स्वरोजगार कार्यक्रमको थालनी गरेका छन्।

कारागारमा स्वरोजगार कार्यक्रम चलाइने

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका ९ वटै कारागारमा स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरिने बताएका छन्।

सैलुनबाट स्वरोजगार

काम सानो वा ठूलो हुँदैन। कामलाई विभेद नगरे आफ्नै गाउँमा स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण बनेका छन् सोलुखुम्बु सोताङका नरेन्द्रबहादुर राई। सोताङ गाउँपालिका–३ सोताङ खहरेका ६३ वर्षीय राईले घरैमै सैलुन व्यवसाय सञ्चालन गरेर आम्दानी गरिरहेका छन्।

युवालाई गाउँमै स्वरोजगार

जुम्ला मालापानी गाउँका जीवनवहादुर वुढा गाउँमै व्यस्त छन्। घर वनाउने मिस्त्री उनले गाउँमै घरका झयाल ढोका वनाउनेदेखि सरकारी तथा गैरसरकारी कार्यालयबाट हुने भौतिक संरचना निर्माणका काममा निकै खटिएका हुन्छ। ‘मेहनत गर्न सके गाउँमै रोजगारी सृजना गर्न सकिन्छ’ उनले भने, ‘रोजगारी खोज्दै विदेशीनु भन्दा आफ्नै माटोमा मेहनत गरे सुखसँग बस्न सकिन्छ।’

स्वरोजगार बन्न सिलाइ कटाइ व्यसायमा महिला

खोटाङको लामीडाँडा गाउँपालिका–१ कुभिन्डेकी मेनुका भुजेलले भर्खरै दुई महिने सिलाइ कटाइ तालिम पूरा गरेकी छन् । गाउँमै स्वरोजगार बन्ने सपना बोकेर उनले सिलाइ कटाइ तालिम लिएकी हुन् । दौरा सुरुवाल, कुर्ता सुरुवाल, ब्लाउज, चौबन्दी, सर्ट, फ्रक, पेटिकोट लगायत सिलाउने सीप हासिल गरेकी मेनुका तालिमपछि गाउँमै टेलरिङ सेन्टर खोल्ने तरखरमा छिन् । गाउँमै नयाँ–नयाँ डिजाइनका कपडा सिलाउने व्यवसायको राम्रो सम्भावना देखेर सिलाइ कटाइ उद्यम रोजेको उनी बताउँछिन् । ‘गाउँमा अहिले सिलाइ कटाइको राम्रो बजार छ,’ मेनुकाले भनिन्, ‘राम्रो डिजाइनमा लुगा सिलाउन सके यसैबाट स्वरोजगार बन्न सकिने सम्भावना देखेर लागेको हुँ ।’

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई चेतावनीपत्र

युवा स्वरोजगार कोषको कर्जा लिएर भुक्तानी नगर्ने खोटाङका ११ ऋणीलाई अन्तिम चेतावनीपत्र पठाइएको छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समितिले कोषको कर्जा लिएर हालसम्म साँवा र ब्याज फिर्ता नगर्ने ऋणीलाई पत्र पठाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्