२६ आश्विन २०८१ शनिबार
image/svg+xml

ट्रम्पले नेपाल र भुटानलाई भारतकै अंग ठानेपछि...

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भूटानलाई भारतकै अंग ठान्ने गरेको अमेरिकी गुप्तचर अधिकारीले टाइम म्यागजिनलाई बताएका छन। ट्रम्पका सल्लाहकारले दक्षीण एसियाको बारेमा नक्सा देखाउंदै ब्रिफिङ् गर्दा ट्रम्पले नेपाल र भुटान भारतकै भाग हुन कि ? भन्दै प्रश्न गरेको अमेरिकी गुप्तचर अधिकारीले टाइमसंग खुलासा गरेका हुन् ।

बिहारमा रेल दुर्घटना, ६ काे मृत्यु, दर्जनाैँ घाइते

भारतको बिहारमा ठुलो रेल दुर्घटना भएको छ। आइतबार बिहान जोगबनीबाट आनन्द बिहार जाँदै गरेको सीमाञ्चल एक्सप्रेसको ११ कोचको रेल लिकबाट झरेर दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको हो।

भारतको मणिपुरबाट १ सय भन्दा बढी नेपाली महिलाको उद्धार

भारतको मणिपुरबाट १ सय ७ भन्दा बढी नेपाली महिलाको उद्धार गरिएको छ। मणिपुरको स्थानीय प्रहरीले म्यानमार लैजान लागिएका नेपाली महिलाको शुक्रबार उद्धार गरेको शनिबार जानकारी दिएको छ। माइती नेपालका प्रमुख विश्वराम खड्काले नागरिकसँगको कुराकानीमा भारतीय प्रहरीलाई माइती नेपालले यसबारे जानकारी गराएपछि उनीहरुलाई एनजिओहरुको सहयोगमा पक्राउ गरिएको बताए।

भारतीय कोठीबाट ५ नेपाली चेलीको उद्धार

भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीमा बेचिन पुगेका ५ नेपाली महिलाको समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको विशेष पहलमा उद्धार गरिएको छ। नेपालको सिन्धुपाल्चोक, नुवाकोटबाट दलालमार्फत बेचिएका सीता, गीता, कान्छी, साइली, कल्पना (नाम परिवर्तन) लाई भारतको आग्रा उत्तर प्रदेशको कासमीरी बजार अन्तर्गत प्रिया शर्माले सञ्चालन गरेको कोठी (वेश्यालय)बाट उद्धार गरिएको हो।

तीनपटक शिलान्यास भएको मेची पुलको बल्ल उद्घाटन

हरेक पटक राजनीति गर्ने अस्त्र मानिएको मेची पुलको कथा अब सकिएको छ। तीन पटक सम्म शिलान्यस भएको यो पुल प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो। पूर्वी नेपाललाई भारतसँग जोड्नका लागि राजमार्गबाहेक अर्को पुल निर्माण भएको हो। यो पुल २०२२, २०४१ र २०६६ सालमा शिलान्यस भएको थियो। तर निर्माणले गति लिन सकेको थिएन।

अन्ना हजारेद्वारा आमरण अनसन आरम्भ

भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि आफ्नै गाउँमा आमरण अनसन सुरु गरेका छन्। केन्द्रमा लोकपाल र प्रदेशमा लोकायुक्त नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल विधेयक कार्यान्वयन गर्न माग गर्दै उनले आमरण अनसन सुरु गरेको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।

आदिवासीमा गरिबीको संरचना

असह्य भोक समन गर्न भारतको उत्तरपश्चिम राज्य मध्यप्रदेशको रत्लम जिल्लामा एक जना आदिवासी बालकले किराफट्याङ्ग्रा मार्न प्रयोग हुने विषादि पिएपछि अस्पताल भर्ना गरिएको समाचार गएको साता ‘द क्विन्ट’मा छापियो। ती बालकले स्थानीय एउटा राशन पसलमा बारम्बार गएर अन्न मागेको तर नदिई फर्काइएको समाचारमा उल्लेख छ। त्यसबाहेक सो घटनाबारे थप केही कुरा प्रकाशमा ल्याइएको छैन।

नेपाल–भारत सुरक्षा प्रमुखबीच छलफल

भारतमा हुन गइरहेको लोकसभा निर्वाचनको विषयमा नेपाली सुरक्षाकर्मी र भारतीय सुरक्षाकर्मीबीच विशेष तयारी छलफल भएको छ। भारतको मोतिहारीमा नेपाल भारत सीमावर्ती जिल्ला समन्वय समितिमा लोकसभा निर्वाचनको सन्दर्भमा सीमा सुरक्षा र सार्वजनिक चासोको विषयमा छलफल भएको हो।

जब जर्ज फर्नान्डिज नेपाल हुँदै सुटुक्क तिब्बत पुगे…

भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नानडिजको ८८ वर्षको उमेरमा मंगलबार निधन भएको छ। दिल्लीको एक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। उनका भाइ माइकल फर्नाडीजका अनुसार जर्ज फर्नानडिजलाई स्वाइन फ्लु भएको थियो।' उनको नेपालका नेताहरुसँग समेत निकट सम्वन्ध थियो। उनले नेपालबारे चासो राख्थे। नेपालको प्रजातान्त्रिक आन्दोलनमा फर्नान्डिजको सहानुभुति थियो। नेपाली नेताहरुसँग दिल्ली र काठमाडौंमा भेटिरहेने उनी हक्की स्वभावका थिए।

भारतका पूर्व रक्षामन्त्री फर्नानडिजको निधन

भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नानडिजको निधन भएको छ। उनको ८८ वर्षको उमेरमा दिल्लीको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो। कर्नाटकमा उनका भाइ माइकल फर्नाडीसले जर्ज फर्नानडिजको निधन भएको बीबीसीलाई बताए।

न्युजिल्यान्डमा भारतलाई शृंखला

विराट कोहलीको कप्तानीमा रहेको भारतले घरेलु टोली न्युजिल्यान्डविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा ७ विकेटको जित निकाल्दै पाँच खेलको शृंखला ३–० ले आफ्नो पक्षमा पारेको छ। माउन्ट माउन्गानेउमा सोमबारको तेस्रो खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय ४४ रनको लक्ष्य भारतले कप्तान कोहली र रोहित शर्माको अर्धशतकको मद्दतमा ४३औं ओभरमै पूरा गर्दै शृंखला आफ्नो बनायो।

नागरिकताको गम्भीरता

नागरिकतासम्बन्धी व्यवस्था नेपाली समाजको स्थापित चरित्रको मूल्यबोधसँग सम्बन्धित छ। तत्कालीन राजनीतिक दलहहरूले तथाकथित राजनीतिक सहमतिका नाममा नयाँ कानुन जारी गरी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रत्यक्ष अगुवाइमा २०४६ सम्ममा तराईमा जन्मिएकाहरूलाई नागरिकता दिने भन्ने गम्भीर राष्ट्रघाती निर्णय गराई ४० लाख भारतीयहरूलाई नेपाली नागरिकता बाँडे। जन्मको आधारमा नागरिकता दिन भनेर ३ जनाको सिफारिस समिति बनाउने भन्ने नौटंकी रची जन्मको प्रमाणविना खुरुखुरु भारतीय योजनामै राष्ट्रप्रति गद्दारी गर्दै नागरिकता वितरण गरियो।

भारतीय क्रिकेट टाेलीसँग सावधान रहन न्युजिल्याण्ड प्रहरीकाे चेतावनी

भारतीय क्रिकेट टोलीलाई लक्षित गर्दै न्युजिल्याण्ड प्रहरीले एक व्यङ्ग्यात्मक पोष्ट सार्वजनिक गरेको छ।न्युजिल्याण्ड भ्रमणमा रहेको भारतीय टोलीलाई प्रहरीले लक्षित गर्दै यो टोलीसँग सावधान रहन सर्वसाधारणलाई चेतावनी दिएको हाे।

फेरिँदै तेस्रो मुलुकसँगको व्यापार

तेस्रो मुलुकसँगको व्यापारमा नेपाल अब सिधैं गन्तव्य भएको छ। नेपालले प्रयोग गर्ने भारतका बन्दरगाह अब ‘ट्रान्ससिपमेन्ट’ (कन्टेनर ढुवानीको एउटा साधनबाट अर्कोमा हालेर अगाडि बढाउने) थलो मात्र हुने भएका छन्। यो व्यवस्था लागू भएपछि विदेशबाट आउने नेपालका कार्गो भारतीय बन्दरगाहमा कागजी झन्झट र भन्सार प्रक्रियाबाट मुक्त भएका छन्। शुक्रवार कोलकातास्थित सीमा शुल्क आयुक्तको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै नयाँ व्यवस्था लागू भएकोबारे जानकारी गराएको छ।

भारतलाई हतियार खरिद बक्यौता चुक्ता गर्न ठोस धारणा बनाइने

नेपाली सेनाले हातहतियार तथा सैन्य उपकरण खरिदबापत भारतलाई तिर्नुपर्ने बक्यौता रकमबारे ठोस निर्णय गर्ने जिम्मा तीन मन्त्रालयलाई दिने दिइने भएको छ। राष्ट्रिय योजना आयोगले राष्ट्रिय विकास समस्या समाधान समितिको ४४ औँ बैठकमा यससम्बन्धी प्रस्ताव प्रस्तुत गरेको छ। बैठकमा नेपाली सेनाले भारतसँग ६० प्रतिशत अनुदानमा ४० प्रतिशत रकम बुझाउनेगरी खरिद गरिएका हतियार र सैन्य उपकरणबापतको बक्यौता तीन अर्बभन्दा बढी रहेको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्