मलेसियाका प्रधानमन्त्रीले भनेः कश्मीर मुद्दामा अडिग छौं, भारतले निहुँ खोजे जवाफ दिन्छौं
मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदले कश्मीर मुद्दामा आफूहरुको अडान यथावत रहेको बताएका छन्। महाथीरले संयुक्त राष्ट्रसंघको महासभामा भारतले कश्मीरलाई कब्जामा लिएर अन्याय गरेको बताएका थिए। जसमा भारतले आपत्ति जनाएको थियो।