२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मी कुटिए

भारतबाट आएका आफ्ना छोरालाई क्वारेन्टाइनमा राखेको भन्दै पुर्चोडी नगरपालिका–५, कुवाकोटका नरेन्द्र जागरीले स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन्। भुमिराज मावि, काटै गहताडको क्वारेन्टाइनमा पसेर स्वास्थ्यकर्मीमाथि हातपात गरिएको हो।

भारतमा तीन साता लकडाउन घोषणा

भारतमा तीन साता लामो लकडाउन घोषणा भएको छ। भारतीय प्रधानमन्त्री नदेन्द्र मोदीले मंगलबार साँझ टेलिभिजन सम्बोधन गर्दै आज मध्यरातबाट २१ दिन यो लागु हुने बताए।

भारतबाट नेपाल फर्किने नागरिकमाथि विशेष निगरानी

भारतमा कोरोनाको प्रभाव बढ्दै गएपछि भारतबाट नेपाल फर्किनेको संख्या बढेको छ। कामको खोजी, रोजगार तथा अध्ययनका लागि भारत गएकाहरु धमाधम घर फर्किन थालेका छन्। भारतबाट घर फिर्ता आउँदै गरेकाहरुलाई रौतहटको विभिन्न नाकामा कोरोनाको स्क्रिनिङ भइरहेको छ। सदरमुकाम गौर, बंकुल, औरैया, राजपुरलगायतको नाकामा भारतबाट नेपाल आउनेहरुलाई चेकजाँच गरिदै छ। हेल्प डेस्क स्थापना गरेर नै चेकजाँच भइरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे बताएका छन्।

भारतमा थप एकको मृत्यु, कूल संख्या चार पुग्यो

कोराना भाइरस (कोभिड–१९)को संक्रमणबाट भारतमा बिहीबार थप एक जनाको ज्यान गएसँगै मर्नेको संख्या चार पुगेको छ।

दश लाख भारतीय रुपैयाँसहित दुई पक्राउ

करिब १० लाख अवैध भारतीय रुपैयाँसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। भारतीय ९ लाख ९९ हजार रुपैयाँसहित प्रहरीले भारतीय बोलेरो चालक भारतको ओडिसा राज्यको बैरातपुर जिल्ला पैरासवका ३१ वर्षीय विजय चौधरी र भारतकै पश्चिम बंगालको नहेटी, माउतपुरका ३८ वर्षीय शंकर सरकारलाई पक्राउ गरेको हो।

भारतमा थप एकको मृत्यु, मर्नेको संख्या तीन पुग्यो

भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मंगलबार थप एक जनाको ज्यान गएको छ।

'चोर पक्राउ गर्न’ भारतीय प्रहरी दैलेखमा

चोर पक्राउ गर्न भनी भारतीय प्रहरी पोशाकसहित सोमबार साँझ दैलेख सदरमुकाममा आएका छन्। दैलेखकै एक युवकले ५० लाख भारतीय रुपैयाँ चोरी गरेर दैलेखमा आएको भन्दै खोजतलासीका लागि पोशाकसहित भारतीय प्रहरी सदरमुकाम आइपुगेका हुन्।

विद्यालय भवन निर्माणमा भारतको सहयोग

भारतीय दूतावासले नेपालका विभिन्न तीन जिल्लामा विद्यालय भवन निर्माणका लागि सरकारलाई आर्थिक सहयोग गर्ने भएको छ।

सीमानाका अरुलाई बन्द, भारतीयलाई खुला

सुदूरपश्चिमका धनगढीको त्रिनगर, महेन्द्रनगरको गड्डाचौकीलगायत सबै सीमानाकाबाट भारतबाहेक अन्य मुलुकका नागरिकलाई आउजाउ गर्न शनिबार रातिदेखि रोक लगाइएको छ।

भारतमा कोरोनाका कारण एकको मृत्यु

कोरोना भाइरस (कोविड १९) का कारण भारतमा एक जनाको मृत्यु भएको छ। कर्नाटकको कलबुर्गीमा ७६ वर्षिय एक व्यक्तिको निधन भएको बीबीसीले जनाएको छ। उनी हालै साउदी अरबबाट फर्किएका थिए।

भारतले लगाएको यात्रा प्रतिबन्धले नेपालीलाई असर नगर्ने

कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतले विदेशी नागरिकलाई यात्रामा लगाएको प्रतिबन्धले नेपालीलाई भने कुनै असर नगर्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ। भारतले यसका लागि सीमा नाकामा परीक्षण गर्ने तयारी गरेको छ।

'भारतले प्रतिवन्ध लगाएका औषधि बाहेक अन्य वस्तु आयातमा समस्या छैन'

भारतले प्रतिवन्ध लगाएका औषधि बाहेक अन्य वस्तु आयातमा कुनै समस्या नरहेको सरकारले बताएको छ। मंगलबार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गठन भएको उच्च स्तरिय समितिले सरोकारवालासँग गरेको छलफलपछि सरकारले भारतबाट आयात बन्द नभएको बताएको हो।

सभामुख र भारतीय राजदूतबीच भेट

भारतीय राजदूत विनयमोहन क्वात्राले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन्। नेपालका लागि नवनियुक्त राजदूत क्वात्राले मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर सभामुख सापकोटासँग शिष्टाचार भेट गरेका हुन्।

अरुण तेस्रो निर्धारित समयमैं सकिन्छ

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले लामो समयदेखि अलपत्र अरुण तेस्रो जलविद्युत् आयोजनाले गति लिएकामा खुसी व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्