८ वैशाख २०८१ शनिबार
शिक्षा

विद्यालय भवन निर्माणमा भारतको सहयोग

काठमाडौं – भारतीय दूतावासले नेपालका विभिन्न तीन जिल्लामा विद्यालय भवन निर्माणका लागि सरकारलाई आर्थिक सहयोग गर्ने भएको छ। दार्चुला, धनुषा र कपिलवस्तु जिल्लामा तीन नयाँ विद्यालय भवन निर्माणका लागि नेपाल सरकारालाई एक सय सात मिलियन नेपाली आर्थिक सहयोग गर्ने भएको हो। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय र भारतीय दूतावासले दार्चुला जिल्लाको धापस्थित मालिकार्जुन माध्यामिक विद्यालय र धनुषाको तुलसियाहीस्गित वैद्यनाथ देवनारायण जनता माविको भवन निर्माणका लागि महाकाली नगरपालिका, दार्चुला र मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषासँग छुटाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत ती दुई विद्यालय भवन निर्माण गर्नका लागि जम्मा ७३.९६ मिलियन नेपाली रकम लागत हुने र उक्त रकम भारत सरकारले उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख गरिएको छ। यसकालागि बोलपत्र आह्वान, कार्य हस्तानान्तरण, दैनिक निरीक्षणलगायतका काम नेपाल सरकारले कार्यान्वयन निकायका रूपमा तोकेको महाकाली नागरपािलका, दार्चुला एवं मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषाले गर्ने छन्। परियोजनालाई संघीय तहमा नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदूतावासले अनुगमन सम्झौतापत्रमा उल्लेख छ।

यसैगरी कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकास्थित शिवभारी विद्यालयको भवनको निमार्णका लागि भारत सरकारले ३३.०५ मिलियन नेपाली रकम सहयोग उपलब्ध गराउने सहमति भएको छ। शिक्षाको क्षेत्रमा पूर्वधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रूपमा रहेको यस परियोजनासँग जोडिएको भारतीय दूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: ४ चैत्र २०७६ ०३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App