५ आश्विन २०८१ शनिबार
image/svg+xml

घडेरी बेचेर मिर्गौला रोगको उपचार

गरिबीसँग कहिल्यै परास्त नभएका पाँचथर फाल्गुनन्द–१ का लोकनाथ श्रेष्ठले मिर्गौलामा लागेको रोगसँग लड्न आर्थिक रूपले हार मान्नुपरेको बताएका छन्। दुवै मिर्गौला काम नलाग्ने गरी खराब भएर हाल डाइलासिस गराइरहेका २८ वर्षीय श्रेष्ठले विदेशमा पसिना बगाएर आर्जन गरेको १० धुर घडेरी समेत बेचेर मिर्गौलाको उपचार गर्नुपरेको बताए।

उपचारमा अनुदान, कति भयो खर्च ?

सरकारले विभिन्न आठ कडा रोगको उपचारका लागि अनुदान दिँदै आएको छ। ती रोगहरु मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनीमीया हुन्। सरकारबाट २०७५ मंसिर १० मा स्वीकृत भई बनेको ‘विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७५’ बमोजिम सरकारले बिरामीको उपचारमा अनुदान दिँदै आएको छ।

सामाजिक लाञ्छनाले एचआइभी संक्रमितको उपचारमा सकस

एचआइभी संक्रमणलाई पनि अन्य रोगसरह लिनुपर्ने चिकित्सक तथा विश्व स्वास्थ्य संगठनले सुझाएको छ। समाजमा अहिले पनि एचआइभी संक्रमितलाई लाञ्छाना लगाइने प्रवृत्ति कायमै रहेकाले संक्रमितहरु उपचारको लागि आफ्नो बस्तीबाट टाढा पुग्ने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ।

पूर्व अर्थमन्त्री अधिकारी ह्याम्स अस्पतालमा पुनः भर्ना

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई थप उपचारका लागि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको छ। उनको श्वासप्रश्वासलगायतमा समस्या देखिएपछि मेडिसिटी अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए।

सुरुमै थाहा पाए निको हुन्छ क्यान्सर

सुरुकै अवस्थामा पत्ता लागेमा जुनसुकै क्यान्सर रोग निको हुने विज्ञ चिकित्सकले औंल्याएका छन्। नेपालमा जनचेतना तथा उपचारमा पहुँचको कमीका कारण क्यान्सर ढिला गरी पत्ता लाग्ने गरेको उनीहरुको भनाइ छ।

व्यवस्थित बन्दै वीर अस्पताल

कुनै समय ‘राम्रो उपचार हुँदैन, फोहोर छ’ भन्ने टिप्पणी सहन बाध्य वीर अस्पताल यतिखेर सबैको आकर्षणमा पर्न थालेको छ। व्यापक सुधारपछि व्यवस्थित बन्दै गएकाले यो अस्पताल पछिल्लो समय सबैको नजरमा पर्न थालेको हो।

छ वर्षीय बालकलाई ब्लड क्यान्सर, आमाद्वारा सहयोगको याचना

आर्थिक अभावमा एक क्यान्सर पीडित बालकलाई अस्पतालबाट घर फर्काइएको छ। सिन्धुली मरिण गाउँपालिका ३ मयौलीका सेतिमाया लामाका ६ वर्षीय छोरा निमा लामालाई सिभिल हस्पिटल काठमाडौंले घर फिर्ता पठाएको हो। निमालाई ५ वर्षको हुँदा नै ब्लड क्यान्सर भएको थियो। एक वर्षसम्म उपचार गराउँदा पनि रोग निको नभएपछि अहिले थप उपचारको लागि करिब २५ लाख रुपैयाँ लाग्ने डाक्टरहरुले बताएका छन्।

‘राेग लाग्नै नदिनु आयुर्वेदकाे उद्देश्य’

आजको आधुनिक युगमा आयुर्वेद चिकित्सा पद्धतिको महत्व किन छ ? यो वैकल्पिक उपचार पद्धतिका रूपमा कसरी स्थापित भइरहेको छ ? कुन रोगमा यो उपचार पद्धति प्रभावकारी हुन्छ ?

ओलीले बाँडे ५ महिनामा ६ करोड

सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने उद्घोष गर्दै आएको केपी शर्मा ओली नेतृत्व सरकारले आर्थिक सहायतासम्बन्धी निर्देशिका लत्याउँदै साउनदेखि मंसिरसम्म राज्यढुकुटीबाट विभिन्न व्यक्तिलाई ६ करोड ३० लाख रुपैयाँ बाँडेको छ। उपचारखर्चलगायत नाममा यो रकम बाँडिएको हो। आर्थिक सहायता पाउनेमा पहुँचवाला र सम्पन्न पनि छन्।

डा. केसीको स्वास्थ्य अवस्था जटिल, पेट खाली हुँदा देखियाे यस्ताे स्वास्थ्य समस्या

अनशनरत डा. केसीको स्वास्थ्य अवस्था निरन्तर खस्किँदो अवस्थामा रहेका र शरीरमा सेतो रगतको मात्रा पनि कम रहेको उनको उपचारमा संलग्न डा. सुवास आचार्यले बताए। डा. केसीले केही खाली पेट भएका कारणले सेतो रगतको मात्र कम हुँदै गएको उनको भनाइ छ।

पायल्स उपचारमा आयुर्वेदिक शल्यक्रिया प्रभावकारी

रोल्पा लिवाङकी ४० वर्षीया गीता आचार्यको एक साताअघि आयुर्वेद चिकित्सालय नरदेवीमा पायल्सको शल्यक्रिया भयो। उनी आइतबार डिस्चार्ज भएकी छिन्। उनका पतिले यो अस्पतालमा पायल्सको राम्रो उपचार हुने सुनेपछि गीतालाई उपचारका लागि पठाएका थिए। अस्पताल पुगेपछि चिकित्कले शल्यक्रिया गर्ने बताए। उनी एक साताअघि अस्पतालमा भर्ना भइन्।

भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था स्थिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था स्थिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

सहज र भरपर्दो उपचारबाट टाढा पूर्वी पहाड

चिकित्सा शिक्षा सुधारका लागि आफूसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै अनशन बसेका डा. गोविन्द केसीलाई जिल्ला अस्पताल इलाममा उपचार सम्भव नभएपछि काठमाडौँ लगियो। आईसीयूमा राखेर उपचार गर्नुपर्ने भएपछि उनलाई काठमाडौं लगिएको थियो।

सुधार केन्द्रमा कुटपिटबाट मृत्यु !

उपचार लागि रिहाब सेन्टरमा राखिएका व्यक्तिलाई त्यहाँका कर्मचारीले कुटपिट गर्दा मृत्यु भएको छ। ललितपुरस्थित महालक्ष्मी नगरपालिका–४ सीतापाखामा रहेको रिहाब सेन्टरमा महिनाको १५ हजार तिर्ने गरी भर्ना गरिएका दोलखाका सीताराम घिमिरेको कुटपिटकै क्रममा मृत्यु भएको हो। लागुऔषध दुव्र्ययसनी घिमिरेलाई आफन्तले सुधार्न बी केयर सेन्टरमा भर्ना गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्