५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

डा. केसीको स्वास्थ्य अवस्था जटिल, पेट खाली हुँदा देखियाे यस्ताे स्वास्थ्य समस्या

काठमाडाैँ - २० अाैँ दिन अनशनरत डा. गाेविन्द केसीको स्वास्थ्य अवस्था निरन्तर खस्किँदै गइरहेकाे छ। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार पछिल्लाे समय डा. केसीकाे स्वास्थ्य अवस्थामा गिरावट अाएपछि उनकाे शरीरमा सेतो रगतको मात्रामा समेत कमी अाएकाे छ।

डा. केसीकाे खाली पेट भएका कारणले उनकाे शरीरमा सेतो रगतको मात्र कम भएकाे डा. सुवास आचार्यले बताए। उनका अनुसार डा. केसीलाई संक्रमणको उच्च जोखिम रहेकाले चिकित्सकहरूकाे निगरानीमा राखिएकाे छ।

पुस २५ देखि इलामबाट अनशन सुरु गरेका डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याएर उनलाई त्रिवि शिक्षण अस्पतालको आइसियुमा भर्ना गरिएको थियो। आफ्ना माग पूरा नभएसम्म अनशन जारी राख्ने डा. केसीको अडान छ। त्यस्तै केसीकाे मागमा नेपाल चिकित्सक संघले समेत समर्थन जनाएकाे छ।

प्रकाशित: १५ माघ २०७५ ०४:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App