४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। ओली बिहीबार दिउँसो थाई एयरबाट स्वास्थ्य चेक–अप (फलोअप) को लागि सिंगापुर गएका हुन्।

पाँचथरमा बढ्दै डेंगु संक्रमण

तराईका जिल्लामा फैलिएको डेंगु संक्रमण पूर्वी पहाडी जिल्ला पाँचथरमा पनि बढ्दै गएको छ। ज्वरो आएर स्वास्थ्य केन्द्रमा उपचारमा आउने बिरामीमध्ये डेंगु संक्रमितको संख्यामा वृद्धि हुँदै गएपछि जिल्लावासी चिन्तित हुन थालेका छन्।

प्रधानमन्त्री सिंगापुर जादैँ

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारमा लामो समय लाग्ने भएपछि मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद्ले बैठक सञ्चालन विधि संशोधन गरेको हो। ओली स्वास्थ्य उपचारका लागि बिहीबार सिंगापुर जाँदैछन्।

प्रधानमन्त्रीको उपचार विदेशमै : स्वास्थ्यमन्त्री

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार विदेशमै गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदसँगको प्रश्नोत्तरका क्रमम उपप्रधानमन्त्री यादवले भने, ‘नेपालमा धेरै रोगको उपचार हुन्छ तर, केही रोगका लागि बाहिर जानुपर्ने अवस्था छ। उहाँको उपचार विदेशमै हुन्छ।’

सांसदको प्रश्नः प्रधानमन्त्रीको उपचार गर्ने अस्पताल नेपालमा छैन? सिंगापुर नै जानुपर्ने?

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको स्वास्थ्य उपचार नेपालमै गर्नसकिने व्यवस्था मिलाउन माग गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सुवालले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग प्रश्न गरे, ‘के प्रधानमन्त्रीको स्वास्थय उपचार गर्ने क्षमता भएको अस्पताल नेपालमा छैन र? सिंगापुर नै जानुपर्ने?’

उपचार ढिलाे भए ज्योति गुम्छ

वर्ष बिराएर सयौंको आँखाको ज्योति नष्ट गरिसकेको आँखामा लाग्ने शापु रोगको मौसम आउनै लागेको छ। सतर्क हुनुहोस् है। यस रोगको संक्रमणले आँखाको ज्योति पूरै गुम्न सक्छ। हरेक वर्ष बिराएर प्रकोपको रूप लिने यो रोग भदौदेखि सुरु हुने चिकित्सक बताउँछन्।

गर्मीका कारण जापानमा २३ को मृत्यु

जापानको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको छ। सो कार्यालयले बुधबार दिएको जानकारीअनुसार अत्यधिक तापका कारण बिरामी भएका १२ हजार ७ सय ५१ जना अस्पतालमा उपचार गराएका छन्।

विकटमा ज्यान जोगाउन हेलिकोप्टरको सहारा

हेलिकोप्टरले उत्तरी धादिङबाट काठमाडौंसम्म बिरामी बोकेको एक लाख २० हजार रुपैयाँ लिन्छ। सबैको आर्थिक अवस्था राम्रो हुँदैन। उपचारमा ढिलाइ हुँदा यस वर्षमात्रै दुईजनाको मृत्यु भयो।

कांग्रेस नेता सिंह डिस्चार्ज

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह ८ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा सुधार भएपछि सिंहलाई सोमबार मेडिसिटी अस्पतालले डिस्चार्ज गरेको हो।  ‘हाइ सुगर’, उच्च ज्वरो र पिसाबमा संक्रमण देखिएपछि सिंहलाई गत सोमबार अस्पताल भर्ना गरिएको थियो।

हँसिलो मुहारका साथ फर्किए प्रधानमन्त्री ओली, सञ्चारकर्मीलाई प्रतिक्रिया दिन मानेनन्

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वेदश फर्किएका छन्। प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य उपचारपछि सोमबार स्वदेश फर्केका हुन्।

सामान्य उपचारमा औषधिभन्दा जाँच महँगो

बिरामी जाँच गरेको पैसा नलाग्ने सुनेकी उनले चार सय ५० रूपैयाँ तिरेर पुर्जी काटिन्। बिरामी जोखिएको औषधिको मूल्य दुई सय ५० मात्र प-यो।

अस्पतालको उपचार

अहिले पनि ठूलो संख्यामा सर्वसाधारण जाने स्वास्थ्य संस्था भनेका सरकारी अस्पताल नै हुन्। निजी क्षेत्रमा खुलेका उम्दा अस्पतालमा जानसक्ने आर्थिक हैसियत सबै नेपालीले हासिल गरिसकेका छैनन्। त्यसकारण शक्ति र सामथ्र्यहीनका भर भनेका सरकारी स्वास्थ्य संस्था नै हुन्। यसकारण जहिल्यै यिनको क्षमता विकासबारे आमचासो हुने गर्छ। संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक उल्लेख छ। प्रत्येक नागरिकलाई राज्यबाट ‘आधारभूत स्वास्थ्य सेवा निःशुल्क’ प्राप्त गर्ने हक संविधानले दिएको छ।

सरकारका प्रवक्ता भन्छन्ः प्रधानमन्त्रीले आफ्नो उपचार खर्च आफैं व्यहोर्नु हुन्छ

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रधानमन्त्रीले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने बताएका छन्।

क्यान्सरपीडितको उपचारका लागि चटपटे व्यापार

तुलसीपुर उपमहानगरपालिका–१४, मलवार निवासी वीपिन ओलीको रक्त क्यान्सरको उपचारमा सहयोगका लागि केही युवाहरुले चटपटे व्यापार सुरु गरेका छन्।

नेता नाभाल्नी ‘उपचारपछि’ जेल फिर्ता

रुसी प्रतिपक्षी नेता अलेक्सी नाभाल्नीलाई अनुहारमा ‘एलर्जी’ को समस्या देखिएपछि मस्कोबाहिरको एक अस्पतालमा उपचारपछि पुनः जेल चलान गरिएको छ। नाभाल्नीका निजी वकिल तथा चिकित्सकले भने उनलाई अज्ञात विषाक्त तत्व दिइएको सूचना उनले उपचार गरेको अस्पताल नम्बर ६४ बाट गोप्य रूपमा प्राप्त गरेको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्