४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारका प्रवक्ता भन्छन्ः प्रधानमन्त्रीले आफ्नो उपचार खर्च आफैं व्यहोर्नु हुन्छ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रधानमन्त्रीले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने बताएका छन्। 

फ्लोअप उपचार तथा आराम गर्न शनिबार राती सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओलीको खर्चबारे सञ्चारकर्मीले प्रश्न उठाएपछि मन्त्री बाँस्कोटाले उपचार खर्च आफैं व्यवस्थापन गर्ने बताए। 

सरकारले विदेशमा उपचार गर्न जाने भिभिआईपी तथा भिआईपीलाई उपचार खर्च नदिने कार्यविधि बनाएका बेला प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर गएपछि सञ्चारकर्मीले प्रश्न उठाएका थिए। ‘आफ्नो उपचार खर्च स्वयंम प्रधानमन्त्रीज्यूले आफ्नै व्यवस्थापनमा गर्नुहुन्छ। यसमा कुनै अलमल वा भ्रम छैन’, मन्त्री बाँस्कोटाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने। 

‘प्रधानमन्त्री र परिवारको सदस्यको हकमा सबै उहाँहरुकै खर्च हो’ बाँस्कोटाले अगाडि थपे, ‘कर्मचारी संयन्त्र बाहेक अरु कसैको टिएडिए स्वीकृत गरिएको छैन। हवाई खर्च आउने जाने मात्रै हो। बाँकी सबै निजी खर्च हुनेछ। उहाँ (प्रधानमन्त्री) आफैले व्यवस्थापन गर्नुहुनेछ। सरकारी कर्मचारीको हकमा टिएडिए र बसोबास हुन्छ।’

प्रकाशित: १९ श्रावण २०७६ १०:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App