२६ कार्तिक २०८१ सोमबार
image/svg+xml

इन्डोनेसियामा सैनिक हेलिकप्टर दुर्घटना

इन्डोनेसियाली सेनाको एक हेलिकप्टर चालकलाई दुर्घटना भएको केही दिनपछि जीउँदै उद्धार गरिएको छ। उक्त हेलिकप्टरमा रहेका अन्य चार व्यक्ति अझै हराइरहेको बताइएको छ । बेल ४१२ हेलिकप्टरको भग्नावशेषसँगै यी घाइते चालकलाई आइतबार फेला पारिएको हो ।

हत्याको बदला लिन्छौ : भारतीय सैनिक

भारतीय सैनिकले पाकिस्तानी सैनिकले आफ्ना ३ जना सिपाही मारेपछि चाँडै आफूले हत्याको बदला लिने बताएका छन्। विवादित काश्मिरमा बुधबार पाकिस्तानी सेनाले भारतीय जवान चढेको गाडीलाई एम्बुस आक्रमणमा परोको थियो। सो क्रममा तीन भारतीय सेनाको मृत्यु भएको बताइएको छ।

पाकिस्तानको फायरिङमा तीन भारतीय सैनिकको मृत्यु

पाकिस्तानले युद्धविराम तोड्दै फायरिङ गर्दा भारतीय सेनाका तीन जवानको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमहरुले जम्मु र कस्मिरको सीमामा भएका फायरिङमा दुई सर्वसाधारण घाइते भएको जनाएका छन्।

भूपू गोर्खा सैनिक समस्या समाधानको लागि वार्तामा बस्न बेलायत तयार

भूपू गोर्खा समस्याको समाधानका लागि त्रिपक्षीय वार्तामा बस्न बेलायत सरकार राजी भएको छ। करिब २ सय बर्षदेखिको भूपू गोर्खा सम्बन्धी समस्यालाई वार्ताको माध्यमबाट टुंगोमा पुर्‍याउने नेपाल सरकारको प्रस्तावमा बेलायत सकरात्मक भएको हो।

गोर्खा सैनिकले असाधारण क्षमता देखाएका छन् : मुखर्जी

पोखरा भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल शान्ति र विकासको मार्गमा अघि बढीरहेको बताएका छन् । नेपालका यो यात्रामा भारतले सधैं साथ दिने उनले बताए।

गाेर्खा सैनिक फिर्ताकाे मागसहित प्रर्दशन थालेका विप्लवका कार्यकर्ता नियन्त्रणमा

नेपालमाथि भारतीय हस्तक्षेप र भारतबाट गोर्खा सैनिक फिर्ता गर्न मागसहित विराेध प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा माअाेवादीका करिब १५ जना कार्यकर्तालार्इ प्रहरीले नियन्त्रणमा लिएकाे उक्त पार्टीले जनाएकाे छ।

भूपू गोर्खा सैनिकका माग बारे नेपाल सरकारको चासो, बेलायतसँग वार्ता गर्ने

बेलायती सेनाबाट निवृत्ति भएका भूतपूर्व गोर्खाको मागबारे बेलायत सरकारसँग नेपाल सरकारले औपाचारिक वार्ता गर्ने भएको छ। समान पेन्सन र अधिकारकालागि तीन दशकदेखि संर्घषरत भूपू गोर्खाको मागबारे बेलायत सरकारसँग औपाचारिक वार्ताको प्रस्ताव गर्दै बेलायतका लागि नवनियुक्त राजदूत दुर्गाबहादुर सुवेदीको संयोजकत्वमा वार्ता समिति गठन भएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ।

थप सैनिक पठाउन इराकद्वारा अमेरिकालाई आग्रह

आफ्नो मुलुकमा थप अमेरिकी सैनिक प्रशिक्षक र सल्लाहकार पठाई सहयोग गर्नका लागि इराकले वासिङटनलाई आग्रह गरेको छ।

तालिवानी लडाकुकाे आक्रमणमा पाँच अफगानी सैनिकको मृत्यु

पछिल्लो २४ घण्टामा अफ्गानिस्तानमा पाँच सैनिक मारिएको रक्षा मन्त्रालयले जनाएको छ। तालिवानी लडाकु समूह र सरकार विरोधी लडाकुहरुले उनीहरुको हत्या गरेको सुरक्षा अधिकारीले बताएका छन्।

गोर्खा भूतपूर्व सैनिक संघको अध्यक्षमा कृष्णकुमार राई

भूपू ब्रिटिस गोर्खाहरुको संगठन गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) को नयाँ नेतृत्वमा कृष्णकुमार राई चयन भएका छन्। सोमबार अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न गेसोको दोस्रो साधारणसभाले कृष्णकुमार राईलाई अध्यक्षमा सर्वसम्मतले नेतृत्व सुम्पेको हो। राईले यसअघि गेसो केन्द्रीय समितिको सचिव र उपसभापतिको जिम्मेवारी सम्हालिसकेका छन्।

भारत अधिनस्थ काश्मिरमा आक्रमण १७ सैनिकको मृत्यु

भारत अधिनस्थ काश्मिरमा रहेको सैनिक प्रमुख कार्यालयमा आइतबार आतङ्ककारीद्धारा भएको आक्रमणमा परी १७ सेनाले ज्यान गुमाएका छन् ।

‘इस्लामिक लडाकुविरुद्ध गोर्खा सैनिक'

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डोर्थीले इस्लामिक लडाकु समूह अब्बु सैयफविरुद्ध कारबाहीका लागि गोर्खा सैनिक ल्याउन प्रस्ताव गरेका छन्। मन्त्रिपरिषद्को सुरक्षा समूहको शनिबार राति भएको बैठकमा राष्ट्रपति डोर्थीले देशका 'किटाणु' समाप्त गर्न सरकारी सेनालाई सहयोग गर्ने गरी गोर्खा सैनिक ल्याउन प्रस्ताव गरेका हुन्।

सैनिक प्रमुखकाे भेलामा सहभागी हुन प्रधानसेनापति फिलिपिन्स जाने

एशियाका सैनिक प्रमुखको भेलामा सहभागी हुन प्रधानसेनापति राजेन्द्र क्षत्रीको नेतृत्वमा उच्च सैनिक टोली फिलिपिन्स जाने भएकाे छ।

सैनिककै परिवारमा सेनाको आतंक

सुदूरपश्चिम पृतना हेर्डक्वार्टरमा कार्यरत हबल्दार गणेशबहादुर घरमा नआएको २४ दिन भयो। परिवार स्रोतका अनुसार फोनमा पनि सम्पर्क नभएको शुक्रबार १९ दिन पुगिसक्यो। यसरी सम्पर्कमै नआउँदा उनको परिवार चिन्तित बनेको छ।

बंगलादेशी सैनिक टोली नेपालमा

काठमाडौं– बंगलादेशको उच्चस्तरीय सैन्य टोली साता लामो भ्रमणका लागि सोमबार नेपाल आएको छ । बंगलादेशको नेसनल डिफेन्स कलेजका एयर भाइस मार्सल एम स्यानुल हकको नेतृत्वमा आएको भ्रमण दलले मंगलबार प्रधान सेनापति राजेन्द्र क्षत्रीसँग जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्