२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

राष्ट्रपतिलाई नियन्त्रणमा लिन खोज्ने सैनिकहरु पक्राउ

अंकारा— जुलाई १५ मा भएको सैनिक कुको प्रयासका क्रममा टर्कीका राष्ट्रपतिलाई उनी बसेको होटलबाट नियन्त्रणमा लिन खोज्ने सैनिक अधिकारीहरुलाई पक्राउ गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। राष्ट्रपति रिसेफ तेययव एर्दोआन छुट्टी मनाइरहेको होटल नियन्त्रणमा लिन खोज्ने उनीहरुलाई उक्त होटल नजिक रहेको जंगलमा लुकिरहेको अवस्थामा नियन्त्रणमा लिइएको संचार माध्यमले जनाएका छन्।

टर्की सैनिक ‘कू’ प्रयासमा अमेरिकाको सहयोग छ भन्नु गलत : अमेरिका

अमेरिकाले टर्कीमा हालै भएको सैनिक ‘कू’ मा अमेरिकाको सहयोग छ भन्नु गलत भएको बताएको छ । टर्कीका श्रम मन्त्रीसँग फोन वार्ताका क्रमम अमेरिकी सुरक्षा परिषद प्रमुख जोन केरीले टर्कीलाई आफ्ना विरुद्ध अभिव्यक्ती नदिल चेतावनी दिएका हुन् ।उनले यस्तो अभिव्यक्तीले दुई देशबीचको आपसी समझदारीमा असर पुग्न सक्ने चेतावनी दिएका हुन्।

‘टर्कीमा सैनिक ‘कू’ को प्रयास असफल’

टर्टीका राष्ट्रपति रिजेप तथ्यिप एर्दोआनले त्यहाँको एक सैनिक खेमाले गरेको सैनिक ‘कू’ को प्रयास असफल भएको बताएका छन्। सो क्रममा भएको झडपमा ४२ जनाको मृत्यु भएको थियो। उक्त घटनापछि एक टेलभिजनबाट अभिव्यक्ति दिनेक्रममा एर्दोआनले सैनिक ‘कू’ लाई देशद्रोहको संज्ञा दिँदै सेनामा शुद्धिकरणको आवश्यकता रहेको बताए।

पूर्व सैनिक हवल्दार हतियार सहित पक्राउ

काठमाडौं—प्रहरीले नेपाली सेनाका पूर्व हवल्दारलाई अत्याधुनिक हतियार र गोली सहित बालाजुबाट पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त लैनचौरको टोलले सेभेन प्वाईन्ट सिक्सफाईभ क्यालिवरको पेस्तोल र पाँच राउण्ड गोली सहित गोरखाका रनबहादुर ढकाललाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्