६ आश्विन २०८१ आइतबार
image/svg+xml

आक्रमणमा दुई अफगान सैनिकको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त उरुजगानको अशान्त क्षेत्रमा रहेको एक जाँच चौकीमा भएको तालिबान आतंककारीको आक्रमणमा परी कम्तीमा दुई सैनिकको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका छन्।

भूपू सैनिक सम्मेलन सम्पन्न

उपत्यका पृतनाअन्तर्गत काठमाडौैं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाको भूपू सैनिक सम्मेलन २०७४  सैनिक मञ्च टुँडिखेलमा सम्पन्न भएको छ।

सैनिक मञ्चमा १८ हजार पूर्व सैनिक भेला हुँदै

सैनिक मञ्च टुँडिखेलमा पहिलो पटक भोलि (शनिबार) १८ हजारभन्दा बढी भूपू सैनिकको जमघट हुने भएका छन्।  उपत्यका पृतना मातहतका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लामा बसोबास गर्ने १८ हजार ७०० भूपू सैनिक टुँडिखेलमा भेला हुने नेपाली सेनाले जनाएको छ।

पृतनाभित्रै सैनिक मृत्यु प्रकरण : ‘घरको मुल खम्बा ढल्यो’

फागुन २१ गते कान्छो भाईको विहे सकेर २९ गते इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर फर्किएका थिए, बर्दियाका भरत बिक। चैत ११ गते(चैते दशैं)को दिन लेस नायकबाट बढुवा भई नायकको फुली लगाएका थिए। त्यसै दिन परिवारसँग कुराकानी पनि भएको थियो।

पृतनामा सैनिकको मृत्युबारे आन्तरिक छानविन सुरु

पूर्वी पृतना मुख्यालय इटहरी अन्तर्गत श्री सवुज गणमा कार्यरत दुई जना सैनिक मृत्यु भएको घटनाको आन्तरिक छानबीन थालिएको छ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्चमा ‘गार्ड अफ अनर’

दुई दिने नेपाल भ्रमणमा नेपाल आउन लागेका पाकिस्तानी प्रधानमन्त्री शहीद खकाना अब्बासीलाई सैनिक मञ्च टुंडिखेलमा सरकारले ‘गार्ड अफ अनर’ दिने भएको छ। अब्बासीलाई सोमबार नेपाल आउँदैछन्।

विद्युत प्राधिकरणको लापरबाहीले सैनिक ब्यारेकमा अन्धकार

नेपाल विद्युत प्रााधिकरणको लापरबाहीका कारण उदयपुरस्थित नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा दुईदिनयता अन्धकार भएको छ।

सैनिक महाविद्यालयलाई उपाधि

आयोजक वीरेन्द्र सैनिक महाविद्यालय (एसएएमबी )ले आइतबार राजन मेमोरियल स्कुललाई ४६ रनले पराजित गर्दै ११औं प्रधान सेनापति अन्तरविद्यालय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।भक्तपुरस्थित एसएएमबीको क्रिकेट मैदानमा भएको खेलमा १ सय ७३ रनको लक्ष्य पछ्याएको राजन मेमोरियलले १७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय २६ रन मात्र जोड्न सक्यो।

विद्युत सर्ट हुँदा सैनिक ब्यारेकमा आगलागी, स्थानीयका घरमा क्षति

उदयपुरमा विद्युत सर्ट भई आगलागी हुँदा नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डासहित सयौं स्थानीयको घरमा क्षति पुगेको छ। आईतबार विहान ९ बजे विद्युतको एउटा पोलमा तार सट हुन पुग्दा त्रियुगा नगरपालिका ३ भुल्केस्थित सेनाको बाहिनी र त्यस आसपासको भुल्केका पूरै स्थानीयको घरमा क्षति पुगेको हो।

तालिवानी आक्रमणमा २२ सैनिकको मृत्यु

तालिवानी समूहले अफगानिस्तानको पश्चिमी फराह राज्यमा रहेको सैनिक शिविरमा गरेको आक्रमणमा परी कम्तीमा २२ जना अफगानी सेनाको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन्।

वीरेन्द्र सैनिक र राजन मेमोरियल विजयी

वीरेन्द्र सैेनिक आवासीय महाविद्यालय (एसएएमबी) ‘ए’ र राजन मेमोरियल स्कुलले बुधबार ११औं प्रधानसेनापति अन्तरविद्यालय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सुपर लिगमा विजयी सुरुआत गरेका छन् ।भक्तपुरस्थित एसएएमबीको क्रिकेट मैदानमा भएको खेलमा एसएएमबीले जेम्स स्कुललाई ६५ रनले पराजित गर्दा राजन मेमोरियलले ग्यालेक्सी पब्लिक स्कुललाई ३७ रनले पराजित गर्यो।

अमेरिका, चीन र भारतका सैनिकलाई नेपाली सेनाले दियो तालिम (फोटो फिचर)

विश्वका शक्तिशाली मुलुकका सेनाका लागि शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्ने आकर्षणको केन्द्र बन्न पुगेको छ।

पूर्व सैनिकको घरभरी मौरीको घार (फोटो फिचर)

तीन तले पक्की घर, घरको बरन्डाभरी मौरीको घार नै घार। सडकबाट झलक्क हेर्दा सजावटका लागि राखे जस्तो देखिने धादिङबेसीको यो घर नारायण घिमिरेको हो। घरको बरण्डामा टनक्क मिलाएर काठको बक्साभरी मौरीका घारहरु राखिएका छन्।

चट्याङबाट घाइते सैनिकलाई काठमाडौं लगियो

चट्याङ लागेर गम्भीर घाइते भएका पाँच सैनिकलाई हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौं लगिएको छ। मंगलबार साँझ ७ः५० बजे दशरथचन्द नगरपालिका–२ कठपतेमा चट्याङमा परी शत्रुमर्दन गुल्मका २२ सैनिक घाइते भएका थिए। जंगल तालिमको लागि क्याम्पमा बसेका सैनिक घाइते भएका हुन्।

बैतडीमा चट्याङ लागेर २२ सैनिक घाइते

चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन्।  मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्