६ आश्विन २०८१ आइतबार
image/svg+xml

शक्तिसम्पन्न देशका सैनिक अधिकारी नेपाल भ्रमणमा

बेलायती सेनाध्यक्ष निकोलास प्याट्रिक र अमेरिकी सेनाका प्यासेफिक कमान्डर रोबर्ट ब्रुक ब्राउन नेपाल भ्रमणमा आएका छन् भने भारतीय स्थल सेनाध्यक्ष विपिन रावत माघ २९ मा काठमाडौं आउने कार्यक्रम छ।

सिरियामा दुई रुसी सैनिक मारिए

सिरियामा नयाँ बर्षको पूर्व सन्ध्यामा इस्लामिक स्टेटका ९ आइएस आतङ्ककारी समूहले गरेको मोर्टार आक्रमणमा परी दुई जना रुसी सैनिक मारिएका छन्

सैनिक प्रवक्तामा सहायकरथी भण्डारी

नेपाली सेनाले सहायकरथी गोकुल भण्डारीलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिएको छ। धनकुटाको हिलेस्थित–२ नम्बर बाहिनीको प्रमुखको जिम्मेवारीमा रहेका सहायकरथी भण्डारीले केही दिनमै प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन्।

कुपोषणको शिकारमा उत्तर कोरियाली सैनिक

आणविक हतियार परीक्षणको क्षेत्रमा ठूलो लगानी गरेको मुलुक उत्तर कोरियाका अधिंकाश सैनिक कुपोषणको शिकार भएको दक्षिण कोरियाली चिकित्सकको एक टोलीले बताएको छ।

म्यानमार सैनिकद्वारा रोहिन्जा महिला बलात्कृत

म्यानमार रखाईन प्रान्तका रोहिन्जा महिलाहरूलाई त्यहाँका सैनिकले नै बलात्कार गरेको अमेरिकाले गरेको एक अनुसन्धानले पत्ता लगाएको छ। यौन हिंसा तथा मानव अधिकारको दृष्टिकोणबाट अमेरिकाले एक अध्ययन तथ्यांक बिहीबार सार्वजनिक गर्दै रोहिन्जा महिलाहरू म्यानमार सैनिकबाट नै बलात्कृत भएको खुलासा गरेको छ।

जिम्बाबे सैनिक नियन्त्रणमा

जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेलाई घरभित्रै नजरबन्दमा राखी जिम्बाबे सेनाले मुलुकलाई नियन्त्रणमा लिएको छ । सेनाले बुधबार सरकारी सञ्चार माध्यमहरू सैनिक नियन्त्रणमा लिएको थियो । त्यसपश्चात् बिहीबार राष्ट्रपति मुगाबेलाई घरमा नजबन्द गरी सैनिक शासन चलाएको हो ।

करेन्ट लागेर सैनिक जवानको मृत्यु

चण्डीदल गण ठुलीटार व्यारेकमा कार्यरत एक सैनिक जवानको करेन्ट लागेर मृत्यु भएको छ । कमलामाई नगरपालिका ७ ठुलीटारमा पानी तान्ने मोटर जडान गर्ने क्रममा करेन्ट लागेर व्यारेकमा कार्यरत सैनिक लोकेन्द्र अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हवाई कारबाही १२० आइएस लडाकू र साठी सैनिक मारिए

सिरियामा रुसआवद्ध हवाई कारबाहीमा परी १२० जना इस्लामिक स्टेट्स (आइएस) लडाकू र ६० जना विदेशी सैनिक मारिएका छन्।  रुसी सेनाले शृङखलाबद्ध रुपमा गरेको हवाई कारबाहीमा गत २४ घण्टाको अवधिमा उनीहरु मारिएका मस्कोमा रक्षा मन्त्रालयले जनाएको छ।

विमान दुर्घटना हुदाँ ५सैनिकको मृत्यु

भारतको अरुणाचल प्रदेशमा भारतीय सेनाको विमान दुर्घटना हुँदा ५ सैनिकको मृत्यु भएको छ। दुर्घटनामा एक घाइते भएका छन्।

हत्या र डकैती अभियोगमा फरार मोस्ट वान्टेड पूर्व सैनिक १० वर्षपछि पक्राउ

तीन जनाको हत्या, दर्जनौ डकैती र उपत्यकामा बम पड्काएको अभियोगमा १० वर्षदेखि फरार रहेका सशस्त्र भूमिगत समूहका सदस्य प्रकाश सिंह ठकुन्ना पक्राउ परेका छन् ।

चीनले दोक्लममा सैनिक संख्या बढायो : भारत

भारत र चीनको विवादित सीमा क्षेत्र दोक्लममा चीनले सैनिक संख्या बढाएको भारत बताएको छ। भुटानको भ्रमणको क्रममा रहेका बेला भारतीय विदेश सचिव एस जयशंकरले मंगलबार एक भटानी अधिकारी समक्ष कुराकानीको क्रममा चीनले सैनिक संख्या बढाएको आरोप लगाएका छन्।

आइएसद्धारा ७३ सिरियाली सैनिकको हत्या

सिरियामा गएको २४ घन्टायता एक बजार इलाकामा भएका झडपहरुमा परी कम्तीमा ७३ जना सिरियाली सैनिक र सरकार समर्थक लडाकूको ज्यान गएको समाचार छ । आइएसले उनीहरुको हत्या गरेका हुन् । सिरियाली सेना र सरकार समर्थक लडाकूहरुले आइएसका विरुद्ध कारबाही गरेका थिए । होम्स प्रान्त र मरुभूमि क्षेत्र मानिने दार ए जोरमा आइएसमाथि सो कारबाही गरिएको थियो । तर पनि कारबाहीका क्रममा आइएसले नै सरकारी सेनाको हत्या गरेका थिए ।

कंगोमा सैनिक विमान दुर्घटनाग्रस्त, कैयौँ सैनिक मारिएको आशङ्का

कंगो राष्ट्रिय सेनाको कार्गाे बिमान शनिबार बिहान दुर्घटनामा परेको छ । सो विमानमा चालक दलका नौ जना सदस्य र केही सैनिक रहेको हुनसक्ने अनुमान गरिएको छ । उक्त विमान दुर्घटनाग्रस्त भएको स्थान पत्ता लागेकोले सो क्षेत्रमा अर्काे विमान जान लागेको छ ।

एक सय १७ सैनिकलाई पक्राउ आदेश

टर्कीको एक अदालतले एक सय १७ जना सैनिक अधिकारीलाईपक्राउ गर्न आदेश जारी गरेको छ । गत वर्ष भएको असफल ‘कू’ मा सम्बन्धित रहेको आरोपमा ती ११७ जना सैनिक अधिकारीलाई सो पक्राउ आदेश जारी गरिएको बताइएको छ । टर्कीको ४५ वटा प्रान्तमा एकसाथ जारी गरेको कारबाहीका क्रममा सो वारेन्ट जारी गरिएको टर्की प्रहरीले जानकारी दिएको छ ।

पाकिस्तानको सैनिक कारबाहीमा दश आतङ्ककारी मारिए

पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानमामा सुरक्षाबलले गरेको भीषण कारबाहीमा कम्तीमा १०आतङ्ककारी मारिएका स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्