काठमाडौँ (रासस) - नेपाली सेनाले सहायकरथी गोकुल भण्डारीलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिएको छ। धनकुटाको हिलेस्थित–२ नम्बर बाहिनीको प्रमुखको जिम्मेवारीमा रहेका सहायकरथी भण्डारीले केही दिनमै प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन्।
हालका प्रवक्ता सहायकरथी नैनराज दाहाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा पश्चिम क्षेत्रको कमाण्डरको जिम्मेवारी पाएपछि सेनाले प्रवक्तामा भण्डारीलाई ल्याएको हो।
प्रकाशित: १५ पुस २०७४ ०९:४२ शनिबार