६ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

चलचित्र 'एक्टरको' तीन पोस्टर एकसाथ सार्वजनिक

आगामी कार्तिक १५ (लक्ष्मी पूजा) मा रिलिज हुन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र 'एक्टरस् टेक वन' काे तीन नयाँ पोस्टरहरू एकसाथ सार्वजनिक गरिएको छ। निर्माता थमन कुमार भण्डारीका अनुसार यि पोस्टरहरू आगामी प्रचार(प्रसारका लागि प्रयोग गरिनेछन्।

पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू सुपरस्टार प्रदिप खड्का, अभिनेत्री आना शर्मा, र दिव्या रायमाझीलाई प्रस्तुत गरिएको छ। एक पोस्टरमा प्रदिप खड्कालाई आना र दिव्याको बीचमा राखिएको छ भने अन्य दुई पोस्टरमा अभिनेत्रीहरू आना र दिव्यालाई प्रदिपसँग प्रेमभावमा प्रस्तुत गरिएको छ। यी पोस्टरहरूबाट चलचित्रमा त्रिकोणात्मक प्रेमकथाको संकेत पाइन्छ।

राजन भुसालले निर्देशन गरेको यो चलचित्रमा प्रदिप, आना, र दिव्याका साथ राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक र सुशील सिटौलालगायतको प्रमुख अभिनय छ।

'एक्टरस् टेक वन' अदृत फिल्मस् र मोती फिल्मस्‌को संयुक्त प्रस्तुति हो भने निर्माता थमन कुमार भण्डारी हुन्। अनिश भुसाल सह-निर्माता र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन्। चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले संयुक्त रूपमा लेखेका हुन्।

चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन, र पोस्ट(प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन्। 

प्रकाशित: ६ आश्विन २०८१ १७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App