६ आश्विन २०८१ आइतबार
image/svg+xml

भारतीय सैनिक दोक्लम क्षेत्रबाट फिर्ता हुने

चीन र भारत बीचको सीमा विवाद अन्त्य हुने संकेत देखिएको छ । विवादित क्षेत्र दोक्लमबाट सैनिक फिर्ता गर्नका लागि भारतले तत्परता देखाएसँगै दुई देशबीचको सीमा विवाद अन्त्य हुन सक्ने अनुमान गरिएको हो।

जिहादीको आक्रमणमा ३४ सैनिकको मृत्यु

सिरियाको राका प्रान्तमा इस्लामिक स्टेट्स (आइएस) ले गरेको हमलामा परी कम्तीमा ३४ सिरियाली सैनिक र सरकार आवद्ध लडाकूको मृत्यु भएको मानवअधिकारवादीले जानकारी दिएका छन्।

भारतीय र चिनिया सैनिकबीच ढुंगा हानाहान

चीन भारत बीचको  विवादित सीमा क्षेत्र लद्दाखमा  चिनिया र भारतीय सैनिक बीच ढुङ्गा हानाहान हुँदा दुवै तर्फका केही सैनिकहरू घाइते भएका छन्।

उत्तर कोरियाको निसानामा अमेरिकी सैनिक अखडा

उत्तर कोरियाले अमेरिकाको गुमआम सैनिक अखडालाई निशाना बनाई हमला गर्ने तयारी गरेको छ। उत्तर कोरियाले पछिल्लो पटक गरेको अन्तर महादेशीय व्यालेस्टिक मिसाईल परीक्षणलाई विश्वकै एक चुनौतीका रुपमा लिइएको छ। उक्त मिसाईल परीक्षणको बदलामा अमेरिकाले ऊ माथि हमला गर्न सक्ने चेतावनी दिएपछि उसले हिसाब मिलाउनका लागि भन्दै अमेरिकी सैनिक अखडालाई निशाना बनाई हमला गर्ने चेतावनी दिएको हो।

अफगानिस्तानमा शुक्रबार पनि नेटो सैनिक मारिए

अफगानिस्तानको राजधानी काबुल बाहिरी इलाकामा भएको एक आत्मघाती आक्रमणमा परी शुक्रबार पनि एकजना नेटो सैनिक मारिएका छन्।

अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए

अफगानिस्तानको कान्दाहार सहरको एक विमानस्थलमा तालिबानले गरेको आक्रमणमा नेटो आवद्ध दुई जना अमेरिकी सैनिकको मृत्यु भएको छ।

लेबनान र सिरियाली सीमामा सैनिक कारबाही

गएको पाँच बर्षभन्दा लामो समयदेखि गृहयुद्ध जारी रहेको सिरिया र लेबनानको सीमा क्षेत्रमा सिरियाली सैनिक र लेबनानको लडाकू समूह हेज्बोल्लाहले संयुक्त सैनिक कारबाही सुरु गरेको छ।

कान्दाहारको सैनिक पोष्टमा आक्रमण, २६ सैनिकको मृत्यु

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक दुर्गम जिल्लामा रहेको सैनिक पोष्टमा तालिवान आतङ्ककारी समूहले मङ्गलबार रातभर गरेको आक्रमणमा कम्तीमा २६ सैनिकको मृत्यु भएको छ । अफगान रक्षा मन्त्रालयले बुधबार सो जानकारी दिएको छ ।

अफगानिस्तानमा २६ सैनिक मारिए

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा तालिबानको आक्रमणमा परी कम्तीमा पनि २६ जना सैनिक मारिएको समाचार छ।

विवादास्पद क्षेत्रमा थप सैनिक पठाउने चीनको चेतावानी

भारतसँग केही समयअघिदेखि विवाद परिरहेको सीमा क्षेत्रमा थप सेना खटाउने चेतावनी चीनले दिएको छ ।

मोटरसाइकल दुर्घटनामा एक सैनिकको मृत्यु

ठाकुरबाबा –६ खैरीस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइल दुर्घटनामा शुक्रवार एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।

भारतमा भएको झडपमा एक सैनिकसहित पाँचको मृत्यु

उत्तरपश्चिमी भारतीय राज्य नागाल्यान्डमा हतियारधारीसँग भएको भिडन्तमा परी एक भारतीय सैनिक अधिकारीसहित पाँचको ज्यान गएको छ।

नाइजेरियाको आत्मघाती बम आक्रमणमा पाँच सैनिकको मृत्यु

उत्तरपश्चिम नाइजेरियामा बोको हराम जिहादी सैनिकको एक जथालाई लक्ष्यगरी गरेको एक आत्मघाती आक्रमणमा कम्तीमा पाँच सैनिकको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका सुरक्षा स्रोतले एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।

कस्मिरमा सामाजिक सञ्जाल प्रतिबन्ध गरेको भोलिपल्ट तीन भारतीय सैनिकको हत्या

भारतको अधिनस्थ काश्मिरमा बिहीबार बन्दूकधारीको आक्रमणमा परी कम्तिमा तीन सैनिकको मृत्यु भएको छ। यो घटना सो इलाकामा भारतीय अधिकारीले फेसबुक, ट्वीटरलगायतका २२ वटा समाजिक सञ्चार माध्यमलाई बन्द गर्ने आदेश दिएको एक दिनपछाडि भएको छ।

तालीवानीको आक्रमणमा परी १५०  अफगानी सैनिकको मृत्यु

तालिबानी बन्धुकधारीहरूले अफगानिस्तानको उत्तरी शहर मजार ए शरिफमा सय भन्दा बढी सैनिकलाई मारिदिएको अफगानीस्तानको रक्षा मन्त्रालयले शनिबार जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्