१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml

जंगली जनावरका लागि विद्युतीय बार

जंगली हात्तीको आक्रमणबाट सुनसरी कोसी गाउँपालिका क्षेत्रमा २०७४ मंसिर दोस्रो साता एकैचोटि दुईजनाको मृत्यु हुन पुग्यो। सो आक्रमणबाट कोसी गाउँपालिका–३ की ५५ वर्षीया बेचनीदेवी सर्दार र सोही ठाउँकी ४५ वर्षीया देवकीदेवी सर्दारको मृत्यु भएको थियो। सो घटनाको केही दिनपछि वराहक्षेत्र नगरपालिकाको श्रीलंका टापुका रविलाल उरावको पनि अर्को दुखद घटना हुन पुग्यो। प्रायः आरक्षआसपासमा विपन्न परिवार रहेका छन्, घाँसदाउरा गर्न गएकै बेला हात्ती, अर्नालगायत जनावरले आक्रमण गर्ने चिन्ताले उनीहरूलाई सताउँदै आएको थियो। राति पनि जंगली जनावर मानव बस्तीमा पस्दा मानवीय क्षति गर्ने उत्तिकै चिन्ता हुने गथ्र्यो। अन्नबाली र घर भत्काएको त सामान्य नै छ।

कुकुरदेखि सावधान !

यही वैशाख २१ गते राति १० बजे हात्तीसार चोकमा गाडीबाट ओर्लेर घर जाँदै गर्दा पछाडिबाट आएर चूपचाप कुकुरले टोक्यो र आएकै बाटो फक्र्यो। टोकेको घाउ दुखाइसँगै अति नै पोल्दोरहेछ। म निकै आत्तिएँ। रातको समय प्राथमिक उपचार दिमागमा आएन। घरमा गएर तातो पानी तताएर त्यसमा नून र डिटेल राखेर घाउ सफा गरेँ। कुकुरले दाह्रा गाडेको प्वालबाट रगत बगिरह्यो। त्यसलाई मुभले टालँे र वरिपरि पनि मुभ लगाएँ। भोलिपल्ट डराइडराइ टेकु अस्पताल गएँ। करिब दुई घन्टापछि पालो आयो। लाइन बस्नेहरू सबैजसो व्यक्ति कुकुरको टोकाइबाट बच्न रेबिजको सुई लगाउन आएका रहेछन्।

हात्तीको दारासहित दुई पक्राउ

प्रहरीले हात्तीको दारासहित दुईजनालाई बिहीबार साँझ भक्तपुरबाट पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ कौशलटारमा महानगरीय प्रहरीपरिसर भक्तपुरबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

सार्वजनिक शौचालय अभावले पर्यटकलाई सास्ती

हात्तीमाथि बसेर अनि जिपमा चढेर जंगल घुम्न मन पराउने पर्यटकको प्रमुख रोजाइमा पर्ने पर्यटकीय गन्तव्य हो– सौराहा। जंगल सफारीका लागि मात्र होइन, डुंगा चढेर जलविहार गर्न, हात्ती प्रजनन केन्द्र हेर्न, थारू संस्कृतिमा रमाउन, प्राकृतिक सुन्दरतामा मन बहलाउनका लागि पनि पर्यटकहरू सौराहा आउँछन्। चितवन राष्ट्रिय निकुञ्जको स्थापनापछि सौराहामा पर्यटकीय गतिविधि बढ्दै गएको हो। पहिलेपहिले वन्यजन्तु अवलोकन गर्न यहाँ आउने पर्यटकहरू ‘टेन्ट’मै रात पनि बिताउथे।

सर्लाहीमा जंगली हात्तीको ताण्डव

सर्लाहीमा तीन महिनादेखि जंगली हात्तीले आतंक मच्चाइरहेको छ। दिउँसो–दिउँसो जंगलमा पस्ने हात्तीहरूले रात परेपछि आसपासका बस्तीमा छिरेर विध्वंस मच्चाउने गरेका छन्। गत मंसिर १५ गते जिल्लाको उत्तरी चुरे क्षेत्रस्थित अत्रौलीको भोक्टेनीमा अचानक देखापरेका तीनवटा जंगली हात्तीले हालसम्म हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिका क्षेत्रका सयौं घर भत्काइसकेका छन्। त्यस्तै हात्तीहरूले खेतबारीका उखु, आलु, गहुँलगायत बालीनाली खाएर नष्ट पारिरहेको पीडितहरूले बताएका छन्।

जंगली हात्तीको पिरती

जमिनमा पाइने प्राणीमध्ये हात्ती, मान्छे पछिको बुद्धिमान मानिन्छ। पानीमा बस्नेहरूमा चाहिँ मानिसपछि दोस्रोमा आउँछ डल्फिन। साना हुन् वा ठूला संसारका सबै जनावर प्रेमिल हुन्छन्। त्यस्तै प्रेमको नमुना भेटिएको छ कोशीटप्पु वन्यजन्तु आरक्षमा पनि।आरक्षको हात्तीसार नजिकै एउटा जंगली हात्तीले वर्ष दिनभन्दा लामो समयदेखि डेरा जमाएको छ। आरक्ष प्रशासनका अनुसार कहिलेकाहीँ त्यहाँबाट हराए पनि त्यो हात्ती फेरि हात्तीसारमै आइपुग्छ। त्यसको नाम हो– कोशी मकुना।

हात्तीको वनभोज

पुस ११ गते, मध्य मिन पचासको बिहानी। निकै चिसिएको काठमाडौं खाल्डो। सबेरै बाहिर निस्कँदा हड्डीको भित्री भाग समेत कठ्यांग्रेला जस्तो ! घुम्ने आकांक्षा धेरै। डुलुवा बानीले बरालिएको मनले हात्ती महोत्सवमा जान तयार हुँदा जाडोलाई त काँचै पचाइदियो नि।

‘गोरु आफु जुधेर अरुलाई रमाइलो दिन जन्मेको हैन’

गत पुसको मध्यतिर चितवनमा भएको ‘हात्ती महोत्सव’मा हात्ती दौड भयो। हात्तीका छावालाई फूटबल खेलाइए। हात्तीको सौन्दर्य प्रतियोगिता नै भयो। नुवाकोटको तारुका, धादिङलगायतका स्थानमा माघे संक्रान्तीका दिन मंगलबार गोरु जुधाइयो।

हात्तीबाट बालीनाली जोगाउन समस्या

खैरहनी नगरपालिका–११ को पिद्रहनी, गैडाहा र सुन्दरबस्तीमा मंगलबार राती जंगली हात्तीले बालीनाली नष्ट गरेको छ। गैडाहामा किसानको गहुँ नष्ट गरिदिएको छ भने सुन्दरवस्तीमा नवराज उप्रेतीको बंगुर खोर र अस्थायी बसोबास गर्ने घर हात्तीले भत्काइदिएको छ। मध्यरातमा चितवन राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले घर पूर्ण रुपमा र बंगुरको खोरमा क्षति पुर्‍याएको छ।

हात्ती पोलोमा सेभेन स्टारलाई उपाधि

१५ औं चितवन हात्ती महोत्सवमा हात्ती पोलोको उपाधि सेभेन स्टार होटेलले जितेको छ।  आइतबार भएको फाइनलमा एमई ट्राभल्सलाई ५–३ ले हराउँदै सेभेन स्टार विजयी भएको हो। सेभेन स्टारका लागि विनोद चौधरीले चार र श्रीराम सिलवाले एक गोल गरेका थिए। एमई ट्राभल्सका लागि रञ्जन भण्डारीले २ र चन्द्र तामाङले एक गोल गरेका थिए।

‘बिजुलीकली’ नयाँ हात्ती सुन्दरी

सौराहको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा जारी १५ औं ‘चितवन हात्ती महोत्सव’मा शनिबार फरक दृश्य देखियो। चार हात्तीहरू सजिएर मैदानमा उत्रिए। महोत्सवमा ‘हात्ती सुन्दरी’को उपाधिका लागि सेल्फीकली, चम्पाकली, एसिलाकली र बिजुलीकली प्रतिस्पर्धी थिए। यीमध्येकी बिजुलीकलीले प्रतिष्पर्धामा बिजुलीकलीले बाजी मारिन्।

पर्यटक भित्र्याउँदै हात्ती महोत्सव

पुस ११ देखि १५ गतेसम्म सौराहामा हुने चितवन हात्ती महोत्सवको तयारी पूरा भएको छ। यसपटकको महोत्सव १५ औं संस्करण हो। क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा हुन लागेको महोत्सवको तयारी पूरा भएको संघका अध्यक्ष एवं १५ औं चितवन हात्ती महोत्सव २०७५ का संयोजक सुमन घिमिरेले जानकारी दिए।

फुटबल अभ्यासमा व्यस्त छावा

चितवन राष्ट्रिय निकुञ्ज र सौराहाका निजी हात्ती व्यवसायीले पालेका छावाको व्यस्तता केही दिनयता निकै बढेको छ। पुस ११ देखि १५ गतेसम्म सौराहामा हुने चितवन हात्ती महोत्सवको १५ औं संस्करणका कारण छावाको व्यस्तता बढेको हो।

चितवन हात्ती महोत्सव पुष ११देखि

चितवन हात्ती महोत्सवको १५औं सस्करण पुसमा आयोजना हुने पक्का भएको छ। पुस ११ देखि १५ गतेसम्म महोत्सव आयोजना गर्ने तयारी गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्