१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml

यसटकको चुनावमा पनि ‘घुमाउने पुल’कै चर्चा

प्रत्येक निर्वाचनमा राजनीतिक दलको मुद्दा बन्ने यो घुमाउने पुल यसपाली पनि सबैको चासोको विषय बनेको छ ।

ओलीसमक्ष कर प्रणाली सुधार गर्न माग

झापाको दमक ९ आदर्श मंगल टोलका बासिन्दाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग कर प्रणालीलाई सुधार गर्न माग गरेका छन्।

हुम्लामा हिउँ पन्छाएर सडक सञ्चालनको प्रयास

गत माघ दोस्रो साता परेको हिमपातपछि अवरुद्ध बनेको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ हिल्सा सडक खण्ड र वडा–६ मा पर्ने न्यालु सडक खुलाउनका लागि काम सुरु भएको छ।

तेहरानमा भीषण बमबारीपछि ट्रम्पको घोषणा : इरानी जनताको स्वतन्त्रताको घडी नजिकियो

प्राप्त जानकारी अनुसार इरानका सर्वोच्च नेता अलि खामेनीको कार्यालय नजिकै समेत प्रहार भएको छ। यो सैन्य अभियानमा अमेरिका प्रत्यक्ष सहभागी छ। ८६ वर्षीय खामेनी पछिल्लो समय सार्वजनिक रूपमा देखिएका छैनन्।

देश सिक्किमीकरणको जोखिममा पुग्ने चेतावनीसहित रास्वपा कोशी प्रदेश सदस्य ठगेन्द्र न्यौपानेद्वारा पार्टी परित्याग

शुक्रबार साँझ औपचारिक रूपमा पार्टी छाडेका उनले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै रास्वपा ‘सिक्किमीकरण’को दिशातर्फ उन्मुख भएको गम्भीर आरोप लगाए।

लालीगुराँसले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो

अग्रता जोगाउन नसक्दा अपराजित टोली लालीगुराँस एसोसिएसनले जारी एन्फा राष्ट्रिय लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।

उम्मेदवार र निकट परिवारको बैंक कारोबार अनुगमन हुन्छ : आयुक्त जबरा

निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने निर्वाचनमा विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिएका व्यक्ति तथा उनीहरूका निकट परिवारका सदस्यको बैंक कारोबार अनुगमन गरिने बताएका छन्।

ओलीको चुनावी अभियानमा सहभागी हुन उपमहासचिव भट्टराई झापा जाँदै

पार्टी अध्यक्ष ओलीले फोन गरी आफ्नो निर्वाचन क्षेत्रको चुनावी अभियानमा समेत सहभागी भइदिन भट्टराईलाई आग्रह गरेका थिए।

नेकपा केन्द्रीय सदस्य विनोद पहाडी एमाले प्रवेश, विष्णु पौडेलले गरे स्वागत

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा एमाले प्रवेश गरेका छन्।

प्रदेश र स्थानीय तहको अनुदान कटौती गर्न मिल्दैन : वित्त आयोग

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान कटौती नगर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ।

अमेरिकासँग मिलेर तेहरानमाथि इजरायलको आक्रमण : इरानले दियो ‘कुल्चने’ धम्की

इरान र अमेरिकाबिच आणविक हतियारका विषयमा वार्ता भइरहेका बेला यो आक्रमण भएको हो। यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने धम्की दिएका थिए। अमेरिकी सेनाले इरानलाई चारैतिरबाट घेरिसकेको छ। यसअघि शुक्रबार नै अमेरिकाले आफ्ना नागरिकलाई तत्काल इजरायल छाड्न आग्रह गरेको थियो।

व्यक्तिगत र व्यावसायिक विवादबिच अभिनेता विजय

५१ वर्षीय दक्षिण भारतीय अभिनेता तथा राजनीतिज्ञ थलपति विजय अहिले व्यक्तिगत तथा व्यावसायिक विवादमा परेका छन्।

जुम्लामा निर्वाचनअघि मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध

आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीको क्रममा जिल्लामा मादक पदार्थको बिक्री, वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्