सन्दीपको शानदार प्रदर्शनको भारतद्वारा प्रशंसा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको प्रगतिको भारतले प्रशंसा गरेको छ। नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीले मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा सन्दीपको प्रदर्शनबाट भारतीय जनता खुसी भएको प्रतिक्रिया दिए।