काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को एकदिवसीय वरियतामा पहिलोपटक नेपाली क्रिकेटर समावेश भएका छन्।
नेदरल्याण्डसँग एकदिवसीय सिरिज खेलेको नेपाली राष्ट्रिय टिमका ३ सदस्य सन्दीप लामिछाने, सोमपाल कामी र ज्ञानेन्द्र मल्ललाई आइसीसीले एकदिवसीय वरियतामा समावेश गरिएको हो।
सन्दीप बलरको वरियतामा २ सय १७ औं स्थानमा परेका छन्। उनले नेदरल्यान्ड्सविरुद्ध ४ विकेट लिएका थिए। त्यस्तै, नेदरल्याण्ड्सविरुद्धको खेलमा अर्धशतक प्रहार गर्ने सोमपाल र ज्ञानेन्द्र ब्याट्सम्यानको वरीयतामा क्रमशः २२९ र २३६ औं स्थानमा परेका छन्।
प्रकाशित: २८ श्रावण २०७५ १५:४७ सोमबार